नेपाली कला र मनोरञ्जनको क्षेत्रमा प्रशान्त मिस्ट प्रख्याति नाम हो । उनी चर्चित म्युजिक भिडियो निर्देशक, पप गायक, गीतकार तथा मोडल हुन् । नेपाली कलाकारिता जगतको संरक्षण, सवद्र्धन, प्रवद्र्धन र विकासमा उहाँको उलेख्य योगदान छ । प्रस्तुत छ– हालसम्म एक हजारभन्दा बढी कार्यक्रममा सहभागी भएर आफ्नो कला÷क्षमता पस्किएका मिस्टसँग निशा ठकुरीले गरेको कुराकानीः
तपाईंको पृष्ठभूमि संक्षिप्तमा बताइदिनुहोस् न ?
मेरो जन्म काठमाडौंमा भएको हो । मलाई सुरुमा ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स विद्यालयमा भर्ना गरियो । सन २००१ मा मैले त्यहाँबाटै एसएलसी पास गरें । त्यसपछि उच्च शिक्षाका लागि पुल्चोकको नागार्जुन कलेज भर्ना भएँ । त्यहाँबाट कक्षा १२ सम्मको अध्ययन सकेसँगै थप शिक्षा लिन काठमाडौंको बालाजूमा रहेको युथ भिजन कलेज पुगें । अर्कातर्फ जमलमा अवस्थित अरिना मल्टिमिडियामा पनि भर्ना भएँ । अनि त्यहाँबाट सन २०१०÷११ मा ‘डिप्लोमा एण्ड मल्टिमिडिया’ को दुई वर्षे कोर्ष पूरा गरें ।
गीतसंगीतको क्षेत्रमाचाहिँ कसरी प्रवेश गर्नुभयो ?
यो मेरो सानैदेखिको सोख हो । र त अनौपचारिक रुपमा विद्यालयबाटै गायनयात्रा थालें । औपचारिक रूपमा सन २००३ बाट सार्वजनिक भएँ । सन २००८ मा आएर आफ्नो दायरा बढाएँ । सन २०११ मा म ‘इण्डियन कल्चर सेन्टर’मा जोडिएँ । र, सन २०१४÷१५ मा शास्त्रीय संगीतमा दुई वर्षे कोर्ष सकें । त्यहाँबाट संगीतमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरें ।
हालाचाहिँ केमा व्यस्त हुनुहुन्छ ?
केही समयअघि मात्रै थाइल्याण्डमा आयोजित ‘र्याम स्टेज’मा कार्यक्रम सफल गरी नेपाल फर्किएको हुँ । त्यसपछि यहाँको विविधखाले कार्यक्रममा नै व्यस्त छु ।
अहिलेसम्म कुन–कुन एल्वम ल्याउनुभयो त ?
अहिलेसम्म ‘ए नेभरइन्डिङ मिस्टी’ (२००४), ‘आइदर वाइ इट अर मिस इट’ (२०१०), ‘नाउ एण्ड नेभर’ (२०१८), ‘सोल अराइज’ (२०२१) ल्याएँ । त्यस्तै चर्चित म्युजिक भिडियो ‘चोखो माया’ (२००४), ‘छैन’ (२००८), ‘जति टाढा’ (२०१२), ‘चाहेको मैले’ भाग–२ (२०१४), ‘स्पर्श’ (२०१६), ‘टुगेदर फर द नेशन’ (२०१८), ‘खोजि हेर’ (२०१९), ‘यदि मेरो माया’ (२०२०), ‘दिनरात’ (२०२०), ‘चाहेको’ (२०२०), ‘जीवनको मोड’ (२०२१), ‘स्पर्श–२’ (२०२१), ‘बिरानो सहर’ (२०२१) ‘मेरो माया’ र ‘सोध न बुझ न’ (२०२२) आदिको निर्देशन गरें । अनि दर्जनौ स्वदेशी÷विदेशी वृत्तचित्र, सरकारी÷गैर सरकारी विज्ञापनको पनि निर्देशन गरेको छु ।
अब केको तयारी मा हुनुहुन्छ नि ?
अब ‘मेरो देश नेपाल’ एल्बमको तयारीमा छु । यो नेपाल र नेपालीमा समर्पित छ । यसमा समावेश गीतहरूले हामी नेपाली सबै मिली एक भएर बस्नुपर्छ भन्ने सन्देश दिएको छ । यस एल्बमका मुख्य गीतहरू ‘मेरो देश प्यारो देश’, ‘हिमाल, पहाड, तराई, मधेश’, ‘मेरो देश नेपाल’, ‘कहिल्यै नझुक्ने हाम्रो शिर’ जस्ता राष्ट्रिय भाव र प्रेमका छन् ।
तपाईंको परिभाषामा गीतसंगीत के हो ?
गीतसंगीत र जीवनका बाटा अनि पाटा एउटै हुन् । फरक यत्ति हो गीतसंगीतले पूरा जीवन, समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ र जीवनले पृथ्वीको रंगमञ्चमा भोगाइ देखाउने गर्छ । भनिन्छ– जीवन एक रंगमञ्च हो । हामी यो रंगमञ्चको कलाकार हौं । त्यसैले जीवन र गीतसंगीत एक अर्काको परिपूरक हुन् । फेरि, गीतसंगीत भनेको मनोरञ्जनको साधन त छदैछ यसको अलावा मानव जीवनको प्राण हो । विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि गीतसंगीतले दर्जनौ रोगको निदान गर्छ । निरोगी व्यक्रिको पनि क्षमतामा बृद्धि गराउँछ । गीतसंगीतले नै गहिरो संवेदना तथा भावनाका सबै पहलूलाई जागृत गर्दछ । मानिसमात्रै होइन, जीवजन्तुमा पनि गीतसंगीतले प्रभाव पार्छ । उसो त गीतसंगीतका रूप अनगिन्ती छन् । जसलाई हामीले आफ्नो जीवनको आवश्यकता अनुसार समाहित गर्न सक्छौं । शब्दहरूको मोहक संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ । र सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुन्छ । सिद्धान्त अनुरुप सवैले नियाल्ने यसैगरी हो ।
यसले मानव शरीरमा कस्तो असर पार्छ ?
गीतसंगीतले मानव शरीरमा हार्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ । स्वास्थ्यमा विभिन्न किसिमबाट सकरात्मक प्रभाव पार्छ । गीतसंगीतले शरीरका साथै मन मस्तिष्कमा लाभ पु¥याउँछ । पछिल्लो समयमा ध्यान–योगका बेला सानो आवाजमा गीतसंगीत सुन्ने÷सुनाइने गरिन्छ । कारण, यसबाट मनको एकाग्रता बढ्छ र मनलाई शान्ति प्राप्त हुन्छ । त्यसबाट अध्यात्मतर्फको यात्रा सहज बन्छ । गीत–संगीतमा निरन्तर डुब्दा मनको विकार मेटिन्छ र प्राणीले स्वच्छ निर्मल भएर ईश्वरीय अनुभूति गर्दछ ।
मानिस र संगीतको के नाता छ ?
संगीत र मानिसको सम्वन्ध निकै प्रगाढ छ । त्यो पनि आजदेखिको होइन, ध्वनीको आविष्कारसँगै सुरु भएको संगीतको हुर्काइ निरन्तर छ । दुखमा होस् वा सुखमा मानिस संगीतको सहारा खोज्छ । संगीतले मानिसका कुण्ठा, मनोभाव र उत्तेजनालाई सन्तुलनमा ल्याउन वा अझ् उत्तेजित बनाउन सहयोग पुर्याउँछ । पछिल्लो समय संगीत उपचारकै रुपमा प्रयोग हुँदै आइरहेको छ । गीतसंगीतले मानव शरीरमा हार्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ । स्वास्थ्यमा विभिन्न किसिमबाट सकरात्मक प्रभाव पार्छ । गीतसंगीतले शरीरका साथै मन मस्तिष्कमा लाभ पु¥याउँछ । पछिल्लो समयमा ध्यान–योगका बेला सानो आवाजमा गीतसंगीत सुन्ने÷सुनाइने गरिन्छ । कारण, यसबाट मनको एकाग्रता बढ्छ र मनलाई शान्ति प्राप्त हुन्छ । त्यसबाट अध्यात्मतर्फको यात्रा सहज बन्छ । गीत–संगीतमा निरन्तर डुब्दा मनको विकार मेटिन्छ र प्राणीले स्वच्छ निर्मल भएर ईश्वरीय अनुभूति गर्दछ ।
मुख्यतः नेपाली समाजमा गीत, संगीत कर्म र पर्वसँग बढी जोेडिएको पाइन्छ । हाम्रा आफ्नै परम्परा र तिनका चलनमा रहि लोकगीत परिमार्जितहुँदै पुस्तान्तरण भईरहेको छ । साथै सुगम संगीत र अन्य नयाँ–नयाँ विधाका गीतसंगीतको बलियो उपस्थित नेपाली संगीत उद्योगमा दखिदैँ आएको छ । ती सबै विधाका गीतसंगीतका आफ्नै स्रोत छन् । कुनै समय रेडियो, सिडि, भिसिडीको भरमा चलेको नेपाली संगीत उद्योग पछिल्लो समयमा सुन्ने भन्दा पनि हेर्ने माध्यममा केन्द्रित देखिन्छ । यसले केही सकारात्मक प्रभाव पारेता पनि गीतसंगीतको असली मर्मलाई सम्बोधन गर्न चुकेको छ । श्रव्य माध्यमका सृजनालाई श्रव्य दृश्यमा रुपान्तरण गर्नुको मर्म श्रव्यको मर्मलाई अझ् उकास्नु हो । तर, पछिल्लो समय नेपाली संगीत बजारमा दृश्यको भाकाले गीतलाई जितिरहेको भान हुन्छ । त्यसले भोलिका दिनमा गीतसंगीतको अस्तित्वमा नयाँ मोड नल्याउला भन्न सकिँदैन । गीतसंगीत सृजनात्मक विधा हो । समाजले गीतसंगीत सुन्न मन पराउँछ यद्यपि आफ्ना घरका सदस्यलाई सर्जक बनाउन भने उति रुचि देखाउँदैन ।
सामाजसेवामा चाहिँ के कस्तो काम गर्नुभएको छ ?
मैले विगतदेखि नै समाजसेवा गर्दैआएको छु । विभिन्न कार्यक्रममार्फत् नगद–जिन्सी संकलन गरी विपन्न–जेहेनदार परिवार, एकल महिला, एचआईभी (एड्स), भूकम्प, कोरोना पीडितलगायतलाई वितरण गरेको छु । मैले विशेषतः सहरमा सहयोग संकलन गरेर गाउँमा वितरण गर्ने नीति बनाएँ– जुन आफैंमा निकै प्रभावकारी भयो । यस अर्थमा त म दर्जनौं संस्थाबाट अभिनन्दित, पुरस्कृत र अवार्ड सहित धेरैपटक सम्मानित भएको छु ।
आफ्नो क्षेत्र-विधाबाट सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्त सन्तुष्ट छु । आफूले मनदेखि गरिरहेको कुरामा जहिले पनि सन्तुष्ट हुनपर्छ । मानिसले जे कर्म गरिरहेको हुन्छ कि त ऊ आफू खुसी हुनका लागि गरिरहेको हुन्छ कि त खुसी भएर सो कर्म गरिरहेको हुन्छ । मेरो हकमा म संगीतमा खुसी हुन र खुसी भएर दुवै अर्थका लागि छु । संगीतमा मैले अझै धेरै गर्नु छ । अझै राम्रा सृजना पस्कनु छ भन्ने महसुस त सदैब हुन्छ नै । तर, पनि जे गरिरहेको छु । जे गर्दैछु यसमा म निकै सन्तुष्ट छु । संगीतको क्षेत्र फराकिलो छ । जति डुब्यो उति डुब्न मन लाग्ने यसको विशेषता हो । यसमा लागेर पछुताउन पर्नेगरी आजको मितिसम्म केही गुमाउनु परेको छैन । बरु लाखौं श्रोताको सद्भाव, माया अनि सुन्दर मनहरुको संगत पाएको छु । मलाई लाग्छ, संगीतले मलाई पूर्ण बनाइदिएको छ । अझै धेरै पाउनु छ । त्यही प्राप्तिका लागि म अनवरतरुपमा साधनारत् छु ।(तामकोशीसन्देशबाट)