शहरीमा रविन्द्र बहोराको मस्ती, राज्यलाई करोडौंको नोक्सानी

राजनीति समाचार

काठमाडौं । शहरी विकास मन्त्रालयका कान्छा सहसचिव प्रदीप परियारलाई त्यहाँबाट सरुवा गर्नका लागि सबैभन्दा बढी सामान्य प्रशासन मन्त्रालय धाउने कोही थिए भने रविन्द्र बोहरा थिए । शहरी विकास मन्त्री मेटमणि चौधरी नियुक्त हुने वित्तिकै प्रदीपको सरुवाका लागि सबैभन्दा बढी धाउने उनै बोहरालाई प्रदीपले बाग्मती सभ्यतामा पठाए ।

अहिले त्यहाँ फेरि सुवाष बस्नेतलाई पठाउन खोज्दैछन् । सुवास यस अघि पनि त्यही बसिसकेका,त्यहाँको रस राम्रै चुसिसकेका । उनैलाई फेरि बाग्मती सम्भयतामा पठाउने गरी प्रदीपले सक्रियता बढाइरहेका छन् । सुवाषलाई नजिकबाट चिन्ने र जान्नेहरुका अनुसार,उनी एक नम्बरका भ्रष्ट मानसिकता भएका कर्मचारी हुन । संघीय शहरी आयोजना झापामा कार्यरत रहँदा उपभोक्ता समितिमार्फत काम गराएर २५ लाख बढी भुक्तानी दिइएको भेटिएपछि अख्तियार लाग्यो । त्यहाँबाट सरुवा भएर उनी धादिङ आए ।

अख्तियारमा मुद्धा परेपछि निलम्बनमा परेका उनी जगेडामा तानिए । सफाइ पाएको केही समयमै बाग्मती सम्भयतामा पठाइएको कामू दिएर । बस्नेत तिनै पात्र हुन,जस्लाई एशियाली विकास बैंकले कामै लाग्दैन यो मान्छे भनेर फालेको छ । त्यस्ता पात्रलाई प्रदीप काखी च्यापेर पूरानै ठाउँमा पठाउने तयारी गर्दैछन् । शहरी विकास मन्त्रालय मातहत दुई वटा विभाग सहरी विकास तथा भवन निर्माण र स्थानीय पूर्वाधार रहेका छन् । यही मन्त्रालयले मन्त्रीहरुको क्वार्टरहरुको रेखदेख गर्नेदेखि संसद भवन (विआइसीसी), काठमाडौं उपत्याका विकास प्राधिकरण,नगर विकास कोष,राष्ट्रिय आवास लगायतका नौ वटा निकाय हेर्दछ ।

सबैभन्दा बढी पैसा भएको आयोजना हो बाग्मती सभ्यता । बोहोरा विगतमै बदनामी कमाएका कर्मचारी हुन । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विश्व बैंकको सहयोग रहेको एनयुजीआइपी–युडीएसटी आयोजनाको परामर्शदाता छनोटमा राम्रै चलखेलमा मुछिएका थिए उनी । एनयुजिआइपी–युडिएसटीको मूल्यांकनको गोप्य मापदण्ड पहिले नै इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको रहस्य खुलिसक्दा पनि टेण्डर रद्द नगरी सट्याकसुटुक दिइसकिएको छ ।

आयोजना प्रमुख रवीन्द्र बोहोराले गोप्य रहनुपर्ने प्राविधिक मूल्यांकन प्रस्ताव नै सेटिङ भएको कन्सलटेन्सीलाई दिएको र ऊ नै परामर्शदाता छनोट गरेका थिए । बोहोराको यो गतिविधिबाट राज्यलाई त्यतिखेर ८२ करोड रुपैयाँ चुना लागेको स्रोत बताउँछ । पिएमएसटी र युडिएसटी दुवै आयोजनाको परामर्शदाता छानिनुअघि नै २० करोड रकम लिइसकेको काम नपाउने प्रतिस्पर्धीको गुनासो थियो । आयोजना प्रमुख रवीन्द्र बोहोराले मुखै खोलेर इआरएमसीले बाहेक अरुले पिएमएसटी राम्रोसँग गर्न सक्दैन भन्ने गरेका थिए ।

यसैले पिएमएसटीमा अरु फर्मलाई करिब २० अंकसम्म कम दिई अरुले सित्तैमा काम गर्छु भन्दा पनि नपाउने हिसाबले इफ्तिसा–इआरएमसी जेभीलाई प्राविधिक प्रस्तावमा अंक दिने काम गरेका थिए । पिएमएसटीको काम यसरी इआरएमसीलाई दिएपछि इआरएमसीकै सञ्चालकबाट सञ्चालित उदय कन्सलटेन्सी जेभी (प्लस÷बिएन उदय जेभी) लाई युडीएसटीको कन्सलटेन्सीको कामका लागि छनोटअघि मापदण्ड दिनेदेखि सबै काम उही ढंगले आयोजना प्रमुख बोहोराले डिल गरेको आरोप त्यतिखेर बोहोरामाथि लागेको थियो ।

बोहोरामाथि यसअघि एडीबीको सहयोग रहेको भवन विभागकै आरयुडीपी आयोजनाको प्रमुख रहँदा पनि यसैगरी इआरएमसी र उदयलाई नै वेष्टर्न करिडोरको करिब २२ करोड र इष्टर्न करिडोरको १८ करोडको काम दिई करोडौं असुलेको आरोप लागेको थियो । यस्तै यस्तै बदमासीमा डामिएका कर्मचारीहरुलाई च्यापे पछि कान्छा सहसचिव अहिले बदनामी खेप्दैछन्,अरुको कारण होइन,आफ्नै कारण ।

अर्काेतिर डोलिडारमा कार्यरत प्रेम विश्वकर्मासँग मेटमणिका स्वकीय भूमाण्डप केसीले सरुवा गरिदिन्छु भनेर १ लाख असुली गरे तर उनले खोजेकै निकाय बाग्मती सभ्यतामा पठाउन खोजे सकेनन् । प्रेमले त्यसको विकल्पमा मन्त्री क्वार्टर कार्यालय हेर्ने संघीय सचिवालयमा सरुवा खोजे । त्यहाँ बार्षिक १० करोडको स्टोरमै खरिद हुन्छ । यी दुबै ठाउँमा सरुवा मिलाउन नसकेपछि १ लाख लिएर पनि सरुवा गर्न सकेन भनेर मन्त्रीलाई पोल लगाइयो र भूमाण्डपलाई लात्ती हानियो ।

अहिले त्यसरी सरुवा हुनका लागि लाखौं बुझाउने सुब्बा तहका कर्मचारीलाई काखी च्यापेर हिडेका छन् प्रदीप यस्तै यस्तै कारण पढाईमा अब्बल दह्रिएका प्रदीपको बदनामीले शहरी मन्त्रालय नै गन्हाउन थालेको चर्चा अहिले शहरीका कर्मचारीहरु गर्न थालेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *