गोरखापत्रमा मसी काण्ड

राजनीति समाचार

काठमाडौं । सरकारको मुखपत्र गोरखापत्र संस्थान भ्रष्टाचारको दलदलमा फसेको बेला श्रमजिवी पत्रका संघले श्रमजिवी पत्रकारको हित र कल्याणको लागि सात सुत्रीय एजेण्डामा घुँडा टेकाएको छ ।

व्यवस्थापनले कमाईभन्दा कांग्रेसका कार्यकर्ताको खराब व्यवहार बढाएको छ । संस्थागत सुधारमा खटेका टिकाराम राई विज्ञको रुपमा संस्थान छिरेर छपाईमा सुधार गरे तर भ्रष्टाचार तारा बस्याललाई व्यवस्थापनमा राखेर संस्थानलाई आवश्यक पर्ने मसी खरिद गराए । अहिले त्यो मसी सडेर गएको मात्र छैन मसीमा शिक्षाका टुक्रा मेटिएका छन् । संस्थानलाई धरासाही बनाउन योजनागत रुपमा कांग्रेसीजस्तै टिकाराम राई पनि लागेको कुरा उनको पालामा खरिद भएको मसी नै प्रमाण हो ।

गोरखापत्र संस्थानमा कामभन्दा लुटमा सक्रिय कांग्रेसका तारा बस्याल माओवादीका विष्णु खनालहरु जस्तै एमालेका पनि सक्रिय छन् । कृष्ण मुरारी भण्डारी कार्यकारी अध्यक्ष छँदा प्रत्येक खर्चमा टिकाराम राईले हस्तक्षेप गर्थे । मुखको छुद्रताले टिकेलाई मन नपराए पनि कामको प्रशंसा धेरै भएका छन् ।

अहिले गोरखापत्र संस्थानलाई देशको राजनीतिक यात्रामा कांग्रेसीहरुले प्रचण्ड सरकारको सक्रियता मन पराएका छैनन् । ज्ञानेन्द्रबहादुर कार्कीले भर्ति गरेका टेलिभिजनका समिरजंग शाह, राससका धर्मेन्द्र झा, गोरखापत्रका विष्णु सुवेदीको नैतिक धरातल संस्थागत सुधार नहुँदा ध्वस्त छ ।

तर कांग्रेस र एमालेले कानूनको पालना गर्न नपर्ने मान्यता रहेको छ । गोरखापत्रमा उपेश महर्जन समाचार सम्पादक भएपछि मात्र सरकार प्रमुखको समाचार आएको छ । संस्थानको गोदाममा मसी सडेको छ । त्यो पनि शिक्षा मिसिएको मसीले छपाई गर्न सक्दैन । मेसिन बिगार्ने र अर्काे मेसिन खरिद गर्दा करोड कमिशन लिने तारतम्य मिलाउने तारा बस्यालको योजनामा राईले मसी खरिद गरेका थिए ।

त्यो मसीको हालत संचारमन्त्री समक्ष पुगेपनि मन्त्रीले केही गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीलाई समेत कांग्रेस र एमाले पार्टीबाट हेप्ने काम प्रकाशनबाट भएका थिए । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *