आर्थिक उन्नतिको लागि मर्जर भएका बैंक झन् धरासायी बन्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने÷गाभिने र मर्जर हुने लहर नै चलेको छ । त्यो लहरसँगै सानादेखि ठूलासम्म बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने, गाभिने र मर्जर हुने गरेका छन् । मर्जर हुने र गाभिएका बैंकहरुमा मेघा, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, नविल बैंक, प्रभु बैंक, सेञ्चुरी कमर्सीयल बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई, महालक्ष्मी बैंकलगायत रहेका छन् ।

आर्थिक भार कम गर्न र नाफा कमाउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरु गाभ्ने, गाभिने र मर्जर हुने गरे तापनि आ–आफ्ना कर्मचारीबीच विभिन्न झमेला सुरु भएको छ । बैंकभित्रका कर्मचारी युनियनबीच पनि जुगाको लडाइँ सुरु भएको छ । बैंकहरु गाभिँदा कर्मचारीबीच तलब सुविधादेखि बढुवा र पदस्थापनामा पनि असर परेको देखिन्छ । मर्जर भएका र गाभिएका बैंकहरु आर्थिक रुपले मजबुद हुनुपर्नेमा उल्टै अधोगतिर लागेको देखिन्छ ।

मर्जर भएका बैंकहरुमा युनियनका कर्मचारीहरुबीच लडाइँ नै चलिरहेको छ । एक बैंक र अर्को बैंकको कर्मचारीबीचको दिए ऋणको ब्याज तथा सुविधा पनि तलमाथि भएकाले कर्मचारी र शेयर होल्डरबीच घुम्साघम्सी चल्न थालेको छ । कतिपय बैंकहरुले लगानी गरेको ऋणमा कर्मचारीहरुले नै कमिसन खाने गरेकाले डुब्ने अवस्था सिर्जना भएको छ ।

सेवाग्राहीले बैंकबाट ऋण लिनको लागि विभिन्न पहल गर्दा ऋण शाखाका अधिकारीले मोटो रकम कमिसन लिने गरेकाले पनि बैंक मर्जर भएपछि हिसाबकिताब नमिल्दा ऋण उठाउन गाह्रो भइरहेको अवस्था छ । अहिले अधिकांश बैंकमा ऋणी र ऋण दिने बैंकका कर्मचारीबीच कमिसनको खेलोफड्कोले गर्दा पनि मर्जर र गाभिएका बैंकहरु धरासायी अवस्थामा पुगेका छन् । अन्य बैंकहरुको पनि हालत त्यस्तै देखिन्छ ।

अहिले सबैभन्दा धेरै लफडा एनआईसी एशिया बैंकमा देखिएको छ । यस बैंकले विभिन्न व्यक्तिहरुलाई धितोभन्दा एकदमै थोरै ऋण दिने र समयमा तिर्न नसकेको भन्दै ब्याज पनि बढाउने र धितो राखिएको घरजग्गा पनि कौडीको मूल्यमा लिलामी गर्दै आएको छ । अहिले सबैभन्दा धेरै पीडित एनयआईसी एशिया बैंकबाट ऋण लिनेहरु भएका छन् । त्यसैगरी नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि साउने च्याउसरी बैंक तथा वित्तीय संस्थाहरु खोलिएका थिए ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *