अख्तियार प्रमुख रिझाउँदै चार अर्बको ठेक्का खल्तीमा

राजनीति समाचार

काठमाडौं । ‘ओपन सेक्रेट’ तथ्य भइसक्यो कि हाम्रा देश मन्त्री सचिवले कम र विचौलियाहरुले बढी चलाउँछन् । सिंहदरबारमात्र होइन संवैद्यानिक आयोगका आयुक्तहरु समेत समेत विचौलियाका प्रभावबाट मुक्त छैनन् । नेपालका चर्चित विचौलिया हुन दीपक भट्ट । देउवा प्रधानमन्त्री हुँदा होस वा प्रधानमन्त्रीको कुर्सीमा प्रचण्ड वा ओली दीपक भट्ट चन्दनेको प्रभाव कम छैन,बढ्दै गएको देखिन्छ ।

पहिला पशुपतिको चन्दन लिएर विभिन्न नेताकहाँ पुग्ने कारण उनको नाम ‘चन्दने’ नाम रहेको उनले संवैद्यानिक निकायदेखि विभागको महानिर्देशक बनाइदिने,प्रमुख जिल्ला अधिकारी बनाउनेदेखि विभिन्न रिक्त सरकारी पदमा नियुक्ति दिलाइने नाममा राम्रै खेलो फड्को गरे । खासमा चन्दने टिम्बर कर्पोरेशनको जागिरबाट अवकाश पाएका उनी डडेल्धुराका बासिन्दा हुन् । दैनिकी नै हो मन्त्रालयमा छिर्ने कर्मचारीलाई खोजेको ठाउँमा सरुवा गराइदिन्छु भन्दै असुल्ने । अहिले उनै चन्दनेलाई समेत पछाडि पार्दै नयाँ विचौलियाहरु उदाएका छन्, नवीन बस्नेत ।

बस्नेत भक्तपुरमा अवस्थित क्षमादेवी निर्माण सेवाका संचालक हुन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले महेश बस्नेतसँग मिलेर सांसद अपहरण गर्न समेत सघाएको आरोप त्यतिखेर लागेको थियो । २०७७ बैशाख १० मा उपेन्द्र यादवका पार्टीका सांसद डा. सुरेन्द्रकुमार यादवको अपहरणमा उनै बस्नेतसहित सांसद महेश बस्नेत, पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ(किसान) संग्लग्न रहेको आरोप हामीले होइन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लगाएका हुन ।

त्यतिखेर महेश बस्नेतमार्फत अच्यूत खरेलको समानान्तर निर्माण सेवालाई एक बर्षमा २१ अर्बको ठेक्का दिलाउन मुख्य भूमिका खेल्ने पात्र उनै बस्नेत थिए । त्यो समयमा समानान्तर निर्माण सेवाले गोदावरीको भवनदेखि सर्वाेच्च अदालतको भवन,महान्यायधिवक्ता कार्यालयको भवन निर्माणका अलवा काठमाडौं महानगरपालिका,नेपाल आयल निगमको भवन निर्माणको ठेक्का हात पार्न सफल भयो । पछि समानान्तर निर्माणका मालिक अच्यूत खरेलसँग मन नमिलेपछि उनी क्षमादेवी ग्रुपतिर सिफ्ट भएर अहिले ठूल्ठूला ठेक्का पट्टा दिलाउन लागि परेको स्रोतले जनाएको छ ।

पछिल्लो समय एक पछाडि अर्काे उजुरी परिरहेको छ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रदीप अधिकारीविरुद्ध । नियुक्ति प्रक्रियामा गम्भीर गडबडी देखिएको छ,प्रदीपको । उनीविरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धीकरणसम्मै उजुरीको चाङ छ तर नविनहरुले व्याल्कमेल गरेरै प्रदीपबाट ठूल्ठूला प्रोजेक्ट हात पार्न सफल भएको चर्चा नागरिक उड्डन प्राधिकरण स्रोतले जनाएको छ । क्षमादेवी ग्रुपको मुख्य लगानीकर्ताका रुपमा राजकुमार बस्नेतलाई देखाइए पनि त्यसका खास सञ्चालक हुन भनिन्छ उनै बस्नेत नै हुन् । अख्तियार प्रमुख राईकै आडमा बस्नेतको क्षमादेवीले ठूल्ठूला ठेक्कापट्टा हात पार्न सफल रहेको बताइएको छ ।

अख्तियारको प्रमुख आयुक्त प्रेम राईलाई हातमा लिएर उनले नागरिक उड्डयन प्राधिकरणबाट एकै पटक ४ अर्बभन्दा बढीको ठेक्का हात पार्न सफल भएको प्राधिकरण स्रोतको भनाई छ । बस्नेतले कतिसम्म चलाखी अपनाए भने आफैंले प्रदीप अधिकारीविरुद्ध अख्तियारमा उजुरी हाले । एक सातामै अख्तियारले त्यो उजुरीमा क्लीनचिट दिन लगाए । यसरी दुबैतिर दोहोरो भूमिका खेलेर उनले प्राधिकरणबाट ४ अर्बको ठेक्का हात पार्न सफल भएको चर्चा नेपाल नागरिक उड्डयन प्राधिकरणतिर चर्चा सुन्न पाइन्छ ।

यही सेटिङकै आधारमा उनको कम्पनी क्षमादेवी ग्रुपले भरतपुर विमानस्थलको विस्तारको ठेक्का हात पार्न सफल भए । यस्का अलवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४ अर्बको ठेक्का प्रतिस्पर्धालाई सीमित गरी क्षमादेवी निर्माण सेवाले टेण्डर हात पारेको छ ।

पछिल्लो समयमा यिनै विचौलिया नविन बस्नेतको सेटिङका कारण नागरिक उड्डयन प्राधिकरणका हरेक टेण्डरमा देशलाई अरबौं नोक्सान पर्दा पनि अख्तियारले कुनै चासो नराख्नुमा बिचौलियमार्फत् महानिर्देशक प्रदीप अधिकारीले गरेको सेटिङकै कारण भएको स्रोत बताउँछ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *