माओवादीको फाइँफुइँ सुन काण्डले अस्तायो

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमालेले स्थापित गरेको भ्रष्टाचार र बेथितिको बराबरी भागवण्डाकै कारण देशमा नीतिगत लुट चलेकोे बेला भ्रष्टाचारीको भण्डाफोर गर्दा माओवादीका नेता सुन तस्करीमा जोडिँदा प्रचण्डको फाँइफुँई अस्ताएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र डा.शेखर कोइरालाले प्रचण्ड सरकारले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना मान्छे मात्र कारवाहीमा परेको महसुस गरी गठबन्धन भत्काएर एमालेसँग मिल्न जोड दिएका छन् । सभापतिलाई साक्षी राखेर सरकारले काम गरेन यो गठबनधन फेर्नुपर्छ भन्ने डा.शेखरको आसय भनेको भ्रष्टाचारी र तस्कर माथिको कारबाही बन्द गर्नुपर्छ भन्ने हो ।

माओवादीका नेता सुन तस्करीमा, एमाले र कांग्रेसका नेता ललिता निवास नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी स्टेट काण्डले ग्रस्त भएको देखिएको छ । एक क्वीन्टल सुनको जलारी बनाउने हल्ला चलाएर ६० केजी सुन जलारीमा देखिनु नेपाल ट्रष्टको जमिनको म्याद ६ वर्ष बाँकी छँदै ३० वर्ष थप्नु वायुसेवा कम्पनीको १२ अर्बको सम्पत्ति ४० प्रतिशत शेयर कायम गरी यति कम्पनीलाई भित्र्याउन खोज्नु ओम्नी, बतास समूहलाई बोकेर समृद्धिको ऐलान गर्नु भ्रष्टाचार थियो ।

कांग्रेस भ्रष्टाचारको जननी हो, एमाले चेला हो, अहिले एमाले जननी, कांग्रेस चेला भएकोले माओवादी नेताका पौरखले मुलुकमा कस्ता समृद्धि र विकास होला ? सरकारमा पुगेका माओवादीका कुनै नेता निश्कलंक छैनन् । पहिले यिनै नारायणकाजीको समूहका नाममा पैसा उठाउने गर्थे । अहिले यी साधु भए । यिनले लिएका अडानले सरकारको इज्जत बचेपनि कांग्रेसका डा.शेखर कोइराला भुटानी शरणार्थीको दोस्रो चरणको छानबिन रोक्न सरकार नै परिवर्तन गर्न दबाब दिँदै छन् ।

कांग्रेसले गृह मन्त्रालय चलाउँदा के गथ्र्याे, डा.शेखरलाई थाहा छ । तर कोइरालाले नै सभापति शेरबहादुरलाई गठबन्धन तोडौं भन्नुको तात्पर्य देशमा जरो गाडेको भ्रष्टाचार र बेथितिको अन्त नहोस् भन्नु हो । मौका पाउँदा कांग्रेसका गगन थापाले देशको ढुकुटी कुम्ल्याएर नक्कली बाख्रा पालक भएकै थिए । नेपाली काग्रेसले देशमा बेरोजगार बढायो, भएका उद्योग बन्द गर्ने र बेच्ने काम ग¥यो । कांग्रेसको नयाँ पुस्ताका नेताले समेत देशमा रोजगारी बढाउने योजना ल्याउँदैनन् । किनकी कांग्रेस भ्रष्टाचारमै ढलीमली गर्दैछ ।

डा.शेखरलाई कहाँ अप्ठेरो प¥यो र वर्तमान गठबन्धन भत्काएर सहमतिमा बनेको सरकार भत्काउन दबाब दिँदैछन् ? डा.शेखर भारतीय गुप्तचर रअका विश्वास प्राप्त हुन भनिन्छ । कांग्रेसमा उनीजस्ता दर्जन छन्, अरु चुप छन्, डा.शेखर गठबन्धन फेर्ने भन्नुको कारण के हो ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *