वैदेशिक रोजगारी नारामा यता नउता

राजनीति समाचार

काठमाडौं । श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई स्वदेशमै रोकेर विकास निर्माणमा लगानुपर्नेमा उल्टै मेनपावरका विचौलियाहरुसँग मिलेर वैदेशिक रोजगारीको आकर्षण देखाउँदै कमिसन खान लिप्त भएको पाइन्छ । पछिल्लो सहय १७६ वटा देशमा नेपाली कामदार जान पाउने व्यवस्था सरकारले गरेपछि मेनपावर कम्पनी र तिनका विचौलियाहरुले अधिकांश युवायुवतीहरुलाई भिजिट भिसामा विभिन्न देशमा पठाउने गरेको समाचार स्रोतको भनाइ छ ।

नेपाली युवायुवतीलाई भिजिट भिसामा विभिन्न देशमा गैरकानुनी ढंगले पठाइरहँदा मन्त्री भण्डारी भने मुकदर्शक जस्तो बनेर बसेका छन् । अधिकांश विचौलियाहरुले भारतको बाटो हुँदै अवैध ढंगबाट नेपालीहरुलाई विदेश पठाउने गरेका छन् । गैरकानुनी ढंगले नेपालीलाई भिटिज भिसामा विदेश पठाउन सहयोग गर्ने वैदेशिक रोजगार विभाग ताहचल शाखाका कर्मचारी, अध्यागमन विभागका कर्मचारी, एयरपोर्ट श्रम डेक्समा काम गर्ने कर्मचारी, केही प्रहरी र मेनपावर कम्पनीका विचौलियाहरु संलग्न रहने गरको पाइन्छ ।

त्यसरी गैरकानुनी ढंगले घरेलु कामदारको रुपमा अधिकांश नेपाली महिलाहरुलाई पठाउने गरिन्छ । धेरैजसो महिलाहरु भारत, ओमन, कुवेत, साइप्रास, इराकलगायतका देशहरुमा पठाउने गरेको विगतको इहासदेखि हालसम्म कायमै छ । त्यसैगरी युवाहरुलाई पनि भियतनाम, लाओस, कम्बोडिया, इराक, अफगानिस्थान, माल्टा, क्रोशियालगायतका देशहरुमा भिजिट भिसामा पठाउने गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयले अधिकांश युवायुवतीहरुलाई विदेश जानुपूर्व अपनाउनुपर्ने सचेतनामूलक सूचनासमेत जारी गरेको पाइँदैन ।

श्रम तथा रोजगार मन्त्रालयले १७६ वटा देशमा कामदार पठाउन सकिने व्यवस्था लागु गरेपछि वैदेशिक रोजगारीमा पठाउनको लागि विचौलियाहरु स्थानीय, प्रदेश र संघ गरी तिनै तहमा सलबलाउन थालेका छन् । पछिल्लो समय स्थानीय तहबाट पनि विदेश कामदार पठाउन सकिने भनेपछि केन्द्रदेखिका विचौलियाहरु स्थानीय तहसम्म पुगेर विभिन्न प्रलोभन देखाएर कामदार खोज्न थालेका छन् ।

त्योसँगै अधिकांश विचौलियाहरुले गाउँगाउँमा पुगेर एड्भान्स स्वरुप पैसा लिने र बेपत्ता हुने गरेका घटना पनि सार्वजनिक हुँदै आएका छन् । यसरी मेनपावर कम्पनीका विचौलियाहरुले मनोमानी ढंगले सर्वसाधारणसँग रकम असुलेर कामदारलाई अलपत्र पारी फरार हुँदासम्म सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *