फर्पिङको जंगलमा युवा युवती मृत फेला 

समाचार

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरका अनुसार अन्दाजी २२–२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएका हुन् ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनाबारे जानकारी आएपछि अपराध अनुसन्धान कार्यालयको एउटा टोली पनि त्यसतर्फ पठाइएको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *