सञ्चारमन्त्री शर्माकै कारण नेपाल टेलिकम ध्वस्त हुँदै

राजनीति समाचार

काठमाडौं । अहिले नेपालमा विभन्न भ्रष्टाचारका काण्डले सञ्चारमाध्यमहरुमा प्राथमिकता पाएको छ । त्योसँगै नक्कली भुटानी शरणार्थी काण्ड र बालुवाटार जग्गा काण्डले राष्ट्रिय चर्चा नै कमाएको छ । त्यस्तै अन्य अनियमितताको काण्डहरु पनि धमाधम बाहिर आउने क्रम जारी नै छ । अहिले सरकारले जस्तोसुकै भ्रष्टाचारका काण्डलाई बाहिर ल्याउने र दोषीलाई कारबाही गरी छाड्ने भनिरहँदा सरकारका बहालवाला मन्त्रीहरु भने एकपछि अर्को गर्दै सेटिङमा पदको दुरुपयोग गरिरहेका छन् ।

त्यसको उदाहरण बनेका छन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमललाल मोदी र सरकारको प्रवक्तासमेत रहनुभएकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा । मोदीले कर्मचारीको हाजिरीमा चिनो लगाउनेदेखि कर्मचारीको निगरानी गर्ने गरेका छन् भने उता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको नाम पनि चर्चामा आउन थालेको ।

एकातिर सरकारले थाती रहेका भ्रष्टाचारका फाइल पल्टाएर कारबाहीको दायरामा ल्याइरहेको छ भने अर्कोतिर सूचना तथा सञ्चार प्रविधि मन्त्रीको नालीबेली छुट्टै छ । अहिले मन्त्री शर्माका श्रीमान कृष्णध्वज खड्काको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हालीमुहाली नै चल्ने गरेको छ । मन्त्रालयको बैठक बस्नु अगाडि नै कृष्णध्वज मिटिङ हलमा पहिल्यै पुगेर मिटिङको चाँजोपाँजो मिलाउन थाल्छन् । त्योसँगै मन्त्रालयको विभिन्न कामका फाइलहरु खड्काले नै अगाडि सार्ने गर्दछन् ।

त्यसरी अगाडि सारिएका फाइलहरुको काम पनि आफैले हेर्ने गरेको बताइन्छ । त्यसैगरी नेपाल टेलिकमका निर्देशक सुनिल पौडेललाई बिलिङ मेसिन खरिद काण्ड लागेपछि उनलाई छानविन गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पौडेललाई हडाउने आदेश दिएका थिए । सुनिल पौडेलले टेलिकममा ल्बतष्यलब िएबथmभलत क्लष्तअज लागु गर्ने भनेका थिए ।

तर, त्यसलाई नेपाल राष्ट्र बैंकले मान्यता नदिएपछि उनले आफ्नै एजेन्सीबाट लागु गरेको पाइन्छ । यसरी आफ्नो प्राइभेट एजेन्सीबाट उक्त काम गरेपछि भ्रष्टाचारमा मुछिने डरले निर्देशक पौडेलले मन्त्री रेखा शर्माका श्रीमानलाई रिझाउन गाडीसहित विभिन्न सुविधा उपलब्ध गराएको बताइन्छ ।

निर्देशक पौडेलले आफ्नो पद जोगाउन र आफूलाई लागेको भ्रष्टाचारबाट जोगिन सञ्चार मन्त्री र उनका श्रीमान खड्कासँग हारगुहार गरिराखेका छन् । पौडेल आफ्नो जागिर जोगाउनको लागि पनि सञ्चार मन्त्री शर्मा र उनका श्रीमान खड्काको चाकडी गरिरहेका छन् । त्यसकारण सञ्चार मन्त्रीका श्रीमानले जे जे भन्छन् त्यही काम गर्दै अगाडि बढिरहेका छन् । त्यसकारण पनि भ्रष्टाचारको आरोप लागेका सुनिललाई प्रधानमन्त्रीले हटाउन निर्देशन दिँदा पनि सञ्चारमन्त्रीले काखी च्यापिरहेको स्रोतको दावी छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *