एमालेका उपाध्यक्षहरुसँग ओली रुष्ट

राजनीति समाचार

काठमाडौं । के एमालेका उपाध्यक्षहरू,काँग्रेसका महामन्त्रीहरु ‘भुइँ पुछ्ने टालो’ हुन् ? होइन एमाले अध्यक्ष केपी शर्मा ओलीले खै त तिनलाई अझै पनि महत्व दिनुभएको ? अनि काँग्रेसका जल्दाबल्दा मानिएका युवाद्धय गगन र विश्वप्रकाशको खोइ त प्रभावकारी भूमिका देखिएको ?
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीकै कारण २१ भाइ चोइटिएर समाजवादी पार्टी बन्यो । गत संघीय निर्वाचनमा १० सिट ल्याएर अहिले सरकारमा छ तर केपी शर्मा ओली अझैं आफूलाई सच्याउन र करेक्सन गर्न तयार छैनन् ।

त्यही कारण एमालेभित्र भित्र भित्रै ‘भुसको आगो सल्कदै’ छ । भन्न र प्रकट गर्न नसकेका मात्र हुन एमालेका उपाध्यक्षहरु नै केपी शर्मा ओली विरुद्ध उत्रिएका छन् । एमाले स्रोतका अनुसार,आफूविरुद्ध पार्टीका उपाध्यक्षहरु खडा भएको थाहा पाएर अस्ति हतार हतार पार्टीको बैठक बोलाए । अघिल्लो साता बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफलमा ७० बर्षे प्रावधान किन ल्याएको किन हटाइएको हो भन्दै कतिपय उपाध्यक्षहरुले प्रश्न राखेको एमाले स्रोतको भनाई छ ।

पार्टीमा अहिले ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङसहित सुरेन्द्र पाण्डे पार्टीको उपाध्यक्षको भूमिकामा छन् । उनीहरुमध्ये रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलबाहेक अरु पाँचै जना उपाध्यक्ष ओलीको कार्यशैलीबाट खुसी छैनन् ।

अर्काे उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले हालैको उपाध्यक्षहरुको बैठकको संयोजकको जिम्मेवारी दिए पछि उनी त्यसै जिल्ल परेका थिए । पार्टीका अरु उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य,सुवाष नेम्बाङ,सुरेन्द्र पाण्डे भने केपी शर्मा ओलीको व्यवहारबाट आजित रहेको एमाले वृत्तभित्रै चर्चा सुन्न पाइन्छ । सात जनामध्ये कोही पनि एमाले अध्यक्षको विरुद्धमा बोल्न सक्दैनन्,एमालेको गलत कदमको विरोध गर्न नसके पछि बैठक बाहिर भने ओलीको आलोचना गर्न थालेका छन् । ओलीको कार्यशैलीबाट सबैभन्दा बढी रुष्ट छन्,उपाध्यक्षहरु नै ।

अष्टलक्ष्मी शाक्यले अध्यक्षसँग भूमिका मागेकी छिन् । शाक्य, पाण्डे र ज्ञवाली विगतमा माधव नेपाल निकट नेता मानिन्थे। नेपाल एमालेबाट बाहिरिँदा पनि उनीहरू एमालेमै रहे। उपाध्यक्ष नेम्बाङसमेत पछिल्लो समय ओलीको कार्यशैली सन्तुष्ट छैनन्। ओलीकै आग्रहमा राष्ट्रपतिमा उठेर हार्नुपरेको नेम्बाङको बुझाइ छ । ७० वर्षे प्रावधानका कारण सशंकित छन्,उपाध्यक्षहरु ।

उमेर हद हटेसँगै ओली पुनः अध्यक्ष बन्ने सम्भावना रहेको र अब ओलीलाई एकलौटी पार्टी चलाउन कसैले रोक्न नसक्ने रुपमा पनि उनीहरुले राम्रैसँग बुझेका छन् । सातै जना उपाध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘एसम्यान’ हुँदा पार्टी सचिवालय (पदाधिकारी), स्थायी कमिटी र पोलिटब्युरो बैठक औपचारिकतामै सीमित हुने गरेका छन्। बैठकमा अध्यक्षबाट जे प्रस्ताव आउँछ त्यसलाई पारित गर्नुको विकल्प छैन ।

यता पछिल्लो समय पार्टी विधानबाहिर चलिरहेको नेताहरूको गुनासो छ। पार्टी विधानमा ६÷६ महिनामा केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर ८ महिनामा मात्र केन्द्रीय कमिटीको बैठक बोलाइएकोप्रति उपाध्यक्षहरु रुष्ट छन् ।
उता काँग्रेसको हविगत पनि फरक छैन । युवा भनिएका गगन थापा र विश्व प्रकाशहरु महामन्त्रीको रुपमा उदाए तर पनि देउवाको निर्णयमा रबर स्ट्याम्प मात्र बन्न पुगेको चर्चा काँग्रेस वृत्त भित्र सुन्न पाइन्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *