अब भाग्ने पालो कान्तिपुर र सुमेरु सहकारीको

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय विभिन्न सहकारी तथा फाइनान्स कम्पनीहरु निक्षेपकर्ताको पैसा समेत हिनामिना गरी भागेपछि पीडितहरु माइतीघर मण्डलामा करिव ६१ दिने आन्दोलनसहित अनसनमा बस्न वाध्य भएका थिए । सहकारी पीडितहरुले आन्दोलन गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पीडितलाई क्षतिपूर्ति दिने गरी कार्यदल गठन गरेर सम्बोधन गरेपछि आन्दोलन रोकिएको थियो । कतिपय सहकारी तथा फाइनान्स कम्पनीहरु भाग्ने क्रम जारी छ ।

यतिबेला दरिलो उदाहरण बन्दै छ कान्तिपुर सहकारी संस्था । कुनै बेला निकै तामझामका साथ चलेको कान्तिपुर सहकारी संस्था यतिबेला निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेर छटपटाइरहेको छ । निक्षेपकर्ताले दिनप्रतिदिन आफ्नो रकम झिक्न खोजेपछि रकम दिन नसकेर भाग्ने तरखरमा कान्तिपुर सहकारी पुगेको छ । काठमाडौंको तीनकुनेमा अस्पताल र विभिन्न ठाउँमा घरउजग्गामा लगानी गरेको सहकारी तरलताको अभावमा सानोतिनो निक्षेपकर्ताको भुक्तानीसमेत दिन नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

कान्तिपुर सहकारीका प्रमुख सञ्चालक सी.बी. लामा अहिले सम्पर्कबिहीन जस्तै भएर बसेका छन् । कार्यालयका कर्मचारीहरुले निक्षेपकर्तालाई जग्गा लिइदिनुप¥यो भन्दै अलमल्याउने गरेका छन् । उक्त सहकारीले पाँचखाल नजिकको पाखामा रहेको जग्गा २० लाख आनाका दरले ठूला बचतकर्तालाई लिनुप¥यो भन्दैछन् । जुन जग्गा अहिले आनाको ३ लाख पनि नपर्ने स्थानीयहरु बताउँछन् । बचतकर्ताको करोडौं रकम अपचलन गरेर यसका सञ्चालकहरुले विभिन्न ठाउँमा घर, जग्गा जोडेका छन् ।

त्यसैगरी ललितपुरमा अस्पताल खोल्ने सुमेरु सहकारी संस्था पनि पुरै डुबेर धरासायी भएपछि सञ्चालकहरु भागाभागको स्थितिमा पुगेका छन् । कुनै बेला विभिन्न उद्देश्य राखेर साउने च्याउसरी खोलिएका सहकारी संस्थाहरु अहिले भागाभागको अवस्थामा पुगेपछि निक्षेपकर्ताहरुको रुवावासी भएको छ । संस्था चलेको बेला विभिन्न ठाउँमा घर, जग्गा तथा व्यवसायमा निक्षेपकर्ताको पैसा लगानी गर्ने अनि अहिले ती अचल सम्पत्ति विक्रीवितरण नभएपछि सहकारी संस्थाहरु डुबेका हुन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *