चिकित्सा क्षेत्र दिनप्रति दिन बद्नाम

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मानव स्वास्थ्यसँग जोडिएको चिकित्सा शास्त्रका विद्यार्थी समेत नक्कली भएपछि देशले कस्तो स्वास्थ्य सेवा पद्दति कायम गर्ला ? कांग्रेसले नक्कली डा.सुनिल शर्मालाई सीआईबीमार्फत मेडिकल काउन्सिलको आग्रहमा छानबिन गर्न खोज्दा रोक्यो । शर्माको उदण्डता आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महतविरुद्ध थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक थिए ।

एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध जोडेर झापामा मेडिकल कलेज र क्यान्सर अस्पताल संचालन गरेका दुर्गा प्रसाईं मात्र डा.सुनिल शर्माको पक्षमा देखिए । मेडिकल काउन्सिल, मेडिकल आयोगजस्ता संस्थामासमेत पहुँच पु¥याएर गलत काम गर्दै आएका दुर्गा प्रसाईं र डा.सुनिल शर्माजस्ता दर्जनौं माफियाहरु यो क्षेत्रमा सक्रिय छन् । श्रद्धा शिल्पकार, एरिना शाह धरौटी राखेर छुटेका छन् । यो टिमसँगै मनिता चौधरी, अमित चौधरी, पुनम थापा, रामबाबु यादव, नसिम अख्तरविरुद्ध मुद्दा दायर गरेको छ ।

निजी क्षेत्रको अस्पतालभित्र शोषण छ । सरकारी अस्पतालमा जनताको सरोकार राख्दैनन् । जहाँ बिरामीको चाप छ । तर सरकारलाई बद्नाम गराउने अभियानमा मेडिकल माफिया छन् । प्रसाईंले मेडिकल आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीकाविरुद्ध झुटो आरोप लगाए । डा.गिरीको घुस लिने भ्रष्टाचारमा रमाउने थिएन । तर प्रसाईंले आफुसँग ४ करोड मागेको बताए र चर्चा बटुले । गिरी गाली बेइज्जती मुद्दामा जिल्ला अदालत गए । अहिले यो लडाइँमा डा.सुनिल शर्मा अगाडि छन् ।

जसलाई कांग्रेसको डा.शेखर समूहले सहयोग गरेको छ ।
मेडिकल कलेज सातै प्रदेशमा स्थापना गर्न सरकार सहमत छ । विराटनगर, पोखरा, नेपालगंज, जनकपुर, धनगढीमा सरकारकै लगानीका अस्पताल छन् । भौतिक संरचना त्यहाँ छन् । राज्यले सदुपयोग गरे पुग्छ । मेडिकल शिक्षा सुधारक डा.गोविन्द केसीका कारण सयौं नर्सिङ कलेज बन्द भएका छन् । कलेजको सम्बन्धन पाउन बिरामी, बेडको संख्या, प्रशिक्षार्थी डाक्टर नर्स कार्यालय व्यवस्थापनको पाटो पहिलो हुन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *