ओलीको सपना चकनाचुर

राजनीति समाचार

। पार्टीका संस्थापक नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेवलाई पार्टीबाट बाहिर राखेर एक्लो वृहस्पति बन्दै तेस्रो पटक पुनः अध्यक्ष बन्ने दाउमा केपी ओली लागेका छन् । आँफैले बनाएको ७० वर्षे हद काटेर एकलौटी पार्टी चलाएका एमाले अध्यक्षको सपना लुम्बिनी प्रदेश अधिवेशनले चकनाचुर बनाएको छ । अब एमालेका प्रदेश अधिवेशनमा महासचिव शंकर पोखरेल उपमहासचिव पृथ्वी सुब्बा र प्रदीप ज्ञवालीको छुट्टै टिम खडा हुनेछ । लुम्बिनीबाट सर्वसम्मत नेतृत्व चयन नभएपछि कर्णाली, सुदूरपश्चिम, बाग्मती, कोशी प्रदेशमा मात्र होइन, उपत्यका विशेष र पेशागत प्रदेशमा समेत केपी ओली भर्सेस शंकर पोखरेल बिचमा टक्कर पर्ने वातावरण बन्दैछ ।

वामपन्थी एकताका पक्षधर महासचिवको टिमलाई पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेको पनि साथ छ । १२ भाइका अधिकांश पार्टी पदाधिकारी रहेका छन् । रघुजी पन्त पदाधिकारी छैनन् । उनी केपी ओलीका निकट सूर्य थापा, गोकुल बास्कोटाभन्दा खरो ढंगले संसदमा सरकारविरुद्ध उफ्रिन्छन् । ओलीका निकट मानिएका कर्ण थापा, महेश बस्नेत समेत बिच्किएका छन् । पार्टीले खटाएको ठाउँमा जान्न भन्दै बोलेबापत गोकुल पनि केपीको पछाडि टिक्ने अवस्था छैन । किनकी ओलीको सरकारमा एक दर्जन काण्डमा गोकुल सहभागी भएको सेक्युरिटी प्रेस र टेलिकम गेटवे फाइबर काण्ड हो । जुन काण्डले टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल अख्तियार धाइरहेका छन् ।

पार्टी संगठनलाई सामुहिक रुपमा भन्दा आफ्नै अधिनमा परिचालन गरेको वामपन्थीहरुलाई एकताबद्ध बनाउनुको सट्टा भड्काएको आरोप शंकर पोखरेलहरुको टिमले लगाइसकेको छ । पूर्व राष्ट्रपति विद्यालाई अगाडि सारेर एमालेबाट खेदिएका माधव, झलनाथ, वामदेव मात्र होइनन्, ओलीले पद दिन्छु भनेर झुलाएका डा.भीम रावललाई समेत एकतामा ल्याउने उनीहरुको तयारी छ । वामपन्थी एकता जोगाउन नसकेको आरोप भोगेका ओली सबै विषयको विज्ञ अरु लम्फु भन्ने गर्छन् । पार्टी विधि र प्रक्रियामा नचलेको आरोप त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दै लगाउँदै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *