ठूला नेता नै बिचौलियाका संरक्षक

राजनीति समाचार

काठमाडौं । देशका नागरिकसँग पैसा लिएर नक्कली भुटानी शरणार्थी बनाउने नाइकेहरु जेलमा छन् । उनीहरुले गरेका गतिविधि माथि राज्यले कारबाही चलाउँदा गृहमन्त्रीविरुद्ध तिनै अपराधीका संरक्षक शेरबहादुर देउवा र केपी ओली लागेका छन् । देउवा पत्नी डा.आरजु राणा र बालकृष्ण खाँड पत्नी मञ्जु जोगाउन प्रहरी सरुवा गरे ।

त्यसरी नै गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रहार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद बचाउन गृहमन्त्री श्रेष्ठलाई हटाउन दबाब दिँदै ओली र देउवाको सत्ता गठबन्धन गर्ने चोचो मोचो मिलाएका छन् । तर जनताको अगाडि गृहमन्त्री जोगिएका छन् । प्रहरीका एआईजी श्याम ज्ञवाली काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्की एसएसपी डा.मनोज केसी, एकजुट हुँदैनथे भने बालकृष्ण खाँड टोपबहादुर रायमाझी टोक नारायण पाण्डे, इन्द्रजित राई, शमशेर मिया, टेकनाथ रिजाल पक्राउ पर्दैनथे । बादल पुत्र प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी काटिँदैनथ्यो ।

दोस्रो चरणमा राजेश्वर स्थापित, राजेश बज्राचार्य, डा.मनो क्रान्ति शाक्य, मञ्जु खाँण, डा.आरजु राणाजस्ताको नाम आउनासाथ देउवा र ओलीले गृहमन्त्रीको विरोध गरेका हुन् । आफ्नै देशका नागरिकलाई विदेशी बनाएर अमेरिका पठाउने गिरोहसँग कांग्रेस र एमाले मिल्नु भनेको संगठित अपराध जोगाउनु भन्ने हो । देशमा रोजगारी छैन, विदेश जान लाखौं खर्च गरेर पैसा फसाउनेले आफ्नो ज्यान जोखिम बनाएका छन् । तर नेताहरु बिचौलियाको संरक्षक बनेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *