फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

मनोरञ्जन समाचार

काठमाडौं । बलिवुड फिल्म ‘वार २’ एक एक्सन थ्रिलर फिल्म हो, जसमा ऋतिक रोशन र जुनियर एनटीआर पहिलो पटक सँगै देखिदैछन् ।

धेरै टलिउड निर्माताहरूको नजर यस फिल्मको तेलुगु संस्करणको बारेमा जानकारी बाहिर आएको छ । मिडिया रिपोर्ट अनुसार, ऋतिक रोशन र एनटीआर अभिनित फिल्म ‘वार २’ को तेलुगु संस्करणको लागि ठूलो सम्झौता गरिएको छ । यो फिल्म २०१९ को सुपरहिट स्पाई थ्रिलर ‘वार’ को सिक्वेल हो । ऋतिकले ‘रअ’ एजेन्ट मेजर कबीर धालीवालको भूमिका पुनस् निर्वाह गर्नेछन् भने एनटीआर खलनायकको भूमिकामा देखिनेछन् । पहिलो फिल्मको सफलतापछि, वार २ लाई लिएर फ्यानहरूमा ठूलो उत्साह छ। यसको तेलुगु अधिकारको मूल्य ८५ देखि १२० करोड रुपैयाँको बीचमा रहेको बताइएको छ । यसैबीच, ठूला टलिउड निर्माता नागा वाम्सी र सुनील नारंगले यी अधिकारहरू प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।

फिल्म ‘वार २’ मा ऋतिक रोशन र जुनियर एनटीआर बाहेक बलिउड अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछिन् । यशराज फिल्म्सको ब्यानरमा आदित्य चोपडाद्वारा निर्मित यो फिल्म स्वतन्त्रता दिवस, अगस्ट १४, २०२५ मा रिलिज हुनेछ । फिल्मको कुल निर्माण बजेट २५० करोडभन्दा बढी रहेको बताइएको छ ।

२०१९ मा रिलिज भएको फिल्म वार ७५ करोडमा निर्माण गरिएको थियो र यसले विश्वभर ३२५ करोड कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *