ananta gurung

बढ्दो महंगी रोक्ने नेपाल सरकारको तयारी

राजनीति समाचार

आर्थिक संकटको लक्षण भनेको बढ्दो महंगी नै हो । महंगी बढ्नुको पछाडि अनेक कारणहरु हुन सक्छन । वैज्ञानिक कारण सामानको माग र आपूर्तिलाई नै मानिन्छ । सामान्य अवस्थामा माग र आपूर्ति संतुलन र व्यवस्थापन राम्रो सित गरियो वा भयो भने महंगी दरलाई आवश्यकता अनुसार नियन्त्रण गर्न सकिन्छ । स्वतन्त्र बजारको शिद्धान्त अनुसार चलेको आर्थतंत्रमा बजार भाउ माग र आपूर्तिका हिसाबले निर्धारित हुन्छ । तर समाजवादी अर्थतंत्रमा बजार भाउ आम जनतालाई मर्का नपर्ने गरी सरकारी विभागबाट नै निर्धारण हुने गरेका छन ।

नेपालको सन्दर्भमा खनिज इन्धन तेलहरुको बजार भाउ सरकारी बिभाग मातहतको निगमले नै निर्धारण गर्दै आएको छ । अहिले नेपालमा जैविक खनिज इन्धन तेलको दर भाउ तोक्ने स्वचालित संयन्त्र बनेको छ तर उक्त संयन्त्र अन्तर्राष्ट्रिय बजारको दर भाउ अनुसार नै पूर्ण स्वचालित भएको महशुस नेपाली जनतालाई भएको छैन । कारण अन्तर्राष्ट्रिय बजारमा जैविक खनिज इन्धन तेलको मुल्य बढ्दा नेपालमा दर भाउ तुरुन्तै बढ्ने तर घट्दा दबाब दिएर घटाउनु पर्ने अवस्था कायम छ ।

यसको मतलब के हो भने नेपालमा जैविक खनिज इन्धन तेलको मुल्य निर्धारण गर्ने संयन्त्र पूर्ण रुपमा स्वचालित भएको छैन । नेपालमा निर्माण सामाग्री देखि लिएर दैनिक उपभोग गरिने खाद्य सामाग्री सम्मको बजार दर भाउ इन्धन तेलको दर भाउ अनुसार नै घट्ने र बढ्ने गरेको हुन्छ । नेपालको निर्माण परियोजनाहरुको लागतमा लगभग २५ प्रतिशत सम्म इन्धन तेलको लागत जोडिएको हुन्छ । त्यसकारण इन्धन तेलको भाउमा सामान्य यताउता हुन साथै बजार भाउमा पनि तलमाथि हुने गरेको छ ।

पूर्वी युरोपियन मुलुक युक्रेनमा चलेको रुस–युक्रेनको युद्धले अन्तर्राष्ट्रिय जगतमा इन्धन तेलको दर भाउलाई धेरै प्रभावित तुल्याएको छ । उक्त युद्ध समाप्त होला कि भन्दा भन्दै १८ महिना बितिसकेको छ । झन उक्त युद्ध भड्किएर तेस्रो विश्व युद्धमा रुपान्तरण हुने खतरा बढेको छ । जैविक खनिज इन्धन तेलको प्रमुख उत्पादक र निर्यात कर्ता राष्ट्र रुस माथि अमेरिका लगायत युरोपेली मुलुकहरुले कडा आर्थिक नाकाबन्दी लगाएको हुँदा रुसले पनि आफ्नो जैविक खनिज इन्धन तेलको उत्पादनमा ठुलो कटौती गरेको छ ।

त्यसैको अनुसरण गर्दै अर्को ठुलो जैविक खनिज इन्धन तेलको उत्पादक राष्ट्र साउदीअरेबियाले पनि उत्पादन कटौती गरेको छ । अमेरिका पनि आवश्यक भए अनुसार जैविक खनिज इन्धन तेल उत्पादन गरी विश्व बजारमा आपूर्ति गर्न असफल भएको छ । यो सबैको परिणाम के कस्तो हुँदैछ भन्ने कुरा नेपाली जनताको सामु प्रष्ट नै छ । नेपाल सरकारले आवश्यकता अनुसार सस्तोमा जैविक खनिज इन्धन तेल नेपाली बजारमा आपूर्ति गर्न नसक्दा नेपालमा महंगी बढ्नुको साथै राष्ट्रको आर्थिक संकटमा बढोत्तरी हुँदै जाने संभावना देखिएको छ । यस्तो आर्थिक हालतको चरम अवस्था कस्तो हुन्छ भनी हेर्नको लागि नेपाली जनताले धेरै टाढा जानु पर्दैन ।

आर्थिक संकटको चरम हालत यतिबेला दक्षिण एशियाली मुलुक पाकिस्तानका जनताले भोग्दै छन । नराम्रो आर्थिक संकटको चपेटामा पाकिस्तानी जनता परेकाछन भने त्यसको समाधान निकाल्नु पर्ने राजनीतिक दलका नेताहरु राज्य सत्ताको कुर्सीको लागि आपसमा लडेर बसेका छन । नेपालको राजनीतिक हालत पनि पाकिस्तानको भन्दा फरक देखिएको छैन । यहाँ पनि दलका नेताहरु सत्ता राजनीतिलाई महत्व दिएर बसेको हुँदा नेपाली जनतालाई पीरोल्दै ल्याएको आर्थिक संकटको व्यवस्थापन गरी त्यसको समाधान निकाल्ने तिर प्रयाप्त ध्यान पुर्याउन सकेको छैन । दक्षिण एशियाली मुलुकहरुमा दलिय राजनीतिले गर्दा एकै प्रकारको आर्थतंत्रको बिकास भएको देखिन्छ ।

वैदेशिक रोजगारी र पर्यटन बिकासमा दक्षिण एशियाली मुलुकहरुले धेरै जोड लगाएका छन । परम्परागत कृषी उत्पादनमा आधारित अर्थव्यवस्थालाई त्यागेका हुँदा दैनिक उपभोग गर्नु पर्ने र नभईनहुने खाद्यान्नको अभाव मुलुक भित्र बढयो र अन्य मुलुकहरुबाट आयात गर्नु पर्ने अवस्था आयो ।

महंगी आकासिएकाले पाकिस्तानी जनताको हैषियत अहिले १ केजी चामल वा १ केजी मैदा किनेर खान सक्ने पनि छैन । किराना पसलहरु अगाडि दैनिक जसो लाग्ने पाकिस्तान जनताको कतारले त्यहाँको आपूर्ति र महंगीको हालत कती खराब हुन पुगेको छ भन्ने कुरा संसारलाई दर्साईरहेको छ । नेपालमा महंगीको अवस्था अहिले नै त्यति खराब अवस्थामा पुगेको छैन तर नेपालको महंगीको ट्रेण्ड भने त्यसै दिशामा लगातार अगाडि बढ्दै गएको अनुभूति नेपाली जनतालाई हुँदैछ । नेपाललाई अहिले सम्म महंगीको प्रकोपबाट भारतीय आपूर्तिले बचाईराखेको छ । नेपाली मुद्रालाईपनि भारतीय मुद्रा सित अपरिवर्तनीय दरले लिंक गरिएको हुँदा नेपालमा मुद्रास्फिती गम्भिर भएको छैन ।

त्यसकारण अहिले सम्म नेपालमा हल्का आर्थिक संकट मात्रै महशुस भएको छ । तर यो उकालो लाग्दै गएको हुँदा कुनै पनि बेला नेपाली जनतालाई गम्भिर आर्थिक संकटको चपेटामा जाक्न सक्ने देखिन्छ । विश्वका कुनै पनि मलुकमा यतिबेला त्यहाँको आर्थिक हालत सहज छैन । विश्वका सबै मुलुकहरु आफ्नो मुलुकको प्रतिकूल आर्थिक हालतलाई अनुकूल बनाउँदै लाने प्रयासमा लागेका छन । वेमौसमी रुस–युक्रेन युद्धले विश्वको आर्थिक संकटलाई झन बढाई दिएको छ ।

लाखौको संख्यामा ज्यान बचाउनको लागि आफ्नो पुर्खौली मुलुक छाडेर बिदेशी मुलुकहरुमा सरणार्थीको जीबवन बिताउन वाध्य भएका छन । घर परिवार सबै युद्धले गर्दा अलग थलग भएका छन । कोरोना महामारीबाट बचेकाहरु पनि युद्धको चपेटामा परी मारिएका छन । नेपाली जनताको लागि रुस–युक्रेन युद्धको सौगात महंगीको रुपमा प्राप्त भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि युद्धको कारणबाट संसारमा बढेको मंहगीले कुनै न कुनै रुपमा असर पारेको नै हुनुपर्छ । अनियन्त्रित महंगीको चपेटा र दलका नेताहरुको मनोमानी भ्रष्टाचार र अराजकताले गर्दा नेपाल राष्ट्रको अस्तित्व नै समाप्त हुनेपो होकी भन्ने डरले नेपाली जनतालाई सताउन थालेको छ । नेपाल नै नरहे वा नेपाल नै नभए हामी नेपाली कसरी भन्ने र हाम्रो मुलुक नेपाल भनी कुन मुलुकलाई देखाउने ?

आर्थिक संकटको परिणाम जे पनि हुन सक्छ भन्ने कुरा हामी नेपाली हौं भन्नेहरुले राम्ररी बुझ्नुपर्छ । नेपाल राष्ट्र भए सम्म र रहे सम्म नेपालीहरु संसारको जुनसुकै कुनामा पुगेको भएतापनि वा बसोबास गर्दै आएको भएता पनि आफ्नो जन्मभूमि वा मात्रृभूमिलाई सम्झेर गर्व गर्न सक्छन । त्यसैले सबै नेपाली हौ भन्नेहरुको खुशीको मुख्य कारण मातृभूमि नेपाल नै हो । नेपालको आर्थिक संकटलाई कसरी टार्ने र नेपाल राष्ट्रको आत्मसम्मानलाई कसरी बचाउने भन्ने बारे नेपाली जनता सबैको ध्यान केन्द्रित हुनुपर्छ । नेपालको नाजुक अर्थतंत्रलाई बलियो बनाउँदै लगेर नेपाललाई ईजरायल जस्तै संसारले मानेको शक्ति सम्पन्न देश तुल्याउने प्रण गरौं ।

जसको लौरो उसकै भैंसी भन्ने प्रचलन संसारमा चल्दै आएको छ । ईजरायल शक्तिसाली मुलुक भएकै कारण सत्रु मुलुकहरुको बिचमा भएर पनि एक स्वाभिमानी राष्ट्रको रुपमा संसारको लागि उदाहरणीय राष्ट्र बनेको छ । नेपाली जनताले भ्रष्ट राजनीतिक नेतृत्वको कारण लामो समय त्यसै खेर फालीसकेका छन । कमजोर र भ्रष्टा राजनीतिक नेतृत्वकै कारण नेपालले आफ्नो स्वाभिमान गुमाउनको साथै गम्भिर आर्थिक संकट झेल्नु पर्दैछ ।

नेपालको आर्थिक अवस्था गम्भिर बन्दै गएको हुँदा नेपाली जनतालाई नेपाल राष्ट्रको अस्तित्व गुम्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । नेपाली भन्ने पहिचान भित्र नेपाली जनताका अनेक पहिचान भएता पनि नेपाली जनताको मुख्य पहिचान भनेको नेपाली नै हो । दलका नेताहरुले ठुला कुरा गरी नेपाली जनतालाई भ्रममा पारेर आफ्नो दलगत फाईदा निकालेका छन । अझ पनि उहाँहरु गल्ती भएको महशुस गर्दैनन् र मूर्खहरुले झै लगातार गल्तीहरु माथि थप गल्ती गर्दै अगाडि बढेका बढेकै छन । नव लेन्दुपेहरुको भयले नेपाली जनतालाई सताउन थालेको छ ।

बढ्दो महंगीले पीरोली रहेको नेपाली जनताको आलो घाउको मलमपट्टी गर्ने वा गर्न सक्ने खुबी नेपाल सरकारले देखाउन असमर्थ भएको छ । स्यालको सिकार गर्न जाँदा बाघको सिकार गर्ने सर्जाम साथ लैजानु पर्छ भन्ने भनाई बुढापाका हरुको छ । नेपालको आर्थिक संकट टार्ने नेपाल सरकारको तयारी हेर्दा त्यस्तो पटक्कै देखिन्न । आर्थिक संकटले पहिला कमजोर आर्थिक अवस्था भएकाहरुलाई नै आक्रान्त पर्दछ । त्यसपछि बटम अप हुँदै नेता वर्ग सम्म पुग्ने हुन्छ ।

नेताहरुले बिदेशीको सुन्छन तर नेपाली जनताको अवाजलाई दबाउने गर्दछन । बिदेशीले सहयोग गरेको जस्तो गरी नेपाली नेपालीको बिचमा आर्थिक असमनता बढाएर समाजलाई बिभाजन गरी धार्मिक फाईदा उठाउने गरेका छन । सनातनी हिन्दूराष्ट्रलाई हटाएर त्यसको ठाउँमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनुको उद्देश्य त्यहि नै थियो र बिदेशीको दबाबमा परी दलका नेताहरुले त्यसो गरेको प्रमाणीत भएको छ ।

बिदेशीले नेपालको बिकास र राजनीतिमा गर्दै आएको यस्तो हस्तक्षेपलाई रोक्नुपर्छ र नेपाली जनताले कहिले पनि त्यस्तो बिदेशीको हस्तक्षेपलाई स्वीकार गर्नु हुन्न । दलका नेताहरुले यदि नेपाली जनताको कडा बिरोधको बाबजुद पनि बिदेशीको त्यस्तो हस्तक्षेपलाई स्वीकार गर्दछन भने त्यसको सशक्त प्रतिकार गर्न कहिले पछि पर्नु हुँदैन । नेपाललाई स्वाभिमान राष्ट्र बनाउने मूल मन्त्र यहि नै भएकाले स्वाभिमानी नेपाली जनताले संधै यसको जप गर्ने अभ्यास गर्नुपर्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *