ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड पुग्यो

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुगेको छ । आइतबार सार्वजनिक भएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकका् नाफा ४६.२६ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले चार अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै नाफा बढ्न पुगेको हो । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिसनबापत दुई अर्ब ६ करोड पाँच लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म बैंकले १० अर्ब ३६ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३।०८ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १।२८ प्रतिशत मात्र थियो । त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ बैंकको कर्जा लगानी भएको छ भने चार खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ८.७१ प्रतिशतले घटेको छ । बैंकको गत वर्षसम्मको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा तीन अर्ब २३ करोड ९२ लाख रुपैयाँ थियो ।

गत वर्षसम्मको वितरणयोग्य मुनाफाबाट बैंकको लाभांश क्षमता ८ रुपैयाँ २७ पैसा रहेको छ । गत वर्ष लाभांश क्षमता १३ रूपैयाँ ६१ पैसा रहेको थियो । बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १९ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *