यस वर्ष प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको नयाँ नोट साट्न पाइने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी सुरु गरेको छ ।

विगतका वर्षझैँ राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले घटस्थापना आसपासका दिनदेखि नयाँ नोट वितरण गर्ने तयारीमा जुटेको छ ।

नयाँ नोट वितरणका लागि राष्ट्र बैंकले बैंकहरुमार्फत विवरण संकलन गर्ने काम गरिरहेको छ । सम्पूर्ण विवरण आएपछि राष्ट्र बैंकले आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने कार्यको सुरुवात गर्नेछ ।

ग्राहकहरुले नयाँ नोट राष्ट्र बैंक बाहेको अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *