निजी विद्यालयको कारण नक्कली सर्टिफिकेट छ्याप्छ्याप्ती

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अहिले जताततै चर्चाको विषय बनेको छ नक्कली सर्टिफिकेटको । नक्कली सर्टिफिकेटको काण्ड कहिले डाक्टरलाई, कहिले सांसदलाई त कहिले शिक्षकहरुलाई लाग्दै आउने गरेको छ । नेपालमा नक्कली सर्टिफिकेटको काण्ड लाग्ने गरेको यो नयाँ घटना भने होइन । पहिलादेखि नै देशको जिम्मेवार र महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरुलाई पनि बेलाबखत नक्कली सर्टिफिकेट प्रयोग गरेर पदोन्नति भएको आरोप लाग्दै आउने गरेको थियो । अहिले पनि त्यो परम्परा कायमै छ ।

यसरी नक्कली सर्टिफिकेट प्रयोग गर्नेहरु वकिल, प्रहरी, नेपाली सेना, निजामति कर्मचारी, शिक्षक, कर्मचारी, नेतादेखि अप्रेसन गर्ने डाक्टरसमेत रहेको समाचारहरु आइरहने गरेका छन् । खासगरी नेपालमा जब निजी स्कुल, कलेज र इन्टिच्यूटहरु छ्यापछ्याप्ती खोलिन थाले तबदेखि नक्कली सर्टिफिकेटको बिगविगी बढ्न थालेको छ ।

पहिला नक्कली सर्टिफिकेटहरु केही मान्छेले भारतबाट ल्याउने गरेका हुन्थे भने अहिले नेपालमै सञ्चालित निजी कलेज, इन्टिन्यूटहरु र त्रिविविको मिलेमतोमा सेटिङ मिलाएर विचौलियाहरुले लाखौं पैसाको चलखेल गरी लिने÷दिने गरेका हुन्छन् । यसरी नक्कली सर्टिफिकेटको भरमा जागिर खानेहरुको लर्को ठुलै छ । खासगरी नक्कली सर्टिफिकेटको भरमा पदोन्नति हुनेहरुमा धेरैजसो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा छन् ।

त्यसपछि सरकारी स्वामित्वमा रहेका संस्थानहरुको करार पदमा जागिर खननेहरु छन् । त्यसैगरी गुप्तचर विभागमा जागिर खानेहरु पनि अधिकांश नक्कली सर्टिफिकेट धारी रहेको पाइन्छ । निजामति कर्मचारी, स्वास्थ्यकर्मी, वकिललगायत अधिकांश व्यक्तिहरु नक्कली सर्टिफिकेटबाट जागिर खाने, पदोन्नति हुने समाचार सञ्चारमाध्यमहरुमा आइरहेका छन् ।

नक्कली सर्टिफिकेट धारीलाई राज्यले साच्चिकै छानविन गर्ने हो भने जुनसुकै क्षेत्रमा त्यस्ता व्यक्तिहरु फेला पर्ने देखिन्छ । त्यसैगरी नक्कली विवाह गरेर डिपेन्डेन भिसामा विदेसिनेको लर्को पनि ठूलै छ । त्यस्तै विचौलियाहरुले नक्कली डिमान लेटर र कागजात बनाएर विदेश पठाउने गरेका घटनाहरु पनि दिनप्रतिदिन बढिरहेको छ । यसरी विचौलियाहरुले नक्कली कागजात बनाएर धन्दा चलाइरहँदा राज्यका सम्बन्धित निकाय भने कमिसनको लोभमा फस्ने गरेका छन् ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *