बाबु–आमाबीच सम्बन्धविच्छेद हुँदा छोराछोरीको बिचल्ली

राजनीति समाचार

सावित्री खत्री
काठमाडौं । नेपालमा निकै लामो समयदेखि अधिकांश नेपालीहरुले भूमिसम्बन्धी घरजग्गा कारोवार गर्दा महिलाको नाममा पास गर्दै आउने गरेका थिए । महिलाको नाममा घर जग्गा पास गर्दा राजश्व कम तिर्नुपर्ने र थैली पनि कम देखाउँदा हुने भएपछि अधिकांश नेपालीले महिलाहरुको नाममा घरजग्गा किन्ने र पास गर्ने संख्या बढ्दै गएको छ । यसले गर्दा राज्यले उचित राजश्व उठाउन सकेको छैन । अर्कोतिर महिलाको नाममा घर जग्गा राखेका कारण अधिकांश पुरुषहरु पीडित हुन पुगेका छन् ।

त्यस्तै कतिपय श्रीमान् श्रीमतीबीच मनमुटाव भएपछि अंश बन्डाको नाममा श्रीमतीले सम्पत्ति हडप्ने र सम्बन्ध विच्छेद गर्नेसम्मका घटनाहरु बढ्न थालेका छन् । कतिपय श्रीमान्–श्रीमतीको विछोड हुँदा उनीहरुका छोराछोरीसमेत दोहोरो समस्यामा पर्ने गरेका छन् । अहिले सरकारले महिलाहरुलाई बढी प्राथमिकता दिँदा उच्च ओहदामा पुगेका व्यक्तिदेखि व्यापारी, राजनीतिक नेता र सर्वसाधारणसम्मलाई यो समस्याले गाँजिरहेको छ ।

श्रीमान्ले विदेशमा कमाएको पैसा नेपाल पठाएर श्रीमतीको नाममा घरजग्गा किन्न लगाउने चलन अहिले बढ्दो छ । अधिकांश महिलाहरुले पनि आफ्नो नाममा घरजग्गा किन्ने आफन्तर र श्रीमान्लाई समेत जानकारी नगराउने चलन त्यत्तिकै छ । त्यसले गर्दा कतिपय महिलाहरुले श्रीमान्सँग मनमुटाव हुँनेवित्तिकै सम्बन्धविच्छेद गर्ने र अन्य पुरुषसँग विवाह गर्ने चलन पनि व्यापक रुपमा फैलिँदै गएको छ । यसरी श्रीसम्पत्तिसहित अन्य पुरुषसँग विवाह गर्ने कारणले पहिलातिरका बालबच्चाको विचल्नी हुनुका साथै पहिलो श्रीमान्को समेत बेहाल हुने गरेका घटना थुप्रै छन् ।

उता पुरुषहरु पनि आफ्नो घरपरिवार बिग्रिएपछि तनावमा पर्ने गरेका उदाहरण पनि प्रशस्तै छन् । कतिपय पुरुषहरुले त आफ्नो घरपरिवारभित्र जस्तुसुकै समस्या आएपनि छरछिमेकी र आफन्तसँग हत्तपत्त सुनाउने गरेको पाइँदैन ् । त्यसको पीडामा पुरुषहरु परेपछि विदेशमा रहेका श्रीमानहरु पनि अरुका घटना देखेर त्रसित हुने गरेका छन् । अहिले स्थानीय तहमा अधिकांश महिला र पुरुषहरु सम्बन्ध विच्छेदका निवेदन लिएर आउने गरेको संख्या ह्वात्तै बढ्थालेको छ । यस्ता घटना बढ्न थालेपछि एकातिर विदेशमा इमानदारपूर्वक काम गर्ने महिला तथा पुरुषहरु त्रसित भएका छन् भने अर्कोतिर उनीहरुका बालबच्चासमेत विचल्लीमा पर्ने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *