सीआईबीको छानबिनमा को को फस्दै ?

राजनीति समाचार

काठमाडौं । राजनीतिलाई कमाई खाने भाँडो बनाएकाहरुलाई अब भने उम्किन कठिन भएको छ । सरकारले सुन तस्करी काण्डको छानबिनमा प्रमुख प्रतिपक्षको अडानलाई चासो दिएको छैन । राजनीतिक तहको छानबिनले को जोगिन्छ, को फस्छ आफ्नै ठाउँमा छ । तर देश अन्तर्राष्ट्रिय जगतमा बद्नाम भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा ठूला पार्टीका ठूलै नेता फसेका छन् । जग्गा फिर्ता गरी जोगाइएका नेता हुन् वा सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी नै किन नहुन् ।

माधव नेपाल र डा.बाबुराम पनि तानिएका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पनि धेरै भ्रष्ट पात्रहरु जोगिएका थिए । सुन तस्करीमा जोडिएका सत्तारुढ माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, वर्षमान पुन, कृष्णबहादुर महराहरु पनि जोगिने अवस्था छैन ।
सीआईबीले निष्पक्ष छानबिन गर्न सक्छ । किनकि विगतमा ३३ किलो सुन काण्डको छानबिन नेता वामदेव गौतम जोडिँदा रोकिन पुग्यो । अहिले वामदेवले पनि समाजमा सँधै भ्रष्ट र तस्करको बद्नामी सहनुभन्दा छानबिन होस् भनेका छन् ।

अहिले एमाले सीआईबीसँग त्रसित बनेको छ । माओवादीका नेताहरुले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुको नाम खुलम खुल्ला लिएनन् । तर तिनको अवस्था र हाउभाउले शंका गर्ने ठाउँ उब्जिएको छ । सत्ताका लागि जो मरिमेट्छ उसको हैसियत जाँच्न अन्यत्र जानै पर्दैन । पार्टी सचिव दिनानाथ शर्माको जुम्ल्याहा घर हेरे पुग्छ । माओवादीका स्वच्छ र शुद्ध भनिएका देवेन्द्र पौडेल, शक्ति बस्नेत जनयुद्धको बेला बैंक लुटेर पार्टीले राख्न दिएको सुन पचाउनेहरु हुन् । पौडेलले पोखरामा ९ किलो, बस्नेतले दाङमा १९ किलो सुन हजम गरेका थिए ।

सुनकाण्डकै छानबिन हुँदा यी जोगिए पनि प्रचण्डलाई धम्क्याएर बारम्बार सत्तामा टिक्ने कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा यो देशका कुन धनाढ्य परिवारका थिए ? जसको सम्बन्ध चिनियाँ तस्करहरुसँग रहेको छ । पछिल्लो पटक पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनकी बहिनी उर्मिला पुन र दावा छिरिङ जोडिएपछि झन् शंका बढेको छ । एमालेले उठाएको प्रश्न यो हो । तर एमाले सीआईबीको छानबिनमा किन डरायो ? अपराधहरु खुल्ने भएपछि एमालेमा डर फैलिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी दबाब सहेजस्तै सुन प्रकरणमा चिनियाँ दबाब झेलेको सरकारले राजस्व अनुसन्धानका महानिर्देशक नवराज ढुंगानाकै पहलमा सुन तस्करीलाई रोक्न सफल भयो । प्रचण्डको नाममा छोरी गंगा दाहालको प्रयोग गरेको कुरा केन्द्रीय समितिको बैठकमा छोरी ज्वाइँ काण्ड जनार्दन शर्माले बहिनी ज्वाइँ ओम शर्मामार्फत उठाउन लगाएका थिए । जनार्दन शर्मा अर्थमन्त्री भएका बेला ओम शर्माले माफिया र तस्करलाई दुहुनो गाई बनाएका थिए ।

जेठान जनार्दन शर्मालाई प्रचण्डले महासचिव दिएनन् भन्ने कुरामा भने ओम शर्मा रुष्ट छन् । पत्रकारिताबाट कुस्त कमाएपछि ओम शर्मा जनार्दनको पछि लागेका छन् । ओम शर्मा वैदेशिक विभागको सह इन्चार्ज पत्रकार हुन्, जसले पत्रकार महासंघको शुद्धीकरण मानदैनन् । जनयुद्धबाट आएका मान्छेको काठमाण्डौंमा घर गाडीका मालिक छन् । जसको गाउँले हैसियत आँफैले आफ्नो जमिनमा खेती गरेर बाँच्ने थिएन ।

भ्रष्टहरु एमालेमा एक से एक छन् । कोरोना काल अगाडि भाडामा बस्नेहरु महल र गाडीका मालिक छन् । त्यो बेला सुन काण्डको छानबिन भएन । धादिङमा पक्राउ गरिएको सुन राजस्व अनुसन्धान पुग्दा पित्तल भएकै हो । गैंडाको खागलाई बाँसको जहु बनाएर हजम गर्नेहरु देशमा एक सय किलो सुनको छानबिन गर्न सीआईबीले थालेपछि भागाभाग हुन थालेको छ । राजस्व अनुसनधान विभागको पीडा छँदैछ । विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजाने काम एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गरे ।

सरकारले जे होला भनदै संसद अवरुद्ध भएका बेला प्रहरीलाई छानिबनको जिम्मा दिएपछि अहिले खैलाबैला भएको छ । यसैबीच सर्वाेच्च अदालतले मन्त्रिपरिषज्को नीतिगत निर्णयमा छानिबन गर्न आदेश दिएको छ । यसको छानबिनमा एमालेका धेरै नेताहरु पर्ने सम्भावना छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *