जागिर सरकारी, पढाउने निजी इन्स्ट्च्यिूटमा ?

राजनीति समाचार

काठमाडौं । शाखा अधिकृतदेखि सचिव तहसम्मका कर्मचारीहरु कार्यालयमा कम र निजी इन्स्टिच्यूटतिर बढी भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्यस्ता कर्मचारीविरुद्ध आक्रामक बनेको छ ।कार्यालय समयमा समेत सिंहदरबारस्थित मन्त्रालय तथा कार्यालयहरुमा कम र नीजि इन्स्टिच्यूटहरुमा बढी भेटिन थालेको गुनासो र उजुरी चुलिएपछि अख्तियारले एकै पटक ४० जना कर्मचारीहरुलाई पत्र काटेको हो ।

शाखा अधिकृतदेखि सचिव तहसम्मका कर्मचारीहरुमध्ये कतिपय सिंहदरबारमा कम र चैतन्य, नेम, सोपान, एपेक्स, कामादलगायतका नीजि इन्स्टिच्यूडमा बढी अलमलिन थाले पछि लोकसेवा तयारी कक्षा पढाउँदै आएका ४० जना कर्मचारीहरु अख्तियारको फन्दामा परेका हुन ।

उजुरीकर्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको उजुरीमा,सिंहदरबारका अधिकांश मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरु कार्यालयको कामकाजै छाडेर निजी इन्स्ट्च्यिूटमा कोचिङ पढाउन व्यस्त हुँदा सरकारी कामकाजमा प्रत्यक्ष असर परेको र सरकारका गोप्य सूचनाहरु पनि बाहिरिने गरेको भन्दै उजुरी परेको र उक्त उजुरीका आधारमा पत्र काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियारले यसरी पत्र काटेको प्रशासकहरुमा सहसचिव प्रकाश दाहाल, रामबन्धु सुवेदी, बासुदेव शर्मा,सचिव नारायण शर्मा दुवाडी,हेमराज तमाङ,निजामती किताबखानाका टोकराज पाण्डेदेखि भूमि सुधार मन्त्रालयका सचिव दामोदर रेग्मीलगायत छन् । यी कर्मचारीहरुले मन्त्रालय वा कार्यालयको काम छाडेर निजी इन्स्ट्च्यिूटमा कोचिङ पढाउन व्यस्त हुँदा सरकारी कामकाजमा प्रत्यक्ष असर परेको भन्ने उजुरीको आधारमा उनीहरुलाई पत्र काटिएको अख्तियार स्रोतको भनाई छ ।

तलब नेपाल सरकारको खाने र सेवा निजी इन्स्टिच्यूडको गर्ने गरेको भेटिए पछि उनीहरुलाई पत्र काटिएको टंगाल स्रोतले जनाएको छ । मन्त्रालय र कार्यालयका कामै छोडेर निजी संस्थामा पढाउने उपसचिवदेखि सचिवसम्मले मासिक ८ देखि १० लाखसम्म त्यस्ता निजी संस्थाबाट असुल्ने गरेको बताइन्छ । नेपाल सरकारको जागिर खाने र हरबखत निजी संस्थाको काममा व्यस्त हुने कर्मचारीलाई सामान्यले रोक लगाएको हो ।

यस्का अलवा यी कर्मचारीहरुबाट सरकारका गोप्य डकुमेन्ट सूचनासम्म लिक भएको अख्तियारले जनाएको छ । यस अघि सामान्य प्रशासन सचिव एकनारायण अर्याल हुँदा लोकसेवा पढाउन रोक लगाइएको भए पनि अहिले कतिपय प्रशासक बिहान दश बजे सिंहदरबार गएर हाजिर लगाउने र दिनभर लोकसेवा पढाउने गरेको भेटिए पनि उनीहरुलाई चिठ्ठी काटेको बताइन्छ । यीमध्ये कतिपय इन्स्टिच्यूडहरुले बहालवाला कर्मचारीका नामै बेचेको पाइन्छ(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *