प्रहरीमाथि कांग्रेसको आक्रमण

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी छानबिन दोस्रो फेजमा अगाडि बढ्दै गर्दा नेपाली कांग्रेसका भ्रष्ट समूहले सरकारलाई दबाब दिएर प्रहरीका एआईजी श्याम ज्ञवाली, काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्की र अपराधका एसएसपी डा.मनोज केसीको सरुवा गरेको छ । सरकारको सहयात्री प्रमुख दल उही छ, कांग्रेसले प्रहरीलाई पार्टीकै संस्था बनाउँछ । कांग्रेसलाई बालकृष्ण खाँड पक्रिएको रिस प्रहरीका अधिकृतसँग साँध्न अनेक प्रपञ्च गरेको छ ।

उपत्यका एआईजीको सरुवाले प्रतिष्ठान, कार्य विभाग, प्रशासनसम्म अदलबदल भए । मञ्जु खाँड र डा.आरजु देउवाको लुटले बालकृष्ण खाँडको गृह प्रशासनले चलाएको आतंकको फल हो यो । सरुवा बढुवामा सहयात्री प्रशासन प्रमुखको आग्रह लत्याउने एमाले अध्यक्ष केपी ओलीका विश्वास प्राप्त सन्दीप भण्डारी बढी भाग्यमानी हुन् ।

उनले यता पनि कमाए, थन्क्याए । फेरी प्रतिष्ठानको अर्बौं बजेट खेलाउन गए । प्रशासनमा मिरा चौधरी पुगिन् । दीपक थापा ज्ञवाली भएको रानीपोखरी पुगे । ज्ञवाली कार्य विभागमा पु¥याइएका छन् । कुनै कारण बिना ३/४ महिनामै हटाएकाले अधिकृतहरु सरकारसँग भन्दा नेपाली कांग्रेससँग रुष्ट छन् । काम गर्ने माथि आक्रमण भएको छ । कांग्रेसका भ्रष्ट समूह प्रहरीबाट कमाउने गर्छ । अहिले गृह मन्त्रालय माओवादीमा जाँदा भ्रष्ट समूह आतंकित भएको छ ।

कांग्रेस र एमाले दुई कित्ता बनेको प्रहरीमा एमालेका सन्दीप भण्डारी, डीआईजी भीम ढकाल र एआईजी श्याम ज्ञवालीलाई छटपटी थियो । ज्ञवाली उपत्यका कमाण्डमा हुनु केरकारमा मनोज केसी काठमाडौं परिसरमा दानबहादुर कार्की हुनाले नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढेको हो । गृहमन्त्रीले हस्तक्षेप बिना अपराध अनुसन्धानलाई सघाएका थिए । कांग्रेसलाई त्यो मन परेको थिएन । प्रहरी माथि राजनीतिक दबदबा थेग्न परेपछि आईजीपी बसन्त कुँवरको कमजोर कार्यसम्पादन झन् कमजोर भएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *