काठमाडौं । मेरो गोताबाट गईस मैया, छोरैछोरा पाएस भनेजस्तै भएको छ माओवादी सत्तागठबन्धनको । एमालेबाट माओवादी टुक्रिएर गएपछि गठबन्धनको सरकार बनाएका प्रचण्डको घेराबन्दी गर्न ज्यान दिएर लागेको छ । प्रचण्ड सरकारको केपी ओली सरकारमा हुँदा कुडाकर्कट हटाएर मुलुक र व्यवस्थामा सुधार गर्ने योजनना थियो । तर एमाले जनजिविकासँग जोडेर कुनै काम गर्ने पक्षमा छैन । भ्रष्टाचारको छानबिन गर्न मान्दैन ।
सरकारका प्रधानमन्त्रीलाई कांग्रेसका नेता कार्यकर्ताहरुले आतंककारी भन्दा केपी ओलीको अनुहार उज्यालो हुने गर्दछ । विगतको भ्रष्टाचार र बेथितिको छानबिन गर्नुपर्छ भन्दा केपीको मुहार अँध्यारो हुन्छ । भ्रष्टाचार र बेथितिमा डुबेको कम्युनिष्टको भिड एमालेमै ठूलो छ । एमाले धनी नेता र महाजनहरुको पार्टी भयो । एमाले नेतृत्वको लागि कालोबजारी, महंगी र कमिशनमुखी बिचौलिया समूहबाट पार्टीले मुक्ति आवश्यक छैन । तर कार्यकर्ताको ठूलो पंक्ति अत्याचारविरुद्ध छ ।
पार्टी केवल गुटको रुपमा मात्र जमेको छ । भ्रष्टाचार चरम छ । विगतका भ्रष्टाचारजन्य घटनामा एमाले सरिक छ । सरकारमा पुग्नासाथ ठेक्कापट्टा र बिचौलिया हावी भएका कारणले पनि एमालेलाई बद्नाम गराएको छ । सहकारीको ठगी, मिटर ब्याज, शिक्षा माफियाको जगजगी जस्तो अपराधमा एमालेलाई जोडेर फाइदा लिनेहरु माथि खबरदारी भएको छैन ।
संसदमा उठेका विषयले सरकारलाई घच्घच्याउनु सहज हुन्थ्यो । संसदले उठाएका विषयले मन्त्री सचेत बन्थे । तर सदन बन्धक हुने समस्यामा राज्यको ध्यान नजाने स्थिति देखियो । लोकतन्त्रमा यस्तो विसंगति बढ्नुले राष्ट्रको बद्नाम गरेको छ ।
(तामाकोशीसन्देशबाट)