sampadakiya

कलेजको लुटधन्दा कहिलेसम्म ?

राजनीति शिक्षा/स्वास्थ सम्पादकीय

सम्पादकीय
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउनका लागि हानाथाप सुरु भएको छ । परीक्षाको नतिजा नआउँदै विभिन्न विज्ञापन गरेर विद्यार्थीलाई लोभ्याउने काम पनि भइरहेको छ । कलेजहरुले विद्यार्थीलाई भर्ना गर्ने नाममा लुट चलिरहेको छ । विद्यार्थीहरु भर्ना गराउने लोभ्याउने र विद्यार्थीलाई ठूलो शुल्क लिएर अभिभावकलाई थला पार्ने काम गरिएको छ । अहिले धेरैभन्दा धेरै शुल्क लिएर विद्यार्थीहरुलाई मारमा पार्ने काम गरेको छ ।

कलेजहरुले न आफ्नो आम्दानीको विवरण सरकारलाई दिन्छन्, न त सरकारलाई आम्दानी बराबरको कर तिर्ने गरेका छन् । विद्यार्थीलाई भर्ना गरेर महंगो शुल्क लिने गरेका छन् । विद्यार्थीसँग चर्काे शुल्क लिने र विद्यार्थी मारमा पार्ने काम कलेजहरुले गर्दै आएका छन् । शिक्षाको गुणस्तरमा कुनै सुधार पनि देखिएको छैन । कलेजमा शुल्कअनुसारको शिक्षा नै नपाइएको विद्यार्थीहरुको गुनासो हुने गरेको छ । एसईईको नतिजा आइसकेपछि कलेजहरुले शिक्षा दिन भन्दा पनि कमाउधन्दाका लागि हानाथाप गरेको देख्न सकिन्छ । नेपालमा शिक्षालाई कमाई खाने भाँडो बनाइएको छ ।

विद्यार्थीलाई हानथाप गरेर भर्ना गराउने र ठूलो शुल्क लिएर विद्यार्थीको ढाड सेक्नेमाथि सरकारले कुनै कारवाही गर्न सकेको छैन । सरकारले यस्ता कलेजलाई सहजै सम्बन्धन दिने र लुटधन्दा चलाउन खुलेआम लाइसेन्स दिएको जस्तो देखिन्छ । सरकारी संयन्त्रकै कमजोरीका कारण गल्लीपिच्छे कलेज सञ्चालन भएका छन् । गल्लीपिच्छे कलेज भएका कारण एक त शिक्षामा गुणस्तर खस्किँदै गएको छ र विद्यार्थीको भविष्यमाथि पनि खेलवाड भएको छ । सरकारले यस्ता कलेजहरुलाई अंकुश लगाएर शिक्षालाई व्यापार बनाउनेलाई कडा कारवाही गर्दै शिक्षालाई सहज, सरल र पहुँचयोग्य बनाउन जरुरी देखिन्छ ।

(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *