ब्राम्हण परिवारका सदस्यहरुले दलितको पाउ छुन्छ भनेर हाम्रो समाजले कल्पना गर्न सक्दैन । तर उ डाक्टर रहेछ र दलितको खुट्टामा चोट भएको रहेछ भने सजिलै वा विना संकोच पाउ छुन्छ । उपचार गर्दछ । यो मनन योग्य उहादरण जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख कोमल प्रसाद धमलाले एक कार्यक्रममा सुनाउनु भएको हो । त्यो कुराले उपस्थीत सवैको मन छुयो । उहाँले थप व्याख्या गर्नु भयो । सामाजिक विभेद हटाउन व्यवसायिकता हुनु प¥यो । पेशा बनाउनु प¥यो ।
समाजलाई विश्लेषण गर्ने हो भने जातीय, वर्गिय, लैङ्गिय, शैक्षिक, शारिरीक अवस्था, भौगोलिक रुपमा विभेद छ । यो सवैले स्वीकार गरेको विषय हो । त्यसलाई रुपान्तरण गर्न राज्य संयन्त्र लगायत सामाजिक संघसंगठनहरु स्थापना र सञ्चालन भएकाहुन् ।
यस विभेदलाई अझ चिरफार गरेर हेर्न सकिन्छ । समाजमा माथिल्लो र तल्लो जात भनिएकाहरु रहन्छन् । त्यसै गरी वर्गिय रुपमा हेर्ने हो भने धनी वा सम्पन्न र विपन्न वा कमजोर वर्ग रहेका हुन्छन् । लैङ्गिक रुपमा हेर्ने हो भने पुरुष र महिला रहेका हुन्छन् । शैक्षिक आधारमा पढेका र नपढेका हुन्छन् । शारिरीक अवस्थाका आधारम सपाङ्ग र अपाङ्ग हुन्छन् । भुगोलका आधारमा हेर्दा सुगम र दुर्गम हुन्छ । एकै समाजको मात्रै हेर्दा पनि सडक, वत्ति वा भौतिक सुविधा पुगेको र नपुगेको भेटिन्छ । यी मध्ये तल्लो जात, विपन्न, नपढेका, महिला, अपाङ्ग र दुर्गम वा सुविधाबाट वन्चित मानिसहरु कमजोर हुन्छन् । उनीहरु कुनै न कुनै रुपमा अन्यायमा परेका हुन सक्छन् ।
समाजमा शक्तिशाली वर्गले नैं कमजोर वर्गलाई कुनै न कुनै रुपमा असजिलो वनाएका हुन्छन् । यस अर्थमा हेर्ने हो भने माथिल्लो जात भनाउँदाले सपन्नले, पढेकाले, पुरुषले, सपाङ्ग र सुविधा पाएकोले अर्को वर्ग अर्थात कमजोर वर्गलाई विभिन्न तरिका वा वाहनामा हेपेको चेपेको नैं पाइन्छ । विचारा भनेर वा कमजोर छ भन्दै सहानुभुतीको नाममा असजिलो पारेको नैं पाइन्छ । त्यसैले यी कमजोर पक्षमा काम गर्नु भनेको सामाजिक न्याय हो । यसकालागि दोलखाका प्रमुख जिल्ला अधिकारीले भनेजस्तो पेशा वनाउन सक्नु पर्दछ । व्याबसायिकता हुनु पर्दछ । दलित सांसद गैर दलितको घरमा पस्न त्यती धेरै सकस हुँदैन तर सामान्य दलितलाई अझै पनि मुस्किल नैं पर्दछ । दलित डाक्टर भएमा घरमा प्रवेश गर्न कठिनाइ देखिन्न ।
यी कमजोरका पक्षमा लाग्नु राज्य संयन्त्रको जिम्मेवारी हो । यीनैकालागि सरकार हो । सरकारका संयन्त्रहरु कमजोर पक्षकालागि सहयोग गर्नु गर्नु मूल मर्म हो । यसको मतलव पढेको, धनी, पुरुषलाई होच्याउनु भनेको अवश्य होइन ।
माथि उल्लेख गरेका कमजोर वर्गकाले व्यवसायिकता भए भने आर्थिक उपार्जन गरे भने सामाजिक विभेद कम हुँदै जान्छ । नेतृत्व विकास भएमा पनि सामाजिक विभेद हटदै जानसक्छ । कमजोर वर्ग केन्द्रीत केही काम गर्न आवश्यक छ । यो काम सामाजिक न्यायको लागि हो । यसकालागि ५ वटा काम गर्न जरुरी देखिन्छ ।
पहिलो, कमजोर वर्गकालागि सूचना प्रवाह गर्न जरुरी हुन्छ । उनीहरुसँग सम्वन्धीत संवैधानिक तथा कानूनी व्यवस्थाका वारेमा जानकारी लिन र दिन सक्नु पर्दछ । राज्यले वनाउने कानूनहरु, व्यवस्थाहरु, कार्यक्रमहरु सामान्यत कमजोर वर्ग केन्द्रीत हुने गर्दछ । कमजोर वर्गको सुरक्षाको निम्ति वनाइने गरिन्छ । त्यो कुरा थाहा पाएमा आफ्नो अधिकार लिन कमजोर भनिएका वर्गहरु कस्सेर लाग्न सक्दछन् । उनीहरुलाई थाहा नैं भएन भने खोज्न सक्ने कुरा नैं आउँदैन । त्यसैले सूचना तथा जानकारी महत्वपूर्ण पक्ष हो । त्यसले ती कमजोर वर्गलाई सशक्तिकरणमा योगदान पुग्छ ।
दोस्रो, सम्वन्ध विकास गर्नु पर्दछ । संगठित हुनु पर्दछ । नेटवर्किङ्ग गराउनु पर्दछ । विभिन्न सामाजिक तथा राजनीतिक संगठनमा आवद्ध हुने तथा नेतृत्व गर्न आवश्यक हुन्छ । कुनै विपन्नलाई समितिमा राख्नु भनेको उस्मा आत्मविश्वास विकास गर्नु पनि हो । त्यो पदमा वसे वापत उसले विभिन्न अवसर तथा भेटघाटको मौका पाउने छ । थप जानकारी तथा सूचना पनि पाउन सक्नेछ । जसवाट उनीहरुको क्षमता विकासमा टेवा पुग्दछ ।
तेस्रो, स्रोतमा पहुँच र नियन्त्रण हुनु पर्दछ । जोसँग स्रोत हुन्छ र त्यो स्रोत जोसँग नियन्त्रण उ शक्तिशाली हुन्छ । त्यसैले आर्थिक स्रोतको वृद्धि गर्न सक्नु पर्दछ । ढाँट्नु हुन्न, छल्नु हुन्न र गैरकानूनी काम गर्नु हुँदैन तर पैसा टन्न कमाउनु पर्दछ । यसकालागि उद्यम गर्नु पर्दछ । व्यवसाय गर्नु पर्दछ । पेशा बनाउनु पर्दछ ।
चौथो, निर्णय गर्ने क्षमता विकास गर्नु पर्दछ । माथिका तिन वटा कुरा भएर पनि समय सापेक्ष निर्णय गर्न सक्दैन भने सशक्तिकरण हुन सक्दैन । अर्थात कमजोर वर्ग सशक्त हुन सक्दैन । निर्णय गर्ने क्षमता विकासकोलागि जानकारी, सम्वन्ध, स्रोतमाथिको पहुँच र नियन्त्रणले योगदान पुग्दछ ।
पाँचौं, दृष्टिकोण सहितको प्रतिवद्धता हुनु पर्दछ । अर्थात हरेक व्यक्तिले सपना देख्नु पर्दछ । त्यो सपना भनेको निदाएर देख्ने होइन । सपना देखे पछि निन्द्रा चाँही नलाग्ने हुनु पर्दछ । अर्थात सपना प्राप्तीकालागि निरन्तर लागि रहने अठोट हुनु पर्दछ ।
यी पाँच वटा पक्षमा कमजोरलाई केन्द्रीत गराउन सक्यौं भने सामाजिक विभेद कम हुन्छ । यी पक्षहरुको प्रवद्र्धन गर्दा व्यावसायीकरण वन्न सहयोग पुग्दछ । सवै जना डाक्टर वन्न सक्दैनन् । डाक्टर भए मात्र सामाजिक विभेद अन्त्य हुन सक्छ भन्ने पनि होइन । जे काम गरिन्छ त्यसलाई पेशा बनाउँदा सामाजिक विभेद अन्त्य हुन्छ । गोरुको सहायताले जोत्ने काम गरेमा हली भन्ने गरिन्छ । हलीको कामलाई सम्मान गरेको पाइन्न । यो कामलाई सम्मान नगर्नु आफैंमा गलत छ । हरेक काम सम्मानयोग्य हुन्छन् । त्यही जोग्ने काम ट्याक्टर स्टार्ड गरेर ग¥यो भने त्यो कामलाई सम्मान नैं गरिन्छ । त्यसैले हाम्रो काममा प्रविधिसँग जोड्न आवश्यक हुन्छ ।
सामाजिक विभेदकालागि हरेक कामलाई पेशा वा व्यवसायिकता वनाउन आवश्यक छ । हरेक कामलाई पेशा वनाउन प्रविधिको उपयोग गर्नु पर्दछ । यसको कारण उत्पादनमा वृद्धि हुनसक्छ । उत्पादन वृद्धिले नागरिक, समाज र मुलुकको समृद्धिमा योगदान पुग्दछ । अनी सामाजिक विभेद अन्त्यमा सहयोग पुग्नेछ ।