दुनियाँलाई छक्क पार्ने चीनको प्रगतिका बारेमा नेपालमा चर्चा

राजनीति लेख

‘अमेरिकाका मान्छेले भन्दा बढी भात चिनियाँले खान्छन् रे’ हामी ६ कक्षा तिर पढ्दा एक जनाले यो सन्दर्भ ल्याए । हामी अलमल प¥यौं । कसरी होला कति खन्चुवा रहेछन् भनी अनेक अटकलवाजी ग¥यौं । त्यो बेलामा हामीले सुनेका थियौं, चीनमा २ वटा भन्दा वढि वच्चा जन्माउन पाइँदैन । जन्माए कारवाही हुन्छ रे । त्यहाँ खानेकुरा नपुगेर जे पनि खान्छन् । अनी त्यसतो देशका मान्छेले भात चाँही कसरी धेर खाए होलान् भन्दै होइन होला भन्ने गर्दथ्यौं । तर कुरा सहि रहेछ ।

किनकी चिनको जनसंख्या अमेरिकाको भन्दा धेरै वढि भए पछि सवैले खाएको भात जोड्दा धेर भैहाल्छ नी । सम्पत्तिको आधारमा अमेरिका धनपति हो भने मान्छेको संख्याको आधारमा चिन जनपति हो । अर्थात विश्वमा नैं सवै भन्दा धेरै जनसंख्या भएको देश चिन हो । अर्थतन्त्रको हिसावले चिन दोस्रो ठुलो मुलक भएको छ । अमेरिकाको अर्थतन्त्र २५.३ छ भने चिनको १९.९ ट्रिलिएन डलर रहेको छ । जबकी भारतको ३.३ ट्रिलिएन डलर देखिन्छ । भारत र चिनको जनसंख्या भने हाराहारीमा नैं रहेको छ ।

अचम्मको देश चिन
हामी सानो हुँदा चिनका बारेमा धेरै नौला नौला कुरा सुनिन्थ्यो । नुन भोटमा लिन जानु पर्दछ । त्यही चिन पर्दछ भन्ने गरिन्थ्यो । त्यहाँका मान्छे अनौठा हुन्छन । लामा लामा कान हुन्छन् । त्यहाँ काम गर्न नसक्ने वुढावुढीलाई मार्दछन् भनिन्थ्यो । त्यहाँ कम्युनिष्ट शासन छ रे । कम्युनिष्टले त्यसो गर्दछ भन्ने हल्ला फिँजाइएको थियो । त्यो कुरा चिर्न २०५१ सालको नेकपा एमालेको सरकार नैं पर्खनु परेको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ बर्ष नाघेकालाई वृद्ध भत्ता भनि प्रति महिना रु १ सय दिन थाले पछि मात्र कम्युनिष्टले वृद्धलाई मार्ने होइन सम्मान पो गर्दोरहेछ भन्ने आम वुझाइ भएको थियो ।

चिनका वारेमा अझै पनि धेरै कुरा वाहिर आएका छैनन् भन्ने नैं लाग्दछ । उस्को प्रगती उन्नती हेर्दा चिन रहश्यकै पुलिन्दा भन्दा फरक पर्दैन । विकास तिव्र गतीमा भएको छ । केही दशक अघिसम्म अति सामान्य मुलुक अहिले अमेरिका जस्तो शक्ति राष्ट्रसँग सोझो टक्कर दिने भैसक्यो । अमेरिकाले चिनसँग ऋण लिएको छ रे भन्दा झनैं अनौठो लाग्दछ । अर्थात अमेरिकाको साहु वा दाता देश चिन भएको छ ।
त्यस्तो देश चिनसँग सम्वन्धीत एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मौका मिल्यो । त्यो पनि नेपालको राजधानी काठमाडौंमा । चिन जाने मौका नमिले पनि त्यहाँका प्रगतीका कुरा सुन्ने चाहानाका साथ कार्यक्रममा सहभागी भएँ । चिन टेकेकै छैन भन्न त मिलेन तिन दशक अघि खासासम्म पुगेको थिएँ । त्यो बेलामा चिनियाँ नागरिक प्रति नेपालीको राम्रो दृष्टिकोण थिएन । त्यही भएर नैं हुनु पर्दछ, कपाल पालेको धेरै मान्छे देखिएका थिए, हामी चुल्ठेहरु आए भन्थ्यौं अनी डराउँथ्यौं पनि ।

विश्व परिवेशमा चिनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक सो अन्तरक्रिया कार्यक्रम फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज र फ्रेन्डस् अफ सिल्क रोड क्लव नेपालले आयोजना गरेको थियो । अन्तरक्रियाको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष पूर्व मन्त्री आनन्द पोखरेल हुनुुहुन्थ्यो । प्रमुख अतिथी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रहनु भएको थियो ।
चिनको प्रगतीका वारेमा डा. कल्याण रोकाले लामै प्रवचन सहितको कार्यपत्र प्रस्तुती गर्नु भएको थियो । लगत्तै नेपालकालागि चिनियाँ राजदुत छन् सोङले मन्तव्य राख्नु भयो । उहाँले नेपालको २ ठुला छिमेकी यर्थाथता हो । त्यसवाट फाइदा लिन सक्नु पर्ने हो तर सधै नेपालले घाटाको व्यापार गरेको औल्याउनु भयो । नेपालमा विधुत उत्पादन गरेको छ र गर्ने धेरै संभावना पनि छ तर त्यसमा पनि घाटाको व्यापार गरेको छ । त्यसै गरी नेपाललाई समृद्ध वनाउन कृषिलाई प्राथमिकता राख्नु पर्ने सुझाव दिनु भयो । गुणस्तरीय कृषि उपज जती पनि चिनले लैजाने आश्वासन पनि दिनु भयो । राजदुतको भाषण कमाण्ड र संझन योग्य थियो ।

ऋण लिएर र दिएर गरिव हुँदैन
चिनका पूर्व राजदुत महेन्द्र पाण्डे, डा. भरत पोखरेल, सांसद डा. विमला राई, वागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाई, प्रतिनिधि सभा सार्वजनिक लेखासमितिको सभापति ऋषी पोखरेल समेतको पटिप्पणी र सहभागीहरुको विचारका आधारमा चिनसँग सम्वन्धीत केही पक्षहरु रोचक देखिए । कतिपयले चिन र अमेरिकाको तुलना गरि आफ्ना दृष्टिकोण दिए । ‘चिन पसेको देशमा उत्पादन केन्द्रीत भएको छ तर अमेरिका पसेको देशमा राजनीतिक द्वन्द्व भएको छ ।’

ऋण लिएर गरिव हुँदैन । चिनसँग धेरै ऋण लिने देश अमेरिका हो । यसको मतलव ऋण दिने र लिने दुवै धनी हुँदा रहेछन् । रेमिटेन्सको भरमा देश चल्नु राम्रो होइन भन्ने पनि सहि होइन रहेछ । किनकी संसार कैं सवै भन्दा धेरै रेमिटेन्स ल्याउने देश भारत हो । पुरातन प्रविधिलाई तिरस्कार गर्दा पनि धनी होइँदो रहेनछ । नेपालीले आदीमकाल देखि नैं माटाका भाँडा वनाउँथ्ये तर त्यसको व्यवसायीकरण हुन सकेन । चिनले त्यही कामलाई व्यापार तिर लग्यो । चिनमा वनेका माटाका कपमा हामीले चिया कफि पिइरहेका छौं ।

जग्गाको सामुहिक स्वामित्व व्यक्तिगत व्यवस्थापन
भूमिको उत्पादनकालागि सामुहिक वा राज्यको स्वामित्व तर नीजि व्यवस्थापन हुनु पर्दो रहेछ । चिनमा निजि व्यवस्थापनले उत्पादन पाँचौ गुणा वढाएको देखियो । कार्यपत्र प्रस्तोताले एक सन्दर्भमा वताउनु भएको थियो । कम्यून अवधारणा अनुसार कृषि योग्य जग्गालाई समुदायलाई जिम्मा लगाइयो । सामुहिक खेती गरे । ठिकै उत्पादन भैरहेको थियो । राज्यको नीति नैं सामुहिक खेती भएकोले त्यसमा केन्द्रीत भै राज्यले कर लिने गर्दथ्यो । कुनै एक ठाउँका किसानले चाँही सामुहिक खेतीको वदलामा दिइएको जग्गा व्यक्तिगत रुपमा वाँडेर खेती गरेछन् । यो तरिकाबाट पाँचौं गुणा वढि उत्पादन भएछ । राज्यलाई कर पनि वढि नैं उठ्यो । त्यो देखेर राज्यले खोजविन गर्दा नीजि कामले उत्पादन वढेको निष्कर्श देखियो । यो प्रगतीवाट प्रेरित भैं देङले राज्यको नीति नैं वनाईदिए ‘सामुहिक स्वामित्व व्यक्तिगत व्यवस्थापन’ ।

एड (सहायता) बाट मुलुक वन्दैन ट्रेड (व्यापार) तिर लाग्नु पर्दछ । नागरिक र राज्य विच विश्वास हुन जरुरी हुन्छ । चिनमा ४ लाख नागरिक वरावर १ जना जनप्रतिनिधि हुन्छ तर नेपालमा ३० हजार वराबर १ जना जनप्रतिनिधि रहेको पाइन्छ । यस वारेमा नेपालले सोच्नु पर्ने बेला आयो । किनकी प्रदेश तहमा धेरै जनप्रतिनिधि हुने तर भूमिका नदेखिने वारेमा चर्चा भैरहेको छ ।
दिगो विकासका लक्ष्यका १७ वुँदा मध्ये चिनले ६ वटा वुँदामा मात्र केन्द्रीत ग¥यो । ६ वटालाई पनि प्राथमिकता राखेछ । ती प्राप्तीका लागि योजनावद्ध काम थाल्यो । नेपालले भने १७ वुँदा समातेर वस्यो कुनैमा पनि उल्लेखनीय प्रगती देखाउन सकेन । त्यस मध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेको थियो ।

अर्काको प्रगतीमा रमाएर मात्र हुन्न
आन्तरिक रुपमा सुदृढ भए पछि मात्रै चिन खुल्ला वजारमा गयो । त्यसैले चिनलाई अझै पनि रहश्य कैं पोकोको रुपमा हेरिन्छ । आफु सृदृढ हुनकोलागि चिनले ३८ प्रतिशत वजेट कृषिमा लगानी गरेको छ ।चिनले लगानी नगरेको कुनै देश वाँकी छैन होला । अमेरिकामा नैं धेरै लगानी र ऋण उपलव्ध गराउँछ भने अन्य देशको कुरै नगरेपनि भयो । लगानी, निर्यात, आयात नैं समृद्धिको आधार हुने रहेछ ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका भरखरै निर्वाचित सभापती ऋषी पाखरेलको भनाईले धेरैलाई च्वास्स घोचेको थियो । ‘छिमेकीको प्रगतीमा कति ङ्च्चि हाँसेर वस्नु, यसो भनिरहनुमा पनि पिडा भैरहेको छ ।’ उहाँको भनाईले हामी नेपालीको अवस्था प्रतिनिधित्व गरेको छ ।
छिमेकीवाट सिकेर हामीले के गर्ने त्यो विषयमा कम वहस हुने गरेको छ । विज्ञहरुले पनि त्यो चित्र राख्नु हुन्न । कमाउनु पर्दछ, सम्पन्न हुनु पर्दछ भन्ने सिकाई छ तर कसरी प्राप्त हुन्छ त्यो मुस्किल परिरहेको छ । गफ हैन काममा कहिले देखि लाग्ने होला ? कृषिमा प्राथमिकता सवैले भन्दछौं तर व्यवहारमा पटक्कै भेटिन्न । छिमेकीको भान्सामा स्वादिष्ट खाना पाक्दा अर्को छिमेकीले खान पाउँछ र ? चिनको प्रगतीमा कति दिन रमाइलो मानिरहने होला । हाम्रो उन्नती प्रगती हाम्रै पालामा कसरी होला ?

ईच्छाशक्ति सहितको प्रतिवद्धताको खाँचो
दुई विशाल मुलुकको विचमा छौं, हामी । यी छिमेकी हाम्रा धरातलिय यथार्थता हो । वदल्न सकिन्न । यसलाई अवसरको रुपमा लिनुको विकल्प छैन । दुवै देशसँग सम्वन्ध सन्तुलन कायम गरेर उनीहरुसँगकै सहकार्यमा हामी सुदृढ हुनु पर्दछ । सहयोगको अपेक्षा गर्ने होइन । सहअस्तीत्वको सहकार्य गर्ने हो । नेपालले असंलग्नता र अहस्तक्षेप नीति आत्ससात गरिरहेको छ । यहि धारमा रहि यी दुई मुलुकलाई सेवा प्रवाहमा सहकार्य गरेर पनि हामी सम्पन्न हुन सक्छौं । यी दुई मुलुकका १ प्रतिशत मानिसलाई मात्र नेपालमा पर्यटकीय सेवा दिंदा पनि हाम्रो समृद्धि हुन सक्नेछ । तर चिनले वा भारतले गरेको प्रगतीको चर्चा मात्र गरेर हुन्न । हामीमा इच्छा शक्ति सहितको सामुहिक प्रतिवद्धता र कार्यान्वयनमा इमान्दारीता आवश्यक पर्दछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *