सुनचाँदीको मूल्य आज स्थिर, कतिमा हुँदैछ किनबेच ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *