सिभिल बैंकले संस्थापक शेयर विक्री गर्ने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिभिल बैंक लिमिटेडले १ लाख ५६ हजार ५४६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

विक्री गर्न लागेको शेयरमध्ये महेन्द्रनाथ कर्माचार्यको नाममा रहेको ३५ हजार कित्ता, भक्त लाल श्रेष्ठको नाममा रहेको ६ हजार ५४६ र गिरेन्द्र मान सिंह श्रेष्ठको नाममा १ लाख १५ हजार कित्ता शेयर विक्री गर्न निवेदन दिएका थिए । सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाडौं स्थित कम्पनी सचिवको कार्यालय वा शेयर शाखामा निवेदन दिन बैंकले अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न केही लिखित जानकारी नआएमा अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने समेत कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *