सांसद कोषको पैसाले सालिक बनाउँदै

राजनीति समाचार

काठमाडौं । आफ्नै हात जगन्नाथ ! केन्द्रको रोग प्रदेशसम्म कसरी सर्दैछ,एउटा उदाहरण हेरौं । २०५६ सालदेखि २०६४मा बाहेक लगातार चुनाव जितेका एमाले नेता गोकर्ण बिष्टको निर्वाचन क्षेत्र गुल्मी । उनको प्रत्यक भाषणमा सुनिने भाष्य हो जनताको गरिबि र अभाव अन्त्य गर्ने । गुल्मी क्षेत्र नम्बर दुईमा एमालेका तर्फ बाट संघ र दुइवटै प्रदेश क र ख मा क्रमश संघमा गोकर्ण बिष्ट , प्रदेशमा दिनेश पन्थी र डिल्ली राज भुसालले चुनाव जितेका छन् । २०५१ सालदेखि जनताको अभाव र गरिबीको मुद्धा उठाएर चुनाव जितिरहेका कम्युनिष्ट पार्टीको लाल किल्ला मानिएको गुल्मी क्षेत्र नम्बर दुइमा यो तिन दशकको अन्तरालमा एमालेका नेता कार्यकर्ताको रजगज राम्रै चलिरहेको छ ।

जिल्लामा काँग्रेसका स्वर्गिय नेता रुद्रमणि भण्डारिको जस्तै सालिन नेताको परिचय बानएका एमाले बाट निर्वाचित प्रदेस सांसद दिनेश पन्थीले भने २०८०÷०८१ को बजेटमा सांसद बिकाष कोष सांसद विकास कोष मार्फत खर्च गर्ने गरि आएको दुइ करोड पच्चिस लाख रुपैया मध्य प्रदेश सरकारको खानेपानि, ग्रामिण तथा शहरि विकास मन्त्रालयबाट शहरी विकास तथा भवन कार्यालय पाल्पाबाट कार्यान्वयन हुने गरि गुल्मी निर्वाचन क्षेत्र नम्बर दुइ अन्तर्गत उनको निर्वाचन क्षेत्रका (धुर्कोट,मालिका र मदाने गाँउपालिका अन्तर्गत) का विभिन्न स्थानमा मदन ,आस्रित तथा अन्य कार्यकर्ताको स्मृतिका नाममा एमालेका पार्टी कार्यालय बनाउने गरी राज्यको लाखौ रुपैया बिनियोजन गरेको पाईएको छ ।

देविस्थान प्रगतिशिल महिला समूह धुर्कोट ६ लाई भवन निर्माणमा दश लाख बाहेक एमालेका नेता कार्यकर्ताको स्मृतिमा भवन निर्माण शिर्षक अनुसार ददिराम स्मृति भवन निर्माणका लागी मालिका–४अर्खबाङ्गमा , रु २० लाख, मदन–आश्रित स्मृति भवन निर्माण मालिका–७ घमिरमा रु १० लाख, मदन–आश्रित स्मृति भवन निर्माण धुर्कोट–२ पिपलधारामा रु १० लाख, बोमबहादुर–टोमलाल स्मृति भवन निर्माण धुर्कोट–४जैशिथोकमा रु १५ लाख, मदन–आश्रित स्मृति भवन निर्माण मदाने–४,म्यालपोखरी रु १० लाख, त्यस्तै आश्रित स्मृति भवन निर्माण मदाने–६, पुर्कोट दहमा रु २० लाख गरि रु. ८५ लाख छुट्टाइएको छ ।

सालिन नेताको परिचय बनाएका पन्थीले यो काम स्वबिवेकले गरे वा पार्टिको दबाबमा गरे यो कुरा समयले बताउला । लुम्बिनी प्रदेशले कुनै पनि योजनामा दश लाख भन्दा कम खर्च गर्न नपाइृने भनेको छ । सांसद बिकास कोषको रकम बिगतमा कार्यकर्ताका संघ सस्था उपभोक्ता तथा समिती मार्फत बिभिन्न शिर्षकमा खर्च गरेको भएपनि यसरि पार्टी र नेताका स्मृतिका नाममा पार्टि कार्यालय बनाउने गरि खर्च गरेको बिरलै भेटिएको छ ।

राज्य कोषको दुरुपयोग गर्ने मनसायले व्यवस्थापन गरिएको उक्त कार्यक्रम रोकि राज्यको सम्पत्ति कुनै दल विशेषको निजि प्रयोजनको लागि खर्च हुन नदिन भन्दै लुम्बिनि प्रदेश सरकार, खानेपानि ग्रामिण तथा शहरि विकास मन्त्रालय, लुम्बिनि प्रदेश, देउखुरी, दाङ ,शहरि विकास तथा भवन कार्यालय पाल्पा र नेकपा (एमाले), गुल्मी लाई बिपक्षी बनाएर अख्तियारमा अनलाइन मार्फत उजुरि समेत परेको छ ।

यता नवलपरासि बाट स्वतन्त्रबाट प्रदेश सांसद मा जितेका खड्ग बस्नेतले भने सांसद बिकास कोष मार्फत आएको दुई करोड पच्चिस लाख रुपैया बिधालयका भवन निर्माण,शुन्य फाहोर अभियान देखि खेलकुदको क्षेत्रमा सहयोग पुग्ने गरि उक्त रकम खर्च गर्ने योजना बनाएपछि वाहि वाहि पाएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *