मालपोत र नापीका डिजीहरुको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । यतिखेर जताततै भ्रष्टाचार, विकृति र विसंगति भएका समाचार सञ्चारमाध्यमहरुमा देख्न, सुन्न र पढ्न पाइन्छ । हुन पनि सरकारमा रहेका मन्त्रीहरुले त्यसै गर्दै आएको देखिन्छ । पटक–पटक हुने सुनतस्करी, बालुवाटारलगायत देशका विभिन्न ठाउँको जग्गा हिनामिनाकाण्डमा मुछिएका पूर्वप्रधानमन्त्री, मन्त्री र सचिव, सहसचिवहरुलाई संगठित अपराधसम्बन्धी कसुरबाट जोगाउने काम भइरहेको छ । त्यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुछिएका व्यक्तिलाई पनि विस्तारै जोगाउने काम हुँदै गएको छ ।

उतातिर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनदेखि भदौ महिनाभित्र कर्मचारी सरुवा गर्नुपर्नेमा त्यो पनि गरेको देखिँदैन । त्यसैगरी कृषि तथा भूमिसुधार मन्त्रालयअन्तर्गत पर्ने मालपोत र नापी कार्यालयहरु अझै पनि व्यवस्थापन हुन सकेको छैन । अधिकांश मालपोत र नापी कार्यालय परिसर र सौचालयहरु फोहोरले भरिभराउ अवस्थामा देखिन्छन् । अफिस कोठाहरु पनि जताततै लथालिङ्ग र अस्तव्यस्त अवस्थामा छन् । तर, कर्मचारीहरु कुनै बेला मालपोत र नापी कार्यालयमा जान मन नपराउनेहरु अहिले यी कार्यालयमा जान न्वारनदेखिको बल निकालेर लागिपर्ने गरेका छन् ।

त्यस्तै मालपोत र नापी कार्यालयमा कार्यरत कर्मचारीहरु पनि नापीकै मालदार ठाउँमा जानको लागि विभिन्न शक्तिकेन्द्र धाउन व्यस्त देखिन्छ । उता भूमि व्यवस्थापन तथा अभिलेख विभागले आगामी असोजदेखि कर्मचारी सरुवा गर्ने भन्दै छ । यस विभागको महानिर्देशकमा पद्म निधि सोती रहेका छन् । सोतीको जागिरे अवधि पनि असोज १५ गतेसम्म मात्रै रहेको बताइन्छ । उनी उमेरहदको कारण अवकासमा जान लागेका हुन् । तर, सोतीले अवकास प्राप्त भएर जाने बेलामा आफ्ना नजिकका कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउन लागिपरेको अवस्था छ ।

मालदार ठाउँ भनेर चिनिने मालपोत कार्यालयहरु ललितपुर, चाबहिल, काठमाडौं, कलंकी, भक्तपुर, पोखरा, भैरहवा, विराटनगर, चितवना, मकवानपुरलगायतका ठाउँमा व्यापक जग्गा चलखेल हुने गर्दछ । ती ठाउँमा जानको लागि कर्मचारीहरु मरिमेटेर लागिपरेका छन् । महानिर्देशक सोतीले पनि आफू अवकास हुने बेलामा यस्ता मालदार ठाउँमा जानचाहने कर्मचारीहरुबाट पद र ठाउँ हेरी शुभलाभ लिने तरखर गरिरहेको देखिन्छ । अधिकांश मालपोत र नापी कार्यालयहरुमा महानिर्देशकहरुको अहंभूमिका रहेको पाइन्छ ।

यही बेला हो नापी विभागका महानिर्देशक जनकराज जोशीले फाइदा उठाउने काइदा पनि । यतिबेला नापी कार्यालयमा जाने कर्मचारीको पनि मोलतोल हुँदैछ । नापीका विभिन्न मालदार ठाउँमा जाने कर्मचारीहरुबाट जोलीले पनि राम्रै फाइदा उठाउँदै छन् । जोशी सुदूरपश्चिका भएपनि उनी कांग्रेस निकट कर्मचारी भनेर चिनिन्छन् । जोशी नापी विभागको महानिर्देशक भएको पनि लामै समय भएको छ । तर, लामो समय बसेर नापीसम्बन्धी काममा जोशीले कुनै माखो नमारेको र डिजी पदको फोटो विभागमा झुन्ड्याउने काम मात्रै गरेको आरोप कर्मचारीहरुबाटै उनीमाथि लाग्दै आएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *