सुनकाण्डको छानविन सीआईबीले गर्न सक्ला ?

राजनीति समाचार

काठमाडौं । यतिखेर अनियमितताका विभिन्न काण्डहरु बाहिर आइरहेका छन् । कहिले ललिता निवास जग्गा हिनामिनाको काण्ड आउँछ, कहिले अवैध सुन भित्र्याएको काण्ड आउँछ त कहिले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गरेका काण्ड बाहिर आउँछ । नेपालमा यस्ता काण्डहरु जहिले पनि देशको जिम्मेवार पदमा आसिन व्यक्तिको नाम जोडिएर आउने गरेका छन् ।

अन्य मुलुकमा चाहीं यस्ता अतियमितताका काण्ड अपराधी गतिविधिमा संलग्न र राज्यबाट कुनै न कुनै निगरानीमा परेका व्यक्तिहरुबाट हुने गर्दछ । तर, नेपालमा भने त्यसको उल्टो देशको जिम्मेवार पदमा आसिन पूर्व प्रधानमन्त्री र गृहमन्त्रीदेखि सुरक्षा प्रमुख, न्यायालयका व्यक्तिहरु, राजनीतिक दलका शीर्ष नेताहरु, राजश्व अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरुलगायतको संलग्न रहेको पाइन्छ । त्यसकारणले जस्तोसुकै जघन्य अपराधका घटनाहरु भएपनि भित्रभित्रै जोगाउने काम हुँदै आएका छन् । पछिल्लो घटनाले यसको पुष्टि गर्दछ । जस्तो ललितानिवसा जग्गा काण्डमा शीर्ष नेताहरु मुछिएका छन् ।

त्यस्तै नक्कली भुटानी शरणार्थी कामण्डमा तत्कालीन गृहमन्त्रीदेखि अन्य नेता तथा तिनका श्रीमती, छोराहरुसमेत मुछिएका छन् । एक क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुन र पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराको नाम जोडिएको छ । उता प्रतिपक्षी दल नेकपा एमालेका केही नेताहरुको पनि नाम मुछिएको छ । त्यसैगरी सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरुको पनि नाम जोडिएपछि सुनकाण्डले पनि सार्थकता पाउने छाँट देखिँदैन ।

त्यसकारणले पनि अहिलेसम्मको सबैभन्दा ठूलो सुन काण्ड भित्रभित्रै सामुसुम हुने अवस्था देखिन्छ । वास्तवमा भन्नुपर्दा दावा लामालाई पक्राउ गरिसकेपछि सबै राजनीतिक दलका नेताहरुको पोल खुल्ने डरले सुनकाण्ड जस्तो जघन्य घटना सामसुम हुने अवस्था देखिन्छ । तर, सुन तस्करीमा संगठित आपराधिक गतिविधिमा संलग्नहरुको साठगाँठ रहेकोसमेत तथ्य बाहिर आइसकेपछि यसको छानविन गर्न गत आइतवार राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई जिम्मा दिएको छ ।

काण्डका नाइकेहरु दाउद इब्राहिमदेखि विभिन्न देशका अपराधी ग्रुप संलग्न रहेको आशंका गरिएको छ । नेपालमा हुँदै आएको सुन तस्करहरुलाई राजनीतिक संरक्षण रहेको देखिन्छ । त्यसकारणले पनि एकअर्काको पोल खुल्ने डरले सुन काण्डको विषयमा ‘तैं चुप, मै चुप’ हुने अवस्था छ । तर, सुन काण्डको छानविन गर्न राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई जिम्ममा दिएपछि वास्तविकता बाहिर आउने केही आशा पलाएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *