६ वटा महानगरमध्येमा बद्नाम कुन ?

राजनीति समाचार

काठमाडौं । अहिले स्थानीय तहमा ७५३ गाउँपालिका रहेका छन् । त्यसमा ६ वटा महानगरपालिका छन् भने ११ वटा उपमहानगरपालिका रहेका छन् । त्यस्तै २७६ वटा नगरपालिकाहरु रहेका छन् । अहिले महानगर, उपमहानगर र नगरपालिकामा कार्यकारी भएर जाने कर्मचारीहरुको ताँती लाग्ने गरेको छ । त्यसमा सचिव र सह–सचिव हुन नसक्नेहरुको भीड महानगर र नगरपालिकाको कार्यकारी अधिकृत भएर जानका लागि लर्को लाग्ने गरेको छ ।

मालदार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बढी आकर्षित हुने गरेका छन् । कतिपय उपसचिवहरुले त एकै वर्षमा महानगरपालिका र उपमहानगरपालिका परिवर्तन गर्दै सरुवा हुने गरेका छन् । आकर्षक महानगरपालिका मध्येमा काठमाडांैं महानगरपालिका, ललितपुर महानगरपालिका, चितवन महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिका रहेका छन् । ६ वटा महानगरपालिकामध्येमा पोखरा महानगरपालिका अहिले सबैभन्दा विवादित रुपमा चिनिने गरेको छ । पोखरा महानगरपालिकामा कार्यकारी भएर जाने कर्मचारी बस्न त्यति मन पराउँदैनन् ।

किन कि त्यस महानगरपालिकामा एकीकृत समाजवादीका मेयर धनराज आचार्यको विरुद्धमा अख्तियारमा तीन सय भन्दा बढि उजुरी परेका छन् । उता सर्वोच्चमा पनि दुई सय भन्दा बढी उजुरी परेको बताइन्छ । पोखरा महानगरपालिकामा उजुरी पर्ने भएपछि कार्यकारी अधिकृत भएर जना र बस्न त्यति मन पराउँदैनन् । धेरै उजुरी पर्ने भएपछि कतिबेला आफूपनि फसिन्छ कि भन्ने डरले कार्यकारी अधिकृतहरु बस्न नरुचाउने गरेका छन् । अन्य महानगरपालिकामा कार्यकारी अधिकृत भएर जानको लागि न्वारनदेखि बल निकालेर लागिपर्ने गर्दछन् । कर्मचारीको लागि अहिले स्थानीय तह छोटी भन्सार कार्यालयको रुपमा परिचित भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *