ऋणी बन्दै चौधरी

राजनीति समाचार

काठमाडौं । आर्थिक रुपमा अपराध नमान्ने हो भने देशका निजी क्षेत्रका बैंकरहरुले आफ्नै कम्पनीलाई ऋण दिलाउने, आँफै कम्पनी र उद्योगमा आगो लगाएर बीमाबाट क्षतिपूर्ति लिने नैतिकहीन व्यक्ति बैंकर र उद्योगपति भएको देशमा आर्थिक उन्नति कसरी हुन्छ । पैसा चन्दा दिने कबोल गरेर संविधानसभा सदस्य बनेका राजेन्द्र खेतान चहल पहलमा छैनन् ।

विनोद चौधरी एमालेबाट सांसद भए । अहिले कांग्रेसको सांसद बनेका छन् । देशलाई राजश्व छल्ने कोरोना कालको लकडाउनमा पनि चौधरीको सम्पत्ति बढेकै छ । दरबार हत्याकाण्डपछि विनोद चौधरीले तत्कालीन रानी ऐश्वर्यको सम्पत्ति प्रयोग गरेका हुन् । यो सत्य छानबिन गर्ने र चौधरीको लुट नियन्त्रण गर्ने हैसियत राजनीतिक दलमा छैन ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हुन् वा कुमारी बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, नबिल बैंकजस्ता संस्थाको अध्यक्षहरु आँफै उद्योगी व्यवसायी हुन्, तिनले बैंकमात्र होइन बीमा कम्पनी पनि खोलेका छन् । बैंक, बीमा, उद्योग एउटैको हुँदा उनीहरुले आफ्नो हित हेर्ने गरेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *