संविधानसभा अध्यक्ष नेम्वाङको हृदयाघातबाट निधन

प्रमुख समाचार

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासी हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो । नेम्वाङको उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताएका छन् ।

उनको बारेमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका नेताहरु अस्पताल पुगेका थिए ।

वि.सं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन नेताको रुपमा चिनिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *