सामुदायिक वन अभियान सुरु हुँदा वनजन्य आधारभुत आवश्यकता केन्द्रीत थियो । दैनिक जस्तो घाँस, दाउरा चाहिने अनी घर वनाउन काठ आवश्यक पर्दथ्यो । अब उपभोक्ताको आवश्यकता फेरिएको छ । तर वनको हैसियत पनि फेरीएको छ । मुलुकमा वन वढेर ४५ प्रतिशत नाघिसक्यो तर सोच फेरिएको छैन । सामुदायिक वनबाट दाउरा घाँस चाहिएन त्यो भन्दा वढि पाइएन भन्ने अवस्था छ ।
गत साता दोलखाका २ वटा सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुसँग छलफल गर्ने मौका मिल्यो । कुनै बेलाका दोलखामा नाम चलेका सामुदायिक वनहरु भितेरी पाखा सामुदायिक वन उपभोक्ता समूह भीमेश्वर नगरपालिका वडा नं. ८ र भीमेश्वर वडा नंं ९ मा पर्ने नाप्के यानमारा सामुदायिक वन उपभोक्ता समूहहरुमा छलफल भएको थियो । २ वटा सामुदायिक वनका ५० जना भन्दा वढि उपभोक्तको विचार सुन्ने मौका मिल्यो । उहाँहरुबाट व्यक्त विचारको आधारमा सामुदायिक वनको वर्तमान अवस्था चित्रण गर्ने कोशिस गरेको छु ।
उपयोग विहिन सामुदायिक वन क्षेत्र
यी दुवै सामुदायिक वनहरुको वन प्रमाणिकरण भएका हुन् । त्यसबाट के उपलव्धी भयो भन्ने प्रश्नमा उपभोक्ताहरुले जानकारीमूलक क्षमता विकास भएको वाहेक भन्न मुस्कील प¥यो । सरकारले वनको हैसियत सुधार्दै त्यसको सदुपयोग गरी आर्थिक उन्नती गर्नु भन्ने हो तर नीजि जग्गा १० देखि १५ रोपनी हुँदा जिविका राम्रैसँग चलाएको पाइयो । भितेरी सामुदायिक वन क्षेत्र हरेक घरधुरीलाई हिसाव गर्ने हो भने प्रति परिवार १ हेक्टर भन्दा वढि पर्दो रहेछ । नाप्के यानमारामा १९ रोपनी जती पर्ने रहेछ । त्यसवाट के उपलव्धी लिन सकियो त भन्ने प्रश्न रुपी कौतुहलतामा प्रायः सुन्न उपलव्धी जस्तो देखियो । भलै वन क्षेत्र घरधुरीहरुलाई वाँड्ने चलन भने छैन । त्यसै गरी वन क्षेत्रमा खनजोत गर्ने अन्नवालीहरु लगाउन पाइन्न । वहुवर्षिय रुख विरुवा वा फलफुल लगाउन भने वन्देज गरेको छैन ।
सामुदायिक वन सुरु गर्दा यी दुवै सामुदायिक वनका उपभोक्ता परिवारहरु हरेक दिन वन जानु पर्दथ्यो तर अहिले त्यो अवस्था छैन । यी दुवै सामुदायिक वन पहिला राम्रो थियो अहिले वास्ता गर्न छाडियो भन्ने कुरा आयो । वनहरु जङ्गलमा रुपान्तरण भैसके । झाडी सफाइ नगरेको केही वर्ष भएछ । एक्लाउने पत्याउने काम पनि हुन छाडेछ । हाम्रा वनहरु प्राकृतिक स्रोत गहना भन्दा वढि हुन सकेनन् । हरियाली मात्र देखिएको छ । उपभोक्ताको घर भित्र त्यसको उपलव्धी छिर्न सकेको छैन । सामुदायिक वनलाई आर्थिक रुपान्तरण हुन सकेको भेटिन्न ।
सामुदायिक वनको गन्तव्य
तथापी, नीजि क्षेत्रले निजी उद्यमीले मछिनो प्रशोधन कारखाना राखेकोले केही स्रोतको सदुपयोग भएको छ । मछिनोको पात संकलनवाट उपभोक्ताले केही रोजगारी लिएका छन् । पात संकलन गरी कारखाना वा प्रशोधन केन्द्रमा पु¥याए पछि एक केजीको रु १५ पाइदो रहेछ । भीतेरी पाखा सामुदायिक वनका उपभोक्ता एवं मछिनो तेल प्रशोधन गर्ने उद्यमी हस्त वहादुर भुजेलका अनुसार पात संकलन गरे वापत २ हजार २ सय सम्म प्रति व्यक्ति प्रति दिन भुक्तानीसम्म भएको छ । उद्यमी हस्त वहादुरले मछिनो प्रशोधन र नेपाली हाते कागज वनाउने उद्यम रहेको छ । यसबाट केही स्थानीय स्तरमा केही रोजगारी सिर्जना भएको छ ।
साउथ एसिया एन्सीच्युट अफ इस्टडिजले यी दुई सामुदायिक वनहरु लगायत त्यस आसपासका सामुदायिक वन उपभोक्ता समूहलाइ संस्थागत विकासमा समूहहरु आफैंले समिक्षा गर्ने र नयाँ गन्तव्य निर्धारणकालागि सहकार्य गरिरहेको छ । ती समूहहरुमा आयआर्जनका उपायहरु खोजी गर्नकालागि संवाद गरेका छन् । उपाय खोजेको छन् । यस क्रममा सामुदायिक वन क्षेत्रमा केही हजार मछिनोको विरुवा रोपनका कामहरु यस वर्ष गरेका छन् । र यो दूरदृष्टिमा आधारित योजना तर्जुमाका प्रकृयामा सवै उपभोक्ताहरुको संलग्नता भैं उनीहरु आफैंले योजना तर्जुमा गर्ने पद्धती अपनाइएको छ ।
सामुदायिक वनका समिति, अगुवा समेतको अगुवाईमां टोलगत भेला भैं सामुदायिक वन र उपभोक्ताको अवस्थाको वारेमा लेखाजोखा गरे । अवको सामुदायिक वनको गन्तव्यका वारेमा वहस गरे । अनी सवैको टोलको प्रतिनिधिहरु हुने गरी समिति र अगुवाहरु समेत सहभागी भैं २,२ दिने दूरदृष्टिमा आधारित योजना तर्जुमा छलफल भयो । सो छलफलवाट वनको हैसियत राम्रो रहेको अनी स्रोतहरु रहेको तर प्रयाप्त सदुपयोग हुन नसकेको निष्कर्श निकाले । सो को आधारमा अवको बाटो निर्धारण गरे । खास गरी ४,५ बटा विषयगत क्षेत्र निर्धारण गरी आगामी बाटो तय गरेका छन् ।
सामुदायिक वन अभियान सफलता असफलताको प्रमुख जिम्मेवार उपभोक्ताहरु नैं हुन् । ती दुई सामुदायिक वनहरु आफैंमा संस्थागत हुने कुरामा जोड दिएका छन् । भुक्ने मात्रै कुकुर हुन सक्छ अर्थात नभुक्ने कुकुर हुँदैन भने जस्तै सामुदायिक वनका नियमित गतिविधि गर्ने संलग्न हुन नसक्ने उपभोक्ता हुन सक्दैन भन्दै संस्थागत विकासमा जोड दिएका छन् । नियमित साधारण सभा र कार्यसमितिको वैठक वस्ने, सामुदायिक वनका गतिविधिको समिक्षा गर्ने, वन कार्यालय र स्थानीय सरकारसँग सहकार्य गर्ने एवं प्रतिवेदन दिने जस्ता क्रियाकलापहरु सहितको योजना वनाएका छन् ।
सामुदायिक वनका प्रमुख पक्ष उपभोक्ता हुन् भने अर्को महत्वपूर्ण स्रोत भनेको वन हो । वन स्रोतको दिगो महत्वपूर्ण पक्ष हो । वन भएर नैं सामुदायिक वन बनेको हो । संस्था बनेको हो । त्यसैले वन स्रोतको समुचित वा दिगो व्यवस्थापन अवको प्रमुख आवश्यकता हो । त्यसकालागि वन व्यवस्थापन योजनको पुनरावलोकन गर्ने, स्रोतको अवस्था विश्लेषण गर्ने अनी नियमित रुपमा वन संवद्र्धनका कार्यहरु गर्ने, पानीका मुहान संरक्षण, वहुमूल्य प्रजातीको प्रवद्र्धन जस्ता विषयहरु क्रियाकलापहरु समावेश गरेका छन् ।
उपभोक्ताले कुशलतापूर्वक वन व्यवस्थापन गरेर आर्थिक समृद्धिमा जोड्न उपभोक्ताहरुले जोड दिएका छन् । वनको स्रोतमा आधारित पर्यटन विकासका योजना तर्जुमा भएको छ । भितेरी पाखा सामुदायिक वन क्षेत्र भित्र हात्ती छहरा पर्दछ । त्यसकालाई एक गन्तव्य वनाउने सोच विकास गरेको छ । त्यसै गरी अर्को नाप्के यानमारा दृश्यावलोकन सहितको स्थान पहिचान गरिएको छ । त्यस स्थानलाई थप प्रवद्र्धन गरी पर्यटन विकासमा आधारित काम गर्ने सोच विकास गरेको छ । यी दुवै समूहले अहिले चलिरहेका उद्यमहरुलाई थप विकास गर्न सहयोग गर्ने गरी उद्यम विकास एवं आर्थिक सशक्तिकरणसँग सम्वन्धीत क्रियाकलापहरु समावेश गरेका छन् ।
त्यसै गरी सामुदायिक वन अभियानले समुदाय क्षेत्रमा सामुदायिक विकासका कार्यहरु गर्ने गरी अर्को विषयगत क्षेत्र निर्धारण गरेका छन् । सो क्षेत्र अनुसारको क्रियाकलाप र योजनाको मस्यौदा खाका तयार गरिएको छ । सो मस्यौदालाई कार्यसमितिले टोलगत रुपमा छलफल गराई साधारण सभामा व्यापक छलफल गर्ने योजना तयार भएको छ । आशा गरौं व्यवहारिक र कार्यान्वयनमूलक योजना वन्नेछ त्यो दूरदृष्टि सहितको योजना सवै उपभोक्ताले अपनत्व लिई कार्यान्वयनमा ल्याउनेछन् ।
सामुदायिक वन अभियानबाट उपलव्धी लिन नसके पनि वनको हैसियत विकास गर्न गरेको योगदानका आधारमा वनवाट धेरै आशा गरेका छन् । उनीहरुको गुनासो रहेको छ । हाम्रो स्रोतलाई व्यवस्थीत रुपमा सदुपयोग गर्न अनावश्यक प्रशासनिक झन्झटले हैरान पारेको छ । अहिलेको वन नियमावली २०७९ ले सामुदायिक वन उपभोक्ता समूहको भूमिका खुम्च्याइ दिएको छ ।
वनको हैसियत फेरियो । वनहरु मानविय क्रियाकलाप वेगर जङ्गलमा रुपान्तरण हुन थाले । गाईवस्तु पाल्न कम भए नीजि जग्गाको घाँसले पुग्ने भयो । घाँसकोलागि वन जानु परेन । हरेक घरमा ग्याँसको सिलिण्डरको प्रयोग हुन थाल्यो । दाउरा आवश्यक परेन । फलत वन व्यवस्थापनका कामहरु असाध्यै कम हुन थाले । वन र उपभोक्ताको साइनोको जुइनाहरु खुस्कीसके जस्तो भएकोछ । ती मक्कीएका जुइनाहरुलाई जोड्नु पर्ने भएको छ ।
वन र उपभोक्ताको सम्वन्ध वदलिंदो परिवेश अनुसार जोड्ने सामुदायिक वन अभियानकालागि यो नयाँ अवसर आएको छ । यो अन्तिम मौका पनि हुन सक्छ । यो पुस्ताले वन स्रोतका अधिकतम् सदुपयोग गर्न सकिएन भने अघिल्लो पुस्ताले हराभरा वनाएको वन पछिल्लो पुस्ताले वास्ता गर्दछ जस्तो लाग्दैन । यो पुस्ताले सामुदायिक वन जोगाउने कि वेवास्ता गर्ने दुई विकल्प छ ।
यदी सामुदायिक वन अभियानलाई थप परिस्कृत गरी नियमितता गर्ने हो भने अहिलेका अव्यवहारिक कानूनहरुलाई सच्याउने कोशीस गर्दै सामुदायिक वनको स्रोतको अधिकतम् सदुपयोग गर्नु पर्दछ । यसकालागि सामुदायिक वनका उपभोक्ता सशक्तिकरण र इच्छाशक्ति सहितको क्रियाशिलता आवश्यक पर्दछ । विशेष गरी अहिलेका सामुदायिक वनका नेतृत्वको प्रधान भूमिका हुन्छ । आशा गरौं यो पुस्ताका सामुदायिक वन अगुवा असफल नहुन् । सफल हुन सकुन् शुभकामना । (तामाकोशीसन्देशबाट)