ananta gurung

काठ मेयर बालेन साहसिक कि दुस्साहसिक

Uncategorized

काठ मेयर बालेन इन्जिनियर पनि भएको हुँदा काठमान्डौको मतदाताले सुनमा सुगन्ध थपिएको मानेर उहाँलाई भोट हाली जिताएका थिए । स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेर कामपाको मेयर बनेको हुँदा उहाँ माथि कुनै दलगत बन्देज छैन । गत एक बर्ष भित्र उहाँले गरेको कामहरुलाई हेरी नेपाली जनताले तारिफ नै गरेकाछन ।

साधरणतय इन्जिनियरहरुलाई सुत्र अनुसार चल्ने यांत्रिक स्वभावको मानिन्छ । काठ मेयर बालेनमा पनि यस्ता कमी कमजोरीहरु देखिएका छन । उहाँको यांत्रिक मानव रोबोटले झै काम गर्ने तौर तरिकाले निश्चित रुपमा धेरैलाई अप्ठेरोमा परेको हुनुपर्छ । नेपाली समाज अहिले सम्म रुल नियम अनुसार चल्ने गरेको छैन । चाकडी, चापलुसी र भनसुन नेपाली समाजको अभिन्न अंग नै बनीसकेको छ । काठ मेयर बालेनले त्यस्ता कुराहरुलाई ठाडै अस्वीकार गरी नेपाली समाजलाई रुल नियम अनुसार चल्न चलाउन कोशीस गरीरहेका छन ।

तर अहिले सम्म पनि नेपाली समाज परम्परावादी सोच र अभ्यास अनुसार नै चल्दै आएको हँदा रुपमा लोकतंत्र, संघियता र गणतंत्रिक मुलुक नेपाल भएपनि सारमा अझ पनि चाकडी, चापलुसी र भनसुन कै आधारमा चलीरहेको छ । काठ मेयर बालेनको काम गर्ने तौर तरिका पहिलेका मेयरहरुको भन्दा आकास पातल कै फरक छन । काठ मेयर बालेनले ठुलो सानो वा धनी गरिबमा कुनै भेदभाव गरेको छैन । सबैलाई मौजुदा रुल नियम काननुको जस्ताको तस्तै पालना गर्नु पर्ने बोध गराएका छन । यसो भन्दैमा काठ मेयर बालेन र उहाँले गरेका कामहरु सबै सतप्रतिशत सही छन भन्दा गम्भिर त्रुटी हने देखिन्छ ।

उहाँ काठ मेयरको चुनाव जितेर आउँदा काठमाण्डौ सहरलाई फोहरको डंगुरले छोपेको थियो । उक्त फोहरलाई व्यवस्थापन गर्न बनाएको स्यानिटरी लैंडफिल साईट सिसडोलमा त्यहाँको जनताले अवरोध खडा गराएका थिए भने पहुँच मार्ग हिलोमा डुबेको थियो । मेयर बालेनले त्यो सबै परिस्थितिहरुलाई चुनौतीको रुपमा स्वीकार गर्दै स्थानियहरु सित सहमती कायम गरी सडक समेत सुधारी काठमान्डौको जनतालाई उक्त फोहरको डंगुरबाट मुक्त पारेका थिए ।

त्यही समयमा उक्त फोहरको डंगुरले गर्दा काठमान्डौमा प्रकोप कै रुपमा डेंगु महामारी रोग फैलिएको थियो । फोहरको डंगुरलाई चाँडो हटाउन नसकेको भए डेंगु महामारीले झन भयावह रुप लिने निश्चित नै थियो । काठ मेयर बालेन यति बेला सार्वजनिक प्रतिजग्गा कव्जा गर्ने वा पहिले नै त्यस्तो प्रतिजग्गा कव्जा गरी त्यसमा घर बनाएर बसोबास गरेकाहरु बिरुद्ध डोजर लिएर जाईलागेका छन । पुल मुनी र खोलाको किनारमा बसोबास गरी बसेकाहरुलाई त्यहाँ बाट हटाउनको लागि नगर प्रहरीहरु डोजर सहित परिचालन गरिएका छन । यो भन्दा पहिले उहाले टुकुचा खोला करीडोर खोल्ने प्रयास गरेकोमा न्यायिक र राजनैतिक हस्तक्षेपको कारणले रोक्नु परेको थियो ।

हाल उहाँले सामाखुशी खोला करीडोर खोल्ने प्रयास थालेका छन जुन पहिलेको तुलनामा निकै सफल बन्दै गएको देखिन्छ । सामाखुशी खोला करीडोरमा काठ मेयर बालेनलाई स्थानिय जनताबाट व्यापक सहयोग प्राप्त भएको देखिएको छ । काठ मेयर बालेनले काठमान्डौ सहरलाई सुन्दर र सफा बनाउन बोट बिरुवा र फूल रोप्ने देखि लिएर सडकमा र सडक पेटीमा पहिले हुँदै आएको भिडभाडलाई हटाएर व्यवस्थित तुल्याउनको साथै फुटपाथहरु माथि बुट्टेदार टायलहरु लगाएर आकर्षक र सुन्दर पारेका छन ।

नेपाल सरकारको काम देखि निरास भएका नेपाली जनताको मनमा काठ मेयर बालेनले उत्साह जगाएर नैरास्यतालाई हटाउने प्रयास गरेका छन । ललितानिवास बालुवाटारको सरकारी जग्गा हिनामिना गर्ने गराउनेहरुका बिरुद्ध फिल्डमा नै उत्री काठ मेयर बेलानले नेपाली जनतालाई न्याय हुने कुरामा आस्वस्त पारेका छन । नेपाली जनताको पक्षमा लागेर घरजग्गाको दलाल माफियाहरुको बिरुद्ध कार्यबाही चलाउन काठमाण्डौ महानगर पालिका सक्षम र हर्दम तयार रहेको देखाएका छन । उहाँलाई भोट हाल्ने काठमाण्डौ बासी नेपाली जनताको ठुलो समूह उहाँको पक्षमा अहिले सम्म पनि उभिएका छन ।

त्यसैको बलमा काठ मेयर बालेन संघिय सरकारले वेवास्ता गरेपनि जनपक्षिय मुद्दाहरु सशक्त रुपमा उठाएर त्यसको निरुपन गर्न सक्षम रहेको छ । अटेरी र भ्रष्ट सिंहदरवारका नेताहरु र निजामती अधिकारीहरुको बिरुद्ध गएर समेत आफ्नो अडान राख्ने हिम्मत देखाईसक्नु भएको छ । यति हुँदाहुँदै पनि काठ मेयर बालेनका सबै काम कार्यबाहीहरु प्रति सहमति राख्न नसकिने अवस्था अहिले श्रृजना भएको छ । उहाँको अदालतको आदेश नमान्ने अडानले गर्दा उहाँ माथि अदालतको मानहानी गरेको आरोपमा गम्भिर कार्यबाही हुनसक्ने संभावना पनि बढेको छ ।

अदालत प्रतिको उहाँको दुरव्यभहार बढ्दै गएमा उहाँलाई अदालतले अयोग्य घोषण गरी पदबाट हटाउन सक्ने संभावना टड्कारो छ । उहाँको यांत्रिक मानव रोबोटले झै काम गर्ने तरिका र सुत्र अनुसार चल्ने विधिले कतीपय मुद्दाहरुमा उहाँलाई नै अप्ठेरोमा पार्दै लगेको पनि छ । त्यस्तै एक उदाहरण उहाँले हालै भद्र कुमारी घले सेवा सदन देबी नगर १० मा गरेको कार्यबाहीलाई पनि लिन सकिन्छ । यो कार्यबाहीलाई नेपाली जनता धेरैले अनुचित नै मानेका छन । उक्त सदनका पदाधिकारीहरुको बिरोधको बाबजुद पनि संस्थापक अध्यक्ष ९३ बर्षिय भद्र कुमारी घलेले बढो उत्साहको साथ भद्र कुमारी घले सेवा सदनको परिसर र त्यसमा बनेका पूर्वाधारहरु सबै उहाँलाई नै भेटर जिम्मा लगाउनको लागि समय लिएर नै उहाँको अफिसमा पुगेका थिए ।

काठ मेयर बालेनले ९३ बर्षिय सुश्री भद्र कुमारी घलेको उपेक्षा गर्दै ४ घण्टा कुराए पछि पनि भेट नगरी पछाडिको ढोकाबाट टाप कसेका थिए । सुश्री भद्र कुमारी घले कुनै मामुली मान्छे होइनन् । उहाँले भारत महाराष्ट्रको वार्धाबाट नर्सिङमा डिप्लोमा गर्नु भएको छ भने बनारस काँशी हिन्दू विद्यापिठबाट शास्त्री गर्नु भएको छ । नेपालमा फर्केपछि पञ्चायती राजनीतिमा प्रवेश गरी राज्य मंत्री समेत भएर सफलता पूर्वक कामगरी देखाईसक्नु भएको छ । भारतमा अध्ययन गर्दा नै उहाँ महात्मा गान्धीको शिद्धान्तबाट प्रभावित भएर उहाँ नेपालकै प्रशिद्ध गान्धीवादी र सत्याग्राहीको रुपम उदाउनु भयो ।

उहाँ प्रशिद्ध गान्धीवादी तुलसी मेहर श्रेष्ट र प्रशिद्ध समाज सुधारक दया वीर सिंह कंसाकार कै हाराहारीका समाजसुधारकको रुपमा जीवित रहनु भएको छ । उहाँले पाउनु भएका पदक सम्मान उपहार र तक्माहरु वेहिसाव छन । उल्लेखित सबै कुरालाई काठ मेयर बेलनले नमाने पनि उहाँको उमेरको कदर राख्नु नै पर्ने थियो । त्यसो नगरी एक सम्मानित व्यक्तित्वको अपहेलना गरी काठ मेयर बालेनले आफु यांत्रिक मानव रोबोट र सुत्र अनुसार चल्ने व्यक्तित्व भएको पुष्टी दिएका छन ।

यो बिषयलाई लिएर उहाँको माता पिता र पितृहरुले पनि उहाँलाई माफी दिन सक्दैनन् । उहाँले यदि सुश्री भद्र कुमारी घलेलाई घरमा नै गएर भेटि क्षमा याचना गरे मात्रै उहाँले गरेको अपराधको मात्रा केही मत्थर हुन सक्नेछन । काठ मेयर बेलेनले उपेक्षा गरेपछि मात्रै भद्र कुमारी घले सदनका पदाधिकारीहरु स्टेअर्डर लिने प्रयासमा उच्च अदालत पाटनमा निवेदन लिएर गएका थिए । सोकुरा चाल पाएको काठ मेयर बालेनले दिएको तीन दिनको समय पनि बित्न नपाउँदै भ्रद्र कुमारी घले सेवा सदन परिसरमा डोजर चलाउन पुगेका थिए ।

अदालतले दिएको स्टेअर्डरको अधिकारकता नमानी भटाभट परिसरमा रहेको पाउना घर र मुख्य ढोका भत्काउने कामलाई नगर प्रहरीले जारी नै राखेका थिए । अदालतबाट प्राप्त स्टेअर्डरले स्कूल, मन्दिर, गुम्वा, अनाथालय, बृद्ध आश्रम, पुस्तकालय र आर्टग्यालरी भने भत्काउने काम रोकियो । अधिकारिता र वास्तविकताको अध्ययन र अनुसन्धान नै नगरी बिरोधीहरुले उक्साएको भरमा भ्रद्र कुमारी घले परिसरमा कार्यबाही चलाएको हुनाले नै अदालतबाट स्टेअर्डर दिने फैसला आएको हो ।

शान्तिपूर्ण तरिकाले काठ मेयर बालेन सित छलफल र सहमत गरी भद्र कुमारी घले परिसरको भवनहरु बुझाउन गएको संस्थापक अध्यक्ष सुश्री भद्र कुमारी घलेको उपेक्षा गरी दिएको समय अगावै परिसर भत्काउन पुगेका काठ मेयर बालेनले आफ्नो सस्तो प्रचार चाहेको प्रष्ट नै छ । युट्युव च्यानेलको केही पत्रकार ठिटाहरुलाई अगाडि पछाडि लगाएर नगर प्रहरी बलको दुरुपयोग गरी आफ्नो सस्तो प्रचार प्रासर गर्ने बालेन शैली निन्दनिय छ । श्रद्धेय भद्र कुमारी धलेले सार्वजनिक जग्गा हडप्यो भन्ने कुरा निरधार छन ।

उहाँ प्रशिद्ध समाज सुधारक र समाजको लागि लगानी गर्ने व्यक्तित्व हुनुहुन्छ । उहाँले अहिलेको दरभाउमा ५० करोड रुपियाँ बराबरको महांकाल बौधको घर जग्गा र मित्र पार्क सितै जोडिएको तीन तले घरजग्गा मित्र पार्क कै पशुपति क्याम्पसलाई दान दिनु भएको छ । कामपाले तोड्न खोजेको भद्र कुमारी घले सेवा सदन परिसर भित्रका भवनहरु बनाउन लगभग ३० करोड रुपियाँको लगानी पनि सुश्री भद्र कुमारी घलेको निजी लगानी नै हो । नेपालका यस्ता दानवीरहरुको सूचिमा तुलसी मेहर श्रेष्ट र दया वीर सिंह कंसाकार पछाडि उहाँ कै नाम आउँछ । यस्ता दानवीरले प्रतिजग्गा खायो भन्ने सोच काठ मेयरले मनमा पाल्नु सर्वथा गलत हो ।

उहाँले घरजग्गाको दलाल माफिया मीन बहादुर गुरङ र दानवीर श्रद्धेय भद्र कुमारी घलेका बिचको अन्तर महशुस गर्नसक्नु भएको छैन । श्रद्धेय दानवीर भद्र कुमारी घले प्रख्तात चित्रकार, साहित्यकार, समाजसेवी र समाज सुधारक भएको कुरा उहाँको कीर्तिहरुले नै देखाउँछन । उहाँले पाउनु भएको अनगिनत मान, पदवी, तक्मा, उपाहार र राजनीतिको उच्चपदले उहाँ नेपाल राष्ट्रकै महत्वपूर्ण व्यक्तित्व भएको प्रष्ट नै छ । उहाँले घरजग्गाको दलाल माफियाले हडप्न सक्ने प्रतिजमिनको संरक्षण गर्नु भएर अहिले सम्म सुरक्षित राखीदिनु भएको छ ।

पद पावरको प्रयोग गरी वा कार्मचारीलाई दबाब दिएर वा लोभमा पारी आफ्नो नाममा उक्त प्रतिजग्गा गैरकानुनी तरिकाले दर्ता गराउनु भएको छैन । राष्ट्रको ऐन, नियम, कानुनको सम्पूर्णरुपले पालना गर्नु भएको छ । त्यसकारण काठ मेयर बालेनले उहाँ माथि सार्वजनिक जग्गा हडपेको भनी लगाउनु भएको आरोप प्रमाणित हुँदैन । पूर्व प्रमं ओलीले पनि भद्र कुमारी घले सेवा सदनको व्यक्तिगतरुपमा नै अवलोकन गरी उक्त संस्थाले गरेको समाज सेवाको उच्च कदर स्वरुप उच्च श्रेणीको पदक प्रदान गर्नु भएको थियो ।

त्यसकारण समाजसेवी र समाज सुधारक राजनीतिज्ञ सुश्री भद्र कुमारी घले पञ्चायत कालमा पनि र अहिले चलेको गणतांत्रिक कालमा पनि उहाँले गर्नु भएको समाज सेवाकै कारण समान रुपमा प्रशिद्ध छन । आदरनिय सुश्री भद्र कुमारी घलेको योगदान भएको सामाजिक संस्थाहरु र संगठनहरु काठमाण्डौ धेरै छन । त्यसमा पनि गुरुङहरुको समाजले खोलेको र चलाएको सामाजिक संस्थाहरु धेरै हुने नै भयो । उहाँकै अनुरोधमा उक्त संगठन र संस्थाहरुले बिरोधको वा समर्थनको विज्ञप्ती सम्म पनि निकालेका छैनन् ।

यहि नै श्रद्धेय सुश्री भद्र कुमारी घले गान्धीवादी शिद्धान्त र सत्याग्रही भएको ठुलो प्रमाण हो । जन्नेलाई श्रीखण्ड र नजान्नेलाई खुर्पाको बिंड भन्ने प्रचलित उक्तीलाई काठ मेयर बालेनले भद्र कुमारी घले सेवा सदन बिरुद्ध गरेको कारबाहीबाट पुष्टी भएको छ । यसको विपरित श्रद्धेय सुश्री भद्रकुमार घलेले भने तिनै काठ मेयर बालेनलाई युट्युव मार्फत आशीर्वादको बर्षा गरीरहेकी छिन र काठ मेयर बालेनको दुष्टता बिरुद्धमा एक शव्द बोल्नु भएको छैन ।

यहि नै श्रद्धेय सुश्री भद्र कुमारी घलेको महानता हो जसले उहाँलाई उहाँको बिरोधीहरु भन्दा फरक र नेपाली जनताको आदर्श तुल्याएको छ । उहाँ काठमाण्डौ सहरको रत्न नै हुन जसको बिरुद्ध कार्यबाही चलाएर काठ मेयर बालेनले आफनो पाखण्डी पना र मूर्खताको परकास्ट प्रदर्शन गर्दै उहाँ दुस्साहसीक नै भएको प्रमाण आफैले सार्वजनिक गरेकाछन ।
।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *