भ्रष्टाचारीमाथि प्रहार योजना

राजनीति समाचार

संसद अवरुद्धको कति पानीमा
काठमाडौं । सरकारले भ्रष्टाचारी माथि चलाएको छानबिन प्रक्रिया सफल हुन नदिन संसद अवरुद्ध बनाइएको छ । सरकार पक्षका माओवादी, जसपा, एकीकृत समाजवादी र संसदमै नभएको नेकपाले समाजवादी मोर्चा बनाउँदा एमालेले संसदको बैठक अवरुद्ध गरेको हो । मोर्चाको उद्देश्य भ्रष्टाचार बेथितिविरुद्ध संसद र सडकमा मोर्चा गरेर अगाडि बढ्ने रहेको छ ।

त्यो कुरा कांग्रेसलाई मन परेन । किनकि नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकी डा.आरजु देउवा सहभागी छन् भने मिटर ब्याज प्रकरणमा एमाले धेरै छन् ।मधेसको साहुकर र सहकारीको लुटमा नेकपा एमाले धेरै छन् । वैदेशिक सहायता अन्तर्गतको एनजीओ फेडेरेशन एमालेको हातमा छ । ढोरपाटन नगरपालिका बाग्लुङका मेयर देव नेपाली एमाले गण्डकी प्रदेश कमिटीका सदस्य रहेछन् ।

सरकार बेथितिविरुद्ध लागेको छ । तर संसदको प्रमुख प्रतिपक्ष त्यो बेथिति अन्त चाहँदैन भन्ने कुरा एमालेकै कारण मिटर ब्याज छानबिन सम्बन्धी अध्यादेश विधेयकका रुपमा पास गर्नेे दिन संसदलाई अवरुद्ध गरेर एमालेका अध्यक्ष केपी ओलीले जात्रा देखाए । ओलीका सहयात्री राजेन्द्र रमाए ।

दलगत रुपमा फरक पहिचान भएपनि रास्वपा र राजेन्द्रलाई केपीकै कारण इज्जत जोगिएन । प्रचण्ड सरकारका यी दुई उपप्रमको भ्रष्टाचार विरोधी भाषा कस्तो छ त्यो देखियो । एमाले, राप्रपा, रास्वपाले नक्कली भुटानी प्रकरण र ललिता निवास सम्बन्धी छानबिनलाई चासो दिएनन् । किनकी लहरो तान्दा केपी ओलीसम्म पुग्छ । ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र राजेश्वर स्थापित तानिँदा राधिका शाकयको मानव धर्म सेवा संघ जोडिन्छ । कांग्रेसलाई आफ्नै चटारो छ । देउवा पत्नी डा.आरजु र खाँड पत्नी मञ्जुको कामले त्यहाँ डा.शेखर र गगनहरु नेतृत्व फेर्ने सम्मको धम्की दिँदैछन् ।

सरकारले अख्तियारबाट दबाइएको फाइल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट छानबिन गराई रहेको छ । अख्तियार प्रमुख आयुक्त प्रेम राई जोगिएको आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला सम्बन्धी विपक्षी दलका सांसदलाई नबोल्न उर्दी जारी भयो । सत्ता सर्वाेपरी ठान्नेहरुको अवस्थाले संसद माथि भएको प्रहारलाई कसरी व्याख्या गर्ने हो ? देशमा आर्थिक संकट पैदा गर्ने विगतका गलत नीति हुन् । सरकारले कतै आफ्नो भनेको छैन । प्रहरी निजामती प्रशासन, कुटनीतिक सेवा, न्यायिक क्षेत्र नेकपाका माओवादीका पनि छैनन् ।

जसको कतै छैन निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन त्यसैले गर्छ । राजनीति जोडिएको पाटो निष्पक्ष हुँदैन । तर पनि संसदीय अभ्यासमा कांग्रेस कमजोर अवस्थामा नेकपा एमाले भने बैठक अवरुद्ध गरेर रमिता देखाएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *