भावी सेनापति बन्न चलखेल सुरु

राजनीति समाचार

काठमाडौं । नेपाली सेनाभित्र विकृति र विसंगति बढ्दै गए तापनि सञ्चारमाध्यममा त्यस्ता समाचार कमै मात्र आउने गरेका छन् । यदि समाचार बाहिर आइहाले तापनि त्यो समाचार कहाँबाट बारियो भनेर सेनाभित्र खुलधुली मच्चिन थाल्छ । सेनाभित्र समाचार बाहिएको निहुँमा आफूलाई मन नपरेको सैनिक कर्मचारीमाथि कारबाहीसमेत हुने गर्दछ । सेनाभित्र भएको भ्रष्टाचार र अनियमितताको समाचार सञ्चार माध्यमले त्यति भेउ पाउन पनि सक्दैनन् ।

यदि समाचार बाहिर आइहाले तापनि त्यसको तत्काल खोजीनीति भइहाल्छ । तत्कालीन सेनापतिले भन्दा हालका सेनापति प्रभुराम शर्माले नेपाली सेनाभित्र केही सुधार गरेको बताइन्छ । सुधारोन्मखु कामको थालनी गरेका शार्माको कार्यकाल अब एक वर्ष मात्र बाँकी छ । सेनापतिको कार्यकाल एक वर्षे बाँकी छँदै भावी सेनापतिको लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा सुरु हुन थालेको छ ।
जेष्ठता र कार्यदक्षताको आधारमा ताराध्वज पाण्डे अगाडि देखिन्छ ।

तर, पाण्डेलाई नेपाली सेनाले गरेका विभिन्न रात्रीभोज कार्यक्रममा अमर्यादित ढंगले मदिरा सेवन गरेको आरोप छ । पाण्डेलाई कही महिना अगाडि कुटनीतिक भेटघाटको क्रममा सोल्टी होटेलमा आयोजना गरिएको रात्रीभोजमा अमर्यादित रुपमा मदिरा सेवन गरेको आरोप छ । पाण्डेका प्रतिस्पर्धी अशोक सिग्देल पनि सेनाभित्र त्यति राम्रो छवि भएको व्यक्तिमा गनिँदैनन् ।

त्यसकारण पनि भावी सेनापति को बन्छ अहिलेसम्म निश्चित भइसकेको छैन । तर, नेपाली सेनाभित्र प्रधान सेनापतिले जसलाई समर्थन् गर्छन, उनै भावी सेनापति हुने परम्परा रहँदै आएको छ । सेनापति शर्माले यी दुईमध्ये कसलाई समर्थन गर्नेहुन् त्यो एकिन भएको छैन ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *