अधिकांश होटेलका खानाले सर्वसाधारण अस्वस्थ बन्दै

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अहिले अधिकांश सर्वसाधारणहरुले घरमा खाना पकाउनसमेत छाडेर होटेल, रेष्टुरेन्ट र क्याफेहरुमा रमाउने गरेका छन् । यस्ता ठाउँमा रमाउने गर्दा आफ्नो स्वास्थ्य आफैले बिगारिरहेका छन् । त्योसँगै अधिकांश सर्वसाधारणहरु आफ्नो कामको सिलसिलामा शहर बजारदेखि टोलवस्तीमा आवतजावत गर्ने र खानपिन पनि होटल, रेष्टुरेन्ट र क्याफेहरुमा गर्ने गरेका छन् ।

यस्तो जीवनशैलीले मानव स्वास्थ्यमा दिनप्रतिदिन निकै हानी पु¥याउने गरेको छ । कतिपय होटेल रेष्टुरेन्टहरुमा सडेगलेका र अखाद्य भइसकेका खानाहरु पाइने थुप्रै उदाहरणहरु छन् । यतिखेर अधिकांश नयाँ खोलिएका होटेल, रेष्टुरेन्ट र क्याफेहरुले विभिन्न स्वादको नारा दिएर ग्राहक लोभ्याउने गरेका छन् । यसरी होटेल, रेष्टुरेन्टहरुले नयाँ–नयाँ नारा दिएर विज्ञापन गरेपछि सर्वसाधारण पनि त्यसमा लोभिने गरेका छन् । तर, अधिकांश होटेल, रेष्टुरेन्टहरुमा मरेका विभिन्न पशुपन्छीहरुको मासु विक्रीवितरण गरिँदै आइएको छ ।

बाहिरबाट ल्याउने क्रममा रोगले अथवा च्यापिएर मरेका पशुपन्छीहरुको मासु होटेल, रेष्टुरेन्टमा पु¥याउने विचौलियाको एउटा सञ्जालन नै छ । उनीहरुले बाहिरबाट ल्याइएका पशुपन्छीहरु मर्नासाथ बोरामा प्याक गरेर हाल्छन् र मासु पसलतिर कुदाउँछन् । त्यहाँ सफा गरेपछि कौडीको दाममा ती मरेका पशुपन्छीहरु होटेल, रेष्टुरेन्ट र क्याफेहरुमा पु¥याउने गर्दछन् । खासगरी विभिन्न रोगले मरेका खसीहरु ठूला–ठूला होटेल, रेष्टुरेन्टहरुमा म.म. र सेकुवा अन्य आइटम बनाउन प्रयोग गरिन्छ । त्यसैगरी मटन खानामा पनि प्रयोग गरिन्छ ।

उता ठूला होटेल, रेष्टुरेन्टहरुमा अचारको लागि प्रयोग गरिने टमाटर र मुला पनि कुहिएको र सडेर अखाद्य भइसकेका प्रयोग गरिन्छ । यसरी सडेका टमाटरमा केमिकल मिसाएर स्वादिलो अचार बनाउने गरेको पाइन्छ । त्यसैगरी अधिकांश होटेलहरुमा सडेगलेकादेखि बासी खानाहरु प्रयोग गरेको पाइन्छ । त्यस्तै कपिय ठूला होटेल, रेष्टुरेन्ट र क्याफेहरु बाहिर हेर्दा सफाचट हुन्छ तर खाना पकाउने किचेन भने फोहोरले दूर्गन्धित भइरहेको पाइन्छ । त्यसैगरी अहिले होटेल, रेष्टुरेन्ट र क्याफे सञ्चालकहरुले अधिकांश कामदारहरु महिला राख्ने गरेका छन् ।

त्यसरी राखिएका महिला कामदारहरु अधिकांश यौन हिंसामा पर्ने गरेका गुनासाहरु आउने गरेका छन् । महिला कामदार राखेर सञ्चालन गरिने होटेल, रेष्टुरेन्टहरुले आसपासका प्रहरीहरुलाई महिनावरी बुझाउने गरेको पाइन्छ । यदि महिनावरी नदिएको खण्डमा प्रहरीले निगरानी राख्ने गर्दछ । महिनावरी पाउने ठाउँमा भने जस्तोसुकै विवाद आएपनि प्रहरी प्रशासन मुकदर्शक बनेर बस्ने गरेका थुप्रै उदाहरणहरु छन् । यस्ता विषयमा खाद्य तथा गुणनियन्त्रण विभागले पनि अनुगमन गरेको पाइँदैन । सम्बन्धित निकायले पनि यस विषयमा कुनै ध्यान दिएको पाइँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *