प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणले राजनीतिमा तरंग

राजनीति समाचार

नेपालमा बीआरआई लागु गर्न चीनको दबाब ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गत शनिवार अमेरिका गएका थिए । उक्त अवसरमा राष्ट्रसंघीय महासचिव र प्रधानमन्त्री प्रचण्डबीच विभिन्न विषयमा छलफल भएको बताइन्छ । सो छलफलमा खाद्यान्न संकट, जलवायु परिवर्तन, भूराजनीतिक, विश्वव्यापी संकटकालीन अवस्थामा आइपर्ने समस्या समाधानका विषयमा गम्भीर छलफल भएको बताइन्छ । सभामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सहयोग गर्न आह्वान गरिएको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको भ्रमण सकेर जम्बो टोलीसहित सिधै चीन जाने भएका छन् ।

तर, युरोप भ्रमणबाट सिधैं चीन भ्रमणमा जानुले नेपाली राजनीतिमा तरङ्ग छाएको छ । युरोप भ्रमण सक्नेबित्तिकै प्रधानमन्त्री सिधैं चीन भ्रमणमा जानुले नेपाल र चीनबीच के सम्झौता हुने हो त्यो एकिन छैन । उता युरोप भ्रमणमा गएर नेपाललाई के÷कस्तो सहयोग गर्न आग्रह गरे त्यो पनि एकिन छैन । चीनमा भ्रमणमा गएर के कस्तो सम्झौता गर्ने हुने त्यो पनि एकिन छैन । छिमेकी मुलुक चीनले विगत लामो समयदेखि बीआरआईको कुरा उठाउँदै आए तापनि तत्कालीन सरकारहरुले नेपालमा बीआरआई लागु गर्न सकेका थिएनन् । तर, प्रचण्ड सरकारले बीआरआई लागु गर्ने सम्भावना देखिन्छ ।

नेपालमा अमेरिकी प्रोजेक्ट एमसीसी लागु भएपछि चीनले पनि बीआरआई लागु गर्नुपर्ने आवाज उठाउँदै आएको छ । एकतातिर अमेरिकी प्रोजेक्ट एमसीसी लागु हुने अर्कोतिर छिमेकी मुलुक चीनले बीआरआई लागु गर्न दबाब दिनुले नेपालको हित कत्तिको हुन्छ त्यो पनि एकिन छैन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएपछि बीआरआई लागु नगर्लान भन्न सकिँदैन । यदि प्रधानमन्त्री प्रचण्डले चीनसँग बीआरआई लागु गर्ने सम्झौता गरे भने सरकारको आयु पनि छोटिने सम्भावना देखिन्छ ।

अर्कोतिर नेपालका राजनीतिक दलहरुको अवस्थालाई हेरेर दाता र छिमेकी मुलुकहरुले नेपाललाई हेर्ने दृष्टिकोण फरक–फरक बनाएका छन् । नेपालमा राजनीतिक दलकै कारण विभिन्न छिमेकी मुलुकहरुले नेपालमा खेल्दै आएर कहिले कुन दललाई खेलाउने, कहिले कुन दललाई मिलाउने काम नगरेका होइनन् । प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीनको एकैचोटी भ्रमण गर्दा राजनीतिक दलभित्र छुट्टै तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्री चीनबाट फर्किएपछि नेपालको राजनीतिमा केही परिवर्तन हुने संकेत देखा परेको छ ।

एकातिर नेपाली कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच भाडभैलो मच्चिइरहेको छ । संस्थापन पक्षलाई इतरपक्षले जसरी पनि सत्ताबाट बाहि¥याउने खेल भइरहेको छ । इतपरक्षलाई सहयोग गर्नेमा प्रतिपक्षी दल नेकपा एमाले पनि नलागेको होइन । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडोभन्दा चाँडो आफू प्रधानमन्त्री हुने दाउमा लागेको देखिन्छ । तर अहिले नै यो सम्भव देखिँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *