तीन गु्रुपबाट विदेश जाने नेपाली ठगिँदै

राजनीति समाचार

काठमाडौैं । नेपालीहरु रोजीरोटीको खोजिमा विदेसिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । कुनै बेला मेनपावर कम्पनीहरुले मात्रै विदेशमा नेपालीहरु पठाउँदै आए तापनि अहिले त्यो तीनवटा ग्रुपमा परिणत भएको छ । नेपालीहरु ठगिने क्रम पनि बढ्दै गएको छ । २०७६ सालको कोरोनाको कारण सुस्ताएको मेनपावर कम्पनीहरु अहिले सलबलाएका छन् ।

कन्सल्टेन्सी खोल्नेहरुको पनि भीड लागेको छ । अधिकांश ठाउँमा खोलिएका कन्सल्टेन्सीहरुले राज्यसँग स्वीकृति लिएका छन् कि छैनन् त्यो पनि एकिन छैन । मेनपावर कम्पनीले मलेसिया, कतार, दुबई, साउदी, बहराइन, कुवेतलगायतका मुलुकमा कामदार पठाउँदै आएका छन् भने अधिकांश ठाउँमा खोलिएका कन्सल्टेन्सीहरुले जापान, अमेरिका, अस्ष्ट्रेलिया, क्यानडा, युके, फ्रान्स, लन्डनलगायतका मुलुकमा स्टुडेन्ट भिसामा नेपाली युवायुवतीहरुलाई पठाउने गरेका छन् ।

अहिले अधिकांश कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई आएल्स पढाउने नाममा ठगी गर्ने र विश्वका विभिन्न मुलुकमा पठाउने होडवाजी नै चलेको छ । एकातिर कन्सल्टेन्सीहरुले विद्यार्थी खोज्ने क्रम जारी छ भने अर्कोतिर विद्यार्थी खोजेर कमिसन खाने विचौलियाहरुको पनि त्यत्तिकै विगविगी छ । उतातिर मेनपावर र कन्सल्टेन्सीबीचका विचौलियाहरु पनि कमिसन आउने भएपछि कामदार र विद्यार्थीहरु खोज्न स्थानीय र प्रदेशतिर धाउने गरेका छन् । यता कन्सल्टेन्सीहरुले विभिन्न कलेजमा गएर विद्यार्थीहरुलाई आकर्षित गरेर आएल्स पढाउने र भोलिको भविष्य राम्रो बनाइदिने भन्दै लोभ्याउने गरेका छन् ।

अहिले आयल्स पढाउने कन्सल्टेन्सीहरु बागबजारका गल्लीदेखि उपत्यकाका विभिन्न ठाउँमा खोलिएका छन् । यसरी खोलिएका कन्सल्टेन्सीहरुलाई सरकारले कसरी हेरिरहेको छ त्यसको एकिन छैन । दिनप्रतिदिन विद्यार्थी भिसामा विदेश जानेहरुको लर्को छ भने अर्कोतिर मेनपावर कम्पनीहरुले विभिन्न खाडी मुलुकमा पठाउनेहरुको पनि लर्को नै छ । सरकारका सम्बन्धित निकायले कन्सल्टेन्सीहरुको अनुगमन गरेको देखिँदैन । विद्यार्थीहरुले पनि कक्षा १२ पास गर्नेबित्तिकै उच्च शिक्षा र रोजगारीको लागि विभिन्न देशमा जान आफ्नो घरजग्गा धितो राखेर कन्सल्टेन्सीलाई पोस्ने काम गर्दै आएका छन् ।

विद्यार्थीहरुले कन्सल्टेन्सीलाई पोस्ने काम गर्दछन् भने अन्य काममा जानेहरुले मेनपावरलाई पोस्ने गरेका छन् । कतिपय नेपालीलाई त विचौलियाले नै भिजिट भिसादेखि अन्य भिसामा विदेश पाठउने भनेर ठगी गरिरहेका छन् । यसरी विद्यार्थी भिसा र भिजिट भिसामा नेपाली युवायुवतीहरु ठगिइरहँदा राज्यको सम्बन्धित निकाय निकम्मा बनेको छ । यसरी ठूलो संख्यामा विद्यार्थी भिसामा विदेश पठाउने कतिपय कन्सल्टेन्सीहरु बिनादर्ता सञ्चालन भएको र अधिकांश विद्यार्थीहरुलाई ठगिरहेको नाम नबताउने सर्तमा एक पीडितले तामाकोशी सन्देशलाई बताएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *