जारको पानीबाट सावधान !

राजनीति समाचार

काठमाडौं । अहिले बजारमा दैनिक उपभोग्य वस्तुहरु आउने गरेका छन् । बजारमा आउने उपभोग्यवस्तुहरु गुणस्तरयुक्त छ कि छैन भनेर खाद्य तथा गुणनियन्त्रण विभागले अनुगमन गर्नुपर्ने हो । तर, बजारमा आउने खाद्यान्नदेखि पिय पद्धार्थसम्मका वस्तुहरु गुणस्तरहीन भइरहँदा सम्बन्धित निकायले त्यसको छानविन गरेको पाइँदैन ।

यतिखेर अधिकांश निजी रुपमा सञ्चालित उद्योगहरुबाट दूग्धजन्य पद्धार्थदेखि पिउने पानीसम्म उत्पादन तथा प्रशोधन गरिने गरिन्छ । त्यसरी उत्पादन गरिने दूग्धजन्य पद्धार्थदेखि पिउने पानी मानव स्वास्थ्यको लागि कत्तिको गुणस्तरयुक्त छ भनेर खाद्य गुणनियन्त्रण तथा अनुसन्धान विभाग र वाणिज्य विभागले अनुगमन गर्नुपर्ने हो । तर, अनुगमन गरेको छैन । अहिले बजारमा विभिन्न नाममा खोलिएका पानी कम्पनीहरुले दैनिक लाखौं लिटर पानी विक्रीवितरण गरिरहेका छन् । पिउने पाजी जस्तो सम्वेदनशील विषयमा मनोमानी ढंगले पानी कम्पनीहरुले विक्री गरिरहँदा सरकारको सम्बन्धित निकाय भने मुकदर्शक बनिरहेको छ ।

यसको उदाहरण रहेको छ कागेश्वरी मनोहरामा रहेको ओसियन ड्रिङ्किङ वाटर इन्ड्रस्ट्रिज प्रा.लि.(इअभबल म्चष्लपष्लन ध्बतभच क्ष्लमगकतचष्भक एखत ीतम) । यस कम्पनीले प्रशोधित पानी उपभोक्तामाझ पु¥याउने नाममा प्रशोधन नै नगरी बजारमा दैनिक १० हजार जारभन्दा बढी पिउने पानी विक्रीवितरण गर्दै आएको छ । दैनिक रुपमा १० हजार जारसम्म पिउने पानी विक्रीवितरण गरिरहँदा खाद्य प्रविधि अनुसन्धान विभागकी महानिर्देशक मनिता वैद्यले त्यसको गुणस्तर तथा सरसफाइमा अनुगमन गर्नुपर्नेमा त्यो गरेको पाइँदैन ।

वैद्य गुणस्तर अनुगमनको विषयमा सधैं विवादमा पर्दै आएकी छिन् । बजारमा च्याउसरी खोलिएका पिउने पानी कम्पनीको गुणस्तर छानविन र अनुगमन गरेको पनि पाइँदैन । यसको दरिलो उदाहरण हो, ओशियन ड्रिकिङ्ग वाटर इन्डस्ट्रिज प्रा.लि । यस कम्पनीले दैनिकजसो १० जारभन्दा बढी पानी बजारमा विक्रीवितरण गर्दै आएको छ । कम्पनीले खाद्य निर्देसिका २०७४ को कुनै पनि मापदण्ड पुरा गरेको पाइँदैन । इस्ट्रिम ब्राण्डको पानी उत्पादन गर्ने यो कम्पनीमा कम्पाउण्ड वाल समेत छैन ।

खाद्य निर्देशिका २०७४ अनुसार पानी प्रशोधन कक्ष, भण्डारण कक्ष, फ्लोरलगायतमा टाइल अनिवार्य रुपमा बिछ्याएको हुनुपर्छ । फ्याक्ट्रीको वाल भित्तामासमेत टाइल लगाउनुपर्छ । यो पानी उद्योगमा माथि उल्लेखित कुनै पनि मापदण्ड पुरा गरेको पाइँदैन । यस उद्योगमा पानी प्रशोधन गर्ने ठाउँ र प्रक्रिया मापदण्ड अनुसार पालना गरिएको छैन । कम्पनीबाट उत्पादित दुषित पानी राजधानीवासीले खाँदै आएका छन् । उक्त पानी खाएपछि अधिकांश मानिसहरु हैजा, टाइफाइड, जन्डिस, रुघाखोजी, पारासाइट जस्ता रोगले पीडित हुने गरेको उपभोक्ताको गुनासो छ ।

कम्पनीले पानी प्रशोधन गरिसकेपछि स्टेनलेस स्टीलका ट्याङ्कीहरुमा पानी जम्मा गरी सुरक्षित तरिकाले जार भर्नुपर्नेमा प्लास्टिकको कालो ट्यांकीबाट सोझै जार भरेर बजारमा ठाइन्छ । पानी प्रशोधन गर्ने प्लान्ट सेडमुनि सिलिङ्गमा फल्स अनिवार्य रुपमा लगाएको हुनुपर्नेमा सो नगरी खिया लागेको टीनमुनि पानी उत्पादन गरिएको छ । उद्योग क्षेत्रभित्र खाना पकाउने किचन, डाइनिङ्ग रुम, जुठा भाँडा, ट्वाइलेटमा प्रयोग हुने ब्रस, बाल्टिन राख्न नहुनेमा राखिएको छ ।

उद्योग परिसरभित्र खाना खाएका जुठा भाँडा जथाभावी रुपमा राखिएको पाइन्छ । त्यसैगरी ट्वाइलेटमा प्रयोग हुने ब्रत्रलगायतका सामान छरपस्ट देखिन्छ । जारमा पानी भर्ने ठाउँ नजिकै ट्वाइलेट राखिएको छ । पानी उद्योगभित्र पानी भर्ने ठाउँमा ड्राइभर, लेवर, हेल्पर र अन्य कर्मचारीहरुले त्यहीं नुहाउने, लुगाधुने, लुगा सुकाउने गर्दछन् । ट्वाइलेटमा लगाउने चप्पल लगाएर पानी भर्ने ठाउँमा जाने गर्दछन् । बजारबाट उठाएर ल्याइएको धुलो, हिलो, विभिन्न फोहर टाँसिएका २५ मिनी ट्रकहरु उद्योग परिसरभित्र हिलाम्मे पारिएको पाइन्छ ।

त्यसैगरी बजारबाट उठाइएका खाली जारहरु पनि सफा गरिएको पाइँदैन । कतिपय जार फोहोर भएका कारण मानिसहरु पानी खान पनि हिचकिचाउने गर्दछन् । यस्तो अवस्थामा फ्याक्ट्री सञ्चालन गर्दा पनि खाद्य प्रविधि अनुसन्धान विभागले देखेको नदेखेजस्तो गर्नुको पछाडिको रहस्य मासिक प्राप्त हुने लाखौंको नजराना नै हो ।

स्मरण रहोस् दैनिक २५०० जार मात्र पानी प्रशोधन गर्ने क्षमता भएको उद्योगले दैनिक १० हजार जार पानी दैनिक बजारमा पठाउँछ । त्यसको अर्थ हो सो उद्योगले पानी प्रशोधन नगरी सिधै कालो ट्यांकीबाट जारमा भनेर बजारमा पठाउँछ भन्ने छर्लङ्ग हुन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *