सभामुखप्रति दलहरु असन्तुष्ट बन्दै

राजनीति समाचार

एमालेसँग सत्ता गठबन्धन सरकार झुक्दै
काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच विभिन्न बहाना बनाएर लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएका थिए । त्यसको निहुँसँगै सय क्वीन्टल सुन काण्डको उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ भनेर प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । लामो समयदेखि संसद अवरुद्ध भएपछि सरकारले गर्नुपर्ने कतिपय काम पनि ठप्प भएका थिए । संसदमा छलफल गरी कार्यान्वयनमा ल्याउनुपर्ने कतिपय विधेयक पनि थन्किएर बसेको अवस्था थियो ।

त्यस्तै संसद् अवरोध हुँदा संविधान सम्वत नभएको भनेर एमाले नेता सुवास नेम्वाङले नै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । सभामुख देवराज घिमिरेले हाउस बन्द गर्न एमालेका सांसदसँग कुन दिन कसले बोल्ने भनेर पहिले नै टिपोट गर्ने गरेको गरेका थिए । सभामुखले कुनै पनि दलले हाउस बन्द गर्दा त्यो दलको सचेतकलाई के भन्नु छ भन्नुहोस् भन्दै सूचना दिने गरेको अवस्था थियो । सभामुखले स्वतन्त्र रुपले सभा सञ्चालन नगरेको आरोप थियो ।

त्यसकारण घिमिरेलाई सभामुख भन्दा पनि एमालेको नेता जस्तै भएर संसदमा प्रस्तुत आरोप थियो । हाउस बन्द गर्दा पटकैपिच्छे विरोधीहरुले बोल्ने समय थप्दै जाने गरेर संसदीय मर्यादालाई तोडेको आरोप पनि सभामुखलाई लाग्दै आएको थियो । संसदमा प्रतिपक्षले विरोध गर्दा समय थप्दै जाने र सत्तापक्षले उत्तर दिने बेलामा हाउस बन्द भएको घोषणा गर्ने परिपाटीले पनि उनी एमाले नेता भएर प्रस्तुत भएको आरोप लाग्ने गथ्र्यो । सभामुखले प्रतिपक्षी दलहरुले हातको इसाले हाउस बन्द गर भन्दा बन्द गर्ने गर्दै आएका थिए । एउटा हाउस सकिएपछि अर्को हाउस बोलाउने परम्परा तोड्दै गएका थिए ।

सभामुखले हाउस खोल्नुपर्छ भनेर राष्ट्रपति, प्रधानमन्त्रीलाई भन्दै हिँडे तापनि उच्चस्तरीय छानविन समिति नबी हाउस चलोस् भन्ने मनसाय राख्दै आएका थिए । सभामुखका यस्ता क्रियाकलापले हाउस चलाउन नजानेको भनेर संसद सचिवालयका कर्मचारीबीच चर्चा हुने गरेको थियो । लामो समयदेखि संसद् अवरुद्ध भएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आयोजना गरी दलहरुबीच सैद्धान्तिक सहमति गरेर संसद् खुलाउने प्रयास गरेका थिए ।

प्रतिपक्षी दल एमालेले राखेको सय क्वीन्टल सुनको उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग पुरा गर्न सत्तापक्ष तयार भएपछि संसद् खुल्ने देखिन्छ । विगत लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको प्रतिपक्ष दल एमालेसँग अन्ततः सत्तागठबन्धन झुक्न वाध्य भएको छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *