आज सुनको भाउ स्थिर

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य आज छैटौं दिन भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । कारोबार साताको छैटौं तथा अन्तिम दिन आज तोलामा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *