सुनको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?

अर्थ/वाणिज्य समाचार

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ ।

महासंघले सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो । मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *