पार्टी नबन्दै गुटको शिकार

राजनीति समाचार

काठमाडौं । मुखले समान व्यवहार, समान अधिकार, समान कार्यक्षेत्र र सर्वस्वीकार्य योजना भन्ने व्यवहारमा आफ्नै टिमलाई सहज आलोचकमाथि हस्तक्षेपकारी व्यवहार गर्न थालेका एकीकृतका अध्यक्ष माधव नेपालसमेत विवादमा तानिएका छन् । समाजवादको बाटोमा पार्टी उन्मुख भन्ने व्यवहारमा एमालेका केपी ओलीले जस्तो कसैसँग सल्लाह नगरी अन्र्तपार्टी कार्ययोजना र विभाजन (अपानी) आफ्नो अनुकूलमा लागू गर्दा एकीकृत समाजवादी भित्र तीव्र असन्तुष्टी बढेको छ ।

पार्टी बन्न सकेको छैन । दर्जनौं नेता कार्यकर्ता एमालेमा फर्केका छन् । पार्टी केन्द्रमा ठूलै छ, माओवादीले भोट हालेर १० जना सांसद जितेपनि ३ लाख ३५ हजार भोट कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादी जबजकै बाटो खोज्दैछ । जबकि जबजको एक्लौटी हिस्सेदार बनेका केपी ओलीले नेकपा एमालेलाई आफ्नो इशारामा चलाएका छन् र अन्र्तपार्टी संवादको ढोका बन्द गरेर भिम रावल र वामदेव गौतमलाई बिरालोले मुसो खेलाएझैं गरेका थिए ।

केपी ओलीले जे गरे माधवले त्यही गरेका छन् । जो व्यक्तिलाई पदीय दायित्व घटाइयो र कार्य क्षेत्र परिवर्तन गरियो उसैले अपानीबाट थाहा पाउनु भनेकै पार्टी अब गुटको शिकार भएको मान्नुपर्छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले कोतपर्व भन्नु सांसदहरु (जो ठेकेदार र व्यापारी छन्) तिनले एमालेमा जान खुट्टा उचाल्नु स्वभाविक छ । अहिले एकीकृत समाजवादी पार्टी महाधिवेशनको तयारीमा छ । त्यसले एमाले भन्दा फरक विचार व्यवहार शैली प्रदर्शन गर्न सकेको छैन भन्ने कुरा अध्यक्ष नेपालको अपानी काण्ड हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *