अरनिको स्कूल प्रवेशद्वार सिलान्यास कार्यक्रम सम्पन्न

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सूर्याबिनायक नगरपालिका वडा नम्बर ४, दधिकोटस्थित अरनीको स्कुल प्रवेशद्वार सिलान्यास भएको छ । उक्त स्कुलको प्रवेशद्वार माघ ८ गते एक कार्यक्रमका साथ सिलान्यास गरिएको हो । सिलान्यास कार्यक्रमको प्रमुख अथिति सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता भने उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर खड्काले गरेका थिए । खड्का अरनी स्कुलका तत्कालीन हेडमास्टर पनि हुन् । खड्काले अरनी स्कूललाई गुणस्तरीय र चलायमान बनाउन निकै ठूलो प्रयास गरेका थिए । अहिले पनि खड्कालेसो स्कूलको रेखदेख गर्दै आएका छन् ।

उनले रेखदेख गर्न थालेपछि अरनीको स्कूलमा गुणस्तरीय पढाइ हुने गरेको बताइन्छ । खड्का समाजसेवीसँगै राजनीतिमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नेपाली कांग्रेस निकट रहेर काम गरिराखेका छन् । त्यसैगरी कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण न्यौपाने र समाजसेवी लेखनाथ सुवेदीको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रम सञ्चालक वडा सदस्य विदुर खड्का रहेका थिए । अरनी स्कुलको प्रवेशद्वार निर्माणको लागि सूर्यविनायक नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

योलगायत सूर्यविनायक नगरपालिकाले अन्य विभिन्न विकास निर्माणदेखि सामाजिक कामहरु गर्दै आएको छ । त्यही काम गरेबापत थापा दुईपटक मेयरमा निर्वाचित हुन सफल भएका हुन् । यस्तै राम्रो काम गरेर अगाडि बढिरहने हो भने थापा भावी दिनमा सांसद बन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *