इसाईकरणको चर्चा बेलाबेलामा सुनिएको थियो । नेपाल भरी च्याउ उम्रिएसरी खुलेका चर्चहरुले त्यो इसाईकरणको चर्चा हल्ला मात्र नभएर यथार्थ नै भएको भान नेपाली जनताको मनमा परीरहेको थियो । केही नेपालीहरुले आफ्नो जातजातीय परम्परा अनुसारको मौलिक धर्म, कला, साँस्कृति, परम्परा र संस्कारलाई छाडेर इसाई धर्ममा लागेको कुरा सुनिएको र फाटफुट देखीएको पनि हो । नेपाल विश्व प्रशिद्ध पशुपतिनाथको मन्दिर भएको सनातनी हिन्दूराष्ट्र हो भन्ने कुरा संसारलाई थाहा छ ।
नेपाल सनातनी हिन्दूधर्मको उद्गम स्थल पवित्र देव भूमि हो भन्ने कुरा पनि संसार भर छरिएर बसेका हिन्दूहरुले बुझेकै कुरा हो । सनातनी हिन्दूधर्मालम्बीहरुले गाईलाई माता मानी आदिकाल देखि पुज्दै आएकाछन । गाईको शरिरमा सम्पूर्ण देबी देबताहरुको बास हुन्छ भनी सनातनी हिन्दूहरुले मान्ने गरेका छन् । केही दिन अगाडि नेपालकै धरान सहरमा केही हिन्दूधर्म विरोधी तत्वहरुले गोरु काटेर खाएको पोष्टहरु सामाजिक सञ्जालमा छपक्कै पारेर हाले पछि संसार भरकै हिन्दूहरुको आस्थामा ठुलो आघात पुगेको थियो । नेपालमा लोकतन्त्र, सघियता र गणतंत्र आए संघै सनातनी हिन्दूधर्म बिरोधी गतिविधिहरु ह्वात्तै बढेका छन् ।
दलहरुले पञ्चायत राजको बिरुद्ध जनआन्दोलन चलाउँदा राजतंत्रलाई हटाउने र सनातनी हिन्दूराष्ट्रलाई हटाएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने जस्ता मुद्दाहरु कतै पनि उठाएका थिएनन् । दलहरुले प्राथमिकताका साथ जनआन्दोलन ताका उठाएका मुद्दाहरुलाई पुरा गर्ने तिर कुनै प्रयास अहिले सम्म थालेका छैनन् । राजतंत्रलाई हटाउने र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने एजेण्डाहरु एकासी आएका हुन ।
उक्त एजेण्डाहरु १२ बुँदे दिल्ली शान्ति सम्झौतामा पनि उल्लेख छैन भने सात दलले तत्कालिन राजा ज्ञानेन्द्र सित सहीछाप गरेको ५ बुँदे सम्झौतामा पनि छैन । दलहरुले यसबारे नेपाली जनताको चित्त बुझ्ने गरी कुनै स्पष्टिकरण दिएका पनि छैनन् । यसबाट के बुझिन्छ भने राजतंत्रलाई नेपालको संबिधान २०७२ मा कुनै भूमिका नदिने र सनातनी हिन्दूराष्ट्रको ठाउँमा धर्मनिरपेक्ष राष्ट्र राख्ने एजेण्डाहरु नेपालको राजनीतिमा बिदेशीको प्रभाव कै नतिजा हो भन्ने मान्न सकिन्छ । युरोपियन युनियन कै प्रभावमा परी दलका नेताहरुले नेपालको राजनीतिमा यस्तो क्रमभंग ल्याएका हुन भन्ने अनुमान धेरै नै राजनीतिका जानकारहरुको रहेकोछ ।
बिदेशीले नेपालको राजनीतिमा गरेको यो हस्तक्षेपको मुख्या उद्देश्य भने सनातनी हिन्दूधर्मलाई कमजोर पार्दै लगेर नेपालको इसाईकरण गर्नु नै रहेको थियो । विदेशीको सो कर्तुतको भण्डाफोर समय, काल र परिस्थिति संगै नेपालमा प्रकाशित हुँदै गएका छन । राजपरिवारले स्वीटजरलैंडको बैंकमा नेपालबाट पैसा लगेर लुकाईराखेको आरोप लगाउने दलका नेताहरुले नै आजको मितिमा नेपालमा भ्रष्टाचार गरी जम्मा गरेको पैसा स्वीटजरलैंडको बैंकमा लुकाएर राखेको पोल खुलीसकेको छ ।
राजपरिवार माथि दलहरुले लगाएको आरोपहरुलाई दलहरुले प्रमाणीत गर्न नसकेकाले सबै झुट्टा ठहरिएका छन । तसर्थ दलहरु सित राजतंत्रलाई हटाउने कुनै ठोश कानुनी आधार छैन । हचुवाको भरमा नै बिदेशीको दबाबमा परी राजतंत्रलाई हटाएको प्रमाणीत यसरी हुन्छ । यसबारे जनमत संग्रह गरी नेपाली जनताको अनुमोदन लिने प्रयास दलहरुबाट कहिले पनि भएको छैन । राजतंत्रलाई हटाउने र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने जस्तो महत्वपूर्ण मुद्दाहरुलाई दलहरुले आपसी मिलोमतो गरी सुटुक्क संबिधानमा राखेको हुनाले नेपालमा झगडाको बीउ रोपिएको हो ।
नेपालको धरान सहरमा हिन्दूधर्मालम्बीहरुको आस्था खल्बलिने गरी हालै गोरु काटी मासु खाएको घटना पनि त्यसैको परिणाम हो । यसरी दलहरुले बिदेशीको प्रभावमा परी नेपाल राष्ट्रलाई बिस्तारै बिघटनको मार्ग तिर अगाडि बढाउँदै लगेका छन । नेपालको संबिधान २०७२ ले नेपाल राष्ट्रको इसाईकरण गर्ने बिदेशीको योजनालाई सुनिस्चित पारेको छ । दलहरुले उक्त संबिधान मार्फत नै नेपालमा कार्यान्वयन गरेको संघियता र गणतंत्र पनि संकटमा पर्दै गएको छ । बिदेशी ऋण सहयोग बिना नटिक्ने संघियता र गणतंत्र नेपालमा बढेको आर्थिक संकटले गर्दा स्वतः खतरामा पर्दै गएको छ । दलहरु आन्दोलन ताका आफैले उठाएका मुद्दाहरुबाट टाढिएका छन ।
जग्गाको हदबन्दी, जग्गाको स्वामित्व– जसको जोत उसको पोत, सन् १९५० को नेपाल भारत बिचको सन्धी खारेजी, गोरखा भर्ती केन्द्र खारेजी जस्ता मुद्दाहरु दलहरुले पछिल्लो चराणमा आएर त्यागी सकेकाछन । आन्दोलन ताका दलहरुको एजेण्डामा नै नभएका बिषयहरु अहिले दलहरुको प्राथमिकतामा परेका छन । घरजग्गाको दलाली, वैदेशीक रोजगारी, मानव तस्कारी, सुन तस्करी, मुद्रा तस्करी, लागु औषधी तस्करी, नाफाखोरी, कमिसनखोरी, माफियागिरी इत्यादि दलहरुको अहिले प्राथमिकता परेका बिषयहरु पुरानो दलहरुले उठाएका एजेण्डाहरुमा परेको थिएन ।
दलहरुको बदलिएको ताल देखेर नेपाली जनता यतिबेला जिल खाएका छन । नेपाली जनताको बिद्यमान हालत बाँदर मारी पश्चताएको सिकारीको झै भएको छ । नेपाली जनताले जानेको मानेको दलका नेताहरु भ्रष्टाचारी र घुषखोरी निस्केका छन । दलका नेताहरुले नेपाल राष्ट्रको प्राकृतिले दिएको स्रोत साधनहरु जस्तो जमिन, जंगल, जल र जनशक्तिको व्यक्तिगत फाईदाको लागि धेरै नै दुरुपयोग गरीसकेका छन र अझ पनि गर्दैछन ।
आफैलाई कानुन भन्दा माथि राख्ने काम गरी लोकतंत्रको खिल्ली उडाएका छन । नीतिगत निर्णयहरु गरी भ्रष्टाचार गर्दै आएका दलका नेताहरुले भ्रष्टाचार गर्नमा बाँधा हाल्ने कानुनहरु नै बदलेर आफैलाई राजा महाराजा समान तुल्याएका छन । ऋण गरी गरी घीउ खाने बानी लागेको दलका नेताहरुले राष्ट्रिय ऋणबाट प्राप्त लगानीको चरम दुरुपयोग गर्ने गराउने गर्दै आएका छन ।
राष्ट्रको आर्थिक उन्नतीका लागि कामै नलाग्ने परियोजनाहरुमा लगानी गरी दलका नेताहरुले नेपालमा आर्थिक संकट बढाउने कामलाई जोड दिएका छन । सुको आम्दानी नहुने भ्यूटावरका परियोजनाहरु बनाएर खरबौं ऋणको भारी नेपाली जनताको थाप्लोमा हाल्ने काम नामी दलका नामी नेताहरु बाटै भएका छन । नेपाली जनताको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्य, आवास र खानेपानीका परियोजनाहरु भने बर्षौ देखि सरकारी बजेटको प्रतिक्षामा स्थगित राखिएका छन ।
यस्ता अदुरदर्शी दलका नेताहरु कै कारण बिदेशीले नेपालको राजनीति र बिकासमा खुल्लमखुला हस्तक्षेप बढाएका छन । बिदेशीले पनि नेपालको प्राथमिकतालाई नहेरी आफनै मुलुकको व्यापार नेपालमा बढाउने परियोजनाहरु छानी त्यसैलाई बनाउने र ऋण लगानी गर्ने अभ्यास गर्दै आएका छन । सित्तैमा पाए आची पनि खाने दलका नेताहरुलाई हेप्दै बिदेशीले अब नेपालको इसाईकरण गर्ने अभियानलाई जोड दिएकाछन । सोही अनुसारको उद्देश्य परिपूर्ति गर्ने परियोजनाहरु बनाउने र त्यसमा लगानी गरी कार्यान्वयन गर्दै लैजाने रणनीतिहरु नेपालका लागि बिदेशी ऋण दताहरुले संयुक्त रुपमा बनाएका छन ।
आफ्नै बाबु आमा मर्दा काजक्रिय नगर्ने र नजिकको आफन्त दाजुभाई दिदी बैनी मर्दा जुठो सम्म पनि नबार्ने दलका नेताहरुको सिको लिएर नेपाली समाजमा परपूर्वकाल देखि चल्दै आएको धार्मिक काजक्रिय संस्कार परम्परालाई छाड्दै गएका छन । त्यस्ताहरुलाई इसाईकरणले झनै राम्रो धार्मिक विकल्प दिनको साथै सजिलो तुल्याई दिएको छ । काजक्रिय पितृ कार्य देव कार्य केही पनि गर्नु नपर्ने भएपछि नेपाली समाजलाई बिथोल्न सक्रिय भएर लागेको भँडुवाहरुलाई हाईसञ्चो भएको छ । कर्म संस्कार र वर्ण संस्कार सबै छाडेपछि नेपालीलाई नेपाली हुन भनी चिनाउने धर्म, कला,परम्परा, सम्पदा इत्यादि पनि लोप हुँदा गएका छन ।
नेपालको एकिकरण गर्ने संस्थापक राजा श्री ५ बडामहाराजधिराज पृथ्बी नरायण शाहले नेपाल राष्ट्रलाई चार जात छत्तीस वर्णको फुलवारी हो भनेका थिए । सोही शिद्धान्त अनुसार नेपाली समाज चलेमा धरान सहरको जस्तो घटना बिरलै हुनेछन । दलका नेताहरुले आफैलाई नेपाली हौ भनी बिर्सदा, नेपालको इतिहासलाई बिर्सदा, नेपालको पहिचान दिने धर्म, कला, संस्कार, सम्पदा र परमपरालाई बिर्सदा नेपालको इसाईकरण गर्न लागेका बिदेशी तागतहरुलाई नेपालको धार्मिक मामला हस्तक्षेप गर्ने सुअवसर प्राप्त भएकोछ ।
दलका नेताहरुले लिएको नीतिहरु र बिदेशी प्रतिको मोहले नेपालको अस्तित्व नै मेटिने हो कि भन्ने डरले नेपाली जनतालाई सताउन थालेको छ । त्यसकारण दलहरुको तुलनामा पहिलेको राजतंत्र नै राम्रो भन्ने हेक्का नेपाली जनतालाई हुँदैछ । राजतन्त्रमा आत्मनिर्भर रहेको मुलुक नेपाललाई दलहरुले परनिर्भर मुलुक तुल्याई सकेका छन् ।
दलका नेताहरुको परनिर्भर नीतिले गर्दा अगामी दिनहरुमा झनै नेपालको परनिर्भरता बढेर जाने निश्चित देखिन्छ । नेपाली जनतालाई आपसमा जोडेर एक ढिक्का बनाई राख्ने सनातनी हिन्दूधर्मलाई दलहरुको धर्मनिरपेक्षता नीतिले कमजोर तुल्याएको छ । नेपालको राजनीतिको मियो बनेर नेपालको राजनीतिलाई संतुलन बनाई राख्ने काम राजतंत्रले झै अहिले गणतंत्र कालको राष्ट्रपतीय संस्था गर्न सकेको छैन । त्यसकारण नेपालको राजनीति असन्तुलित बनेर बिना मियोको दाँई झै अनियन्त्रित भएको देखिन्छ ।
नेपाल राष्ट्रको दुर्गतीपूर्ण वर्तमान हालतलाई मामुली मान्न मिल्दैन किनकि यसले नेपाल र नेपाली जनतालाई बिघटनको मार्गमा धेरै अगाडि पर्याईसकेको छ । दलका नेताहरु प्रतिगमन र अग्रगमनको खतरनाक कूचक्रमा परीसकेको हुँदा राष्ट्र माथि आईपरेको बिखण्डनको चुनौतीलाई निराकरण गर्न दलहरु सक्षम छैनन् ।(तामाकोशीसन्देशबाट)