किन बने विप्लव रातोपिरो

राजनीति समाचार

काठमाडौं । अधुरो जनयुद्ध सफल पार्न एनसेलसँग मिलेर टेलिफोन टावरमा बम पड्काउँदै बीमाको रकमबाट चन्दा असुल्ने नेकपा चन्दको धन्दा अन्र्तपार्टी विभाजनले सुकाएको छ । व्यवस्था स्वीकार्ने, अवस्थाको सुधार नगर्ने संस्कृतिबाट त्यो पार्टी पनि ग्रस्त छ । त्यही कारण खड्ग विकको क्रिश्चियन मेसिनरीबाट आउने नर्वेको पैसाबाहेक नेकपाको आम्दानी छैन । धर्मेन्द्र बास्तोला, हेमन्त ओलीले नेकपा बहुमत कागजी रुपमा बनाए पनि नेत्रविक्रम भने समाजवादको बाटोमा लाग्ने भन्दैछन् । वर्तमान सत्ता गठबन्धनको समाजवादी मोर्चामा नेकपा जोडिएको छ ।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संविधान दिवसको बेला एकराज भण्डारी हर्ताकर्ता भएर आयोजित कार्यक्रममा विप्लवकै अगाडि चन्दा उठाउने र धम्काउने धन्दा नेकपाको नाममा चलेको बताए । परिवर्तनको एजेण्डामा लाग्नेले वडा सदस्यमा चुनाव लड्ने हो ? सक्छौ सांसदको चुनाव लड र जित, कानून बनाउने संसदमा जाउँ झारा टार्ने पार्टीबाट अब काम चल्दैन श्रेष्ठले भनिरहँदा विप्लवको अनुहार रातोपिरो भयो ।

विप्लवसँग खड्ग विक छन् । पुराना माओवादी कोही सुन तस्करीमा कोही सरकारको छाप लेटर प्याड चोरीमा त दिनानाथहरु नेपाली भाषा माथि आक्रमण गर्न सक्रिय छन् । माओवादीकै बद्नामी गर्ने शक्ति अन्यत्र खोज्नै पर्दैन, माओवादी भित्रै छन् भन्ने कुरा छर्लंग भएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *